तस्विर समाचार

‘टोकियो सप्ताह–२०२५’ को उद्घाटन सम्पन्न, भक्तजनहरुको उल्लेख्य उपस्थिति

टोकियो ।जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आजदेखि नोभेम्बर १५ तारिखसम्म टोकियोमा संचालित हुने श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह- २०२५ को आजदेखि शुभारम्भ भएको छ। जापानवासी नेपालीहरुले दाजुभाइ दिदीबहिनीको उल्लेख्य उपस्थितीमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले बिहान वैदिक विधिद्वारा महायज्ञको सुरुवात गर्नु भएको हो । विधिवत् रुपमा महायज्ञको शुभारम्भ पश्चात… पुरा पढौ

टोकियोमा आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ ‘ टोकियो सप्ताह-२०२५’ को तयारी अन्तिम चरणमा

जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउनै उद्देश्यले आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।नोभेम्बर ८ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त महायज्ञ 'टोकियो सप्ताह' का लागि आवश्यक मण्डव निर्माण, कलश यात्राका लागि आवश्यक कार्य, स्वयम् सेवक परिचालनका साथै यज्ञादीका लागि गरिनु पर्ने सम्पूर्ण तयार पुरा भएको एनआरएनए जापानका अध्यक्ष तथा टोकियो सप्ताह २०२५ मूल आयोजक समितिका संयोजक सुभास लामिछानेले जानकारी दिए। टोकियोको सिन्जुकुमा हुने उक्त महायज्ञमा कथा वाचनका लागि वाचन शिरोमणिका… पुरा पढौ

नेपथ्य व्याण्डको लाईभ कन्सर्ट जापानमा, ‘अर्लिवर्ड टिकट खुल्ला गरेको १० मिनेटमा नै सोल्ड आउट’

नेपाली गीत संगीत मन पराउने हरुको बहु प्रतिक्षित नेपथ्य व्याण्डको लाईभ कन्सर्ट टोकियोमा आयोजना हुँदैछ । राजधानी टोकियोको टोकियो डोम हलमा नोभेम्बर १८ तारिख मंगलबार साँझ ६: ३० बजेदेखि नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुन लागेको हो ।टोकियोमा नेपथ्य व्याण्डको कन्सर्ट (लाईभ इन टोकियो) आयोजना गरेको भिजोनिया कम्पनीका अनुसार कन्सर्टका लागि अक्टोबर २२ तारिख बेलुका ५ बजे टिकट खुल्ला गरिएको जानकारी दिए। 'अर्लिवर्ड टिकट खुल्ला गरेको १० मिनेटमा नै सोल्ड आउट भएर इतिहास कायम गरेको छ।' कम्पनीका प्रमुख सुभास लामिछानेले भने… पुरा पढौ

टोकियोमा नोभेम्बर ८ देखि १५ तारिखसम्म ज्ञान महायज्ञ ‘टोकियो सप्ताह’हुँदै, आवश्यक तयारी तिव्र पारियो

टोकियो – जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउन सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आगामी नोभेम्वर ८ तारिखदेखि १५ तारिखसम्म टोकियोको शिन्ज्युकुमा उक्त सप्ताहव्यापी ज्ञान महायज्ञ हुन लागेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए। "ज्ञान महायज्ञका लागि नेपालबाट वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे जापान आउने निश्चित भइसकेको छ।"… पुरा पढौ

गलकोट समाज जापानले गर्दै आएको सांगीतिक धमाका नयाँ वर्ष २०२६ मा जापानका तीन सहरमा गर्ने

गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२६ मा जापानका तीन वटा शहरमा ‘"समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी" भन्ने नाराका साथ सांगीतिक धमाका-२०२६ को तयारीमा जुटेको छ ।“हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मान्यताका साथ स्थापित गलकोट समाज जापानको मुख्य आयोजनामा नेपालका चर्चित कलाकारहरुको साथमा साँगीतिक धमाका- २०२६ को तिव्र तयारीमा लागिएको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।जापानका मुख्य ३ शहरमा सामाजिक उत्तरदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत… पुरा पढौ

गाउँघरमा हुँदैछ ‘लोप’, सहरबजारमा बन्दैछ ‘सोख’

नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो । तिज, दसैँ तथा तिहार मान्नका लागि लाहुर गएका परदेशीहरु गाउँ फर्कन्थे । सहरबजार गएकाहरु पनि सबैजना गाउँ फर्कन्थे । चाडपर्व संस्कार र संस्कृति तथा परम्परा मात्र नभएर वर्षौँसम्म टाढा भएका साथीभाइसँग र घरपरिवारसँग मिलन र भेटघाट हुने मौका पनि हुने गथ्र्यो ।     परदेश र सहर बजारबाट गाउँघरमा आएका युवाहरु जम्मा भएर सार्वजनिक स्थलहरुमा पिङ… पुरा पढौ

चाडपर्वमा निजी वायुसेवाको मनपरी, बर्सेनि महङ्गो भाडाको मारमा यात्रु

दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ । काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजारभन्दा बढी हवाई भाडा… पुरा पढौ

दसैँमा जमराको महत्त्व: देवीको आशीर्वाददेखि आयुर्वेदसम्म

दसैँको जमरा देवीको आशीर्वाद मात्र होइन, स्वास्थ्य र आयुर्वेदको खजाना पनि हो । यसले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आयुर्वेदिक उपचारलाई एकैसाथ जोडेर जीवनलाई शक्ति, सन्तुलन र समृद्धि दिन्छ ।  काठमाडौँ । दशैँको समयमा जमरा नेपाली हिन्दु धर्मावलम्बीका लागि मात्र धार्मिक मान्यता नभई स्वास्थ्य र आयुर्वेदसँग पनि जोडिएको तत्त्व मानिन्छ । विशेष गरी दशैँमा घरमा राखिने जमरालाई लक्ष्मी, दुर्गा र देवी–देवताका आशीर्वादको प्रतीकका रूपमा लिइन्छ । पुरानो परम्पराअनुसार जमरामा रहेको बिउ र बोटले नकारात्मक ऊर्जा हटाउने र सकारात्मक ऊर्जा ल्याउने विश्वास… पुरा पढौ

चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

दसैंको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेकाहरू घर फर्किएका छन्। यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ। यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ। घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिलाहरू बताउँछन्। चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मन पर्छ। नेपाली समाजमा महिलाहरू घरायसी कामले पिल्सिने, पुरुषहरू रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ। भजनी नगरपालिकाकी साधना साउँदका घरमा अहिले दसैंको रौनक छ। विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ। सबैलाई… पुरा पढौ

दुई साता अगाडिसम्म सुनसान गाउँमा दसैँ सुरु भएपछि चहलपहल बढ्यो

सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा दसैँको रौनक छाएको छ । टोल, छरछिमेक र चौतारामा गाउँ फर्किएका भेटिन्छन् । युवा शक्ति पलायन हुँदा सुनसान बनेको गाउँ चाडपर्वमा भने चहलपहल बढेको छ । रोजगारीको सिलसिलामा विदेश गएका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायत सहरमा रहेका पनि दसैँ मनाउन घर आएका छन् भने कोही आउने… पुरा पढौ