तस्विर समाचार

बाढीपीडित सहयोगार्थ ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ टोकियो र ओसाकामा हुँदै

सुदूरपश्चिमेली नेपाली समाज जापानले बाढीपीडितहरूको सहयोगार्थ जापानका विभिन्न शहरमा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रमअन्तर्गत टोकियो र ओसाकामा मुख्य सांस्कृतिक कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको समाजले जनाएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान — बाढीपीडितका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र सांगीतिक पहिचानलाई प्रवर्द्धन गर्दै प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ। टोकियोमा कार्यक्रम अक्टोबर ११, २०२६ आइतबार साँझ ५ बजेदेखि… पुरा पढौ

जापानमा ‘सिगाना तित्याङ समाज जापान’ गठन, प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन

बागलुङ जिल्लाको सिगाना–तित्याङ घर भई हाल विभिन्न सिलसिलामा जापानमा बसोबास गर्दै आएका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले “सिगाना तित्याङ समाज जापान” गठन गरिएको छ। टोकियोमा शनिबार सम्पन्न समाज गठन तथा बृहत् छलफल कार्यक्रमले प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।   जापानमा रहेका सिगाना–तित्याङवासी नेपालीहरूबीच आपसी एकता, भाइचारा, सामाजिक सहयोग र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने प्रमुख ध्येयका साथ संस्था स्थापना गरिएको हो।   नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू:  अध्यक्ष: प्रकाश खड्का    वरिष्ठ उपाध्यक्ष: प्रमोद (लालसिंह) खड्का    उपाध्यक्षहरू: भुपेन्द्र के.सी.,… पुरा पढौ

टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्ध: समाजको दोहोरो चरित्र र अभिभावकत्वमाथिको प्रहार

टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्धलाई यो समाजले एक समय उचाइमा पुर्‍यायो। प्रशंसाका फूल बर्सायो, वाहवाही गर्‍यो र उनीहरूको सम्बन्धलाई उदाहरणीय बनायो। तर, आज त्यही समाज उनीहरूको सम्बन्धमा आएको भनिएको दरारलाई सडकको तमासा बनाउन हतारिएको छ। हिजो आकाशमा पुर्‍याउने समाज आज आधा बाटोमै सडकमा पछार्न किन उद्यत छ? यो प्रश्न केवल टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्धको मात्र होइन, हाम्रो सामाजिक चेतना, मानवीय संवेदना र दोहोरो चरित्रको पनि हो। हिजो बजारमा गीत गाउँदै र माग्दै हिँड्ने एउटा बालकलाई यही समाजका… पुरा पढौ

शिजुओकामा ‘तीज फेस्टिभल २०२६’ सम्पन्न: सांस्कृतिक उत्सवसँगै नेपालका बाढीपीडितका लागि सङ्कलित राहत रकम प्रधानमन्त्री कोषमा पठाइने

शिजुओका, जापान । जापानको शिजुओकामा गल्कोट समाज जापान, क्षेत्रीय समिति शिजुओका र स्याङ्जा समाज जापान, क्षेत्रीय समिति शिजुओकाको संयुक्त आयोजनामा भव्य रूपमा ‘तीज फेस्टिभल शिजुओका २०२६’ सम्पन्न भएको छ। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित यस कार्यक्रमलाई यसपटक सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिका साथै नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको सहयोग गर्ने मानवीय अभियानसँग जोडिएको थियो। कार्यक्रमको औपचारिक सुरुवातअघि नेपालमा हालै आएको विनाशकारी बाढी तथा विपद्का कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै एक मिनेट… पुरा पढौ

गल्कोट समाज टोकियोको तिज सांगीतिक उत्सवबाट सङ्कलित ५ लाख १८ हजार १११ येन रसुवा बाढीपीडितलाई सहयोग गरिने

प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यसहित गल्कोट समाज जापान, टोकियो क्षेत्रीय समितिले आफ्नो तिज सांगीतिक उत्सवको टिकट तथा दर्शकहरूबाट सङ्कलित सम्पूर्ण रकम रसुवाका बाढीपीडितहरूलाई सहयोग गर्ने घोषणा गरेको छ। गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तिज सांगीतिक उत्सवका सभापति ईश्वर बस्नेतका अनुसार कार्यक्रममा सहभागी दर्शकहरूबाट स्वेच्छाले प्रदान गरिएको ३०,१११ येन र टिकट बिक्रीबाट उठेको ४८८,००० येन गरी कुल ५,१८,१११ जापानी येन रसुवाका बाढीपीडितका लागि हस्तान्तरण गरिने भएको छ। देशमा गएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लामा… पुरा पढौ

जापानमा ‘पाँचौँ सिल्भर रनिङ कप’ अक्टोबर ८ मा, घुम्टे युवा परिवारले नेपाली भलिबल प्रतियोगितालाई निरन्तरता दिँदै

टोकियो, जापान। जापानमा नेपाली भलिबलको निरन्तरता, संरक्षण र प्रवर्द्धनमा सक्रिय घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर ८ तारिख बिहीबार ‘पाँचौँ सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ। प्रतियोगिता इबाराकी प्रान्तको उशिकुस्थित USHIKU SPORTS PARK GYMNASIUM मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित घुम्टे युवा परिवार जापानले प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबललाई जीवित राख्ने, नेपाली… पुरा पढौ

जापानमा ५ वर्षदेखि कार्यरत ‘रेड बड ट्राभल्स’ अब नेपालमा पनि, कान्तिपथबाट सेवा सुरु

जापानमा विगत ५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको 'रेड बड ट्राभल्स' ले अब नेपालमा पनि आफ्नो शाखा (ब्रान्च) विस्तार गरेको छ। काठमाडौँको कान्तिपथबाट औपचारिक रूपमा सेवा सुरु गरिएको यस ट्राभल्समार्फत अब स्वदेशी तथा विदेशी नागरिकहरूलाई सहज रूपमा ट्राभल्स तथा पर्यटनसम्बन्धी सेवा उपलब्ध हुनेछ। रेड बड ट्राभल्सका सिइओ नारायण रिमालका अनुसार कान्तिपथस्थित नयाँ शाखाबाट जापान, इन्डोनेसिया, माल्दिभ्स, युएई, भियतनाम, थाइल्याण्ड, युरोप लगायतका विभिन्न देशहरू घुम्नका लागि टुर प्याकेजिङको व्यवस्था मिलाइएको छ भने संसारभरका लागि एयर टिकेटिङ (हवाई टिकट बुकिङ) सेवा पनि… पुरा पढौ

अनेसास जापानको ८४औँ शृङ्खला सम्पन्न: अग्रज साहित्यकार सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’ अर्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य, अग्रज साहित्यकार एवं सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोग पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सुष्मा ओमातालाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा विस्तारमा पुर्‍याउनुभएको अनवरत योगदानको उच्च कदर गर्दै ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०८३’ अर्पण गरिएको छ। संस्थाका सदस्य… पुरा पढौ

निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न, खिमानन्द निउरेको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति चयन

प्रवासमा रहेका निउरे समुदायबीच आपसी एकता, भाइचारा, सहयोग र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले स्थापित निउरे समाज जापानको प्रथम अधिवेशन टोकियोको सिन–ओकुबोस्थित सोलमारी मुरा हलमा भव्य समारोहबीच सम्पन्न भएको छ। समाजका अध्यक्ष रुद्रमणि निउरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट आएका निउरे समुदायका सदस्यहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो। अधिवेशनले संस्थाको प्रारम्भिक कार्यकालको समीक्षा गर्नुका साथै आगामी सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गरेको छ। कार्यक्रमको प्रारम्भमा बाबुराम निउरेले स्वागत मन्तव्य राखेका थिए भने सचिव मनप्रसाद निउरेले… पुरा पढौ

प्रवास र मातृभूमिको सञ्चार सेतु: टोकियो घोषणा पत्र-२०२६ जारी गर्दै ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन’ सम्पन्न

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको ऐतिहासिक अवसर पारेर जापानको राजधानी टोकियोमा २५ जुलाई २०२६ मा सम्पन्न ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६’ ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय तथा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा सम्पन्न यस महाअभियानले प्रवासी नेपाली पत्रकारिताको भविष्य, व्यावसायिक सुरक्षा र संस्थागत सुदृढीकरणका लागि दूरगामी निर्णयहरू गरेको छ। प्रवासमा नेपाली पत्रकारिताको वृहत् समीक्षा र सहभागिता नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न यस सम्मेलनमा महासंघका… पुरा पढौ