तस्विर समाचार

टोरन्टोमा एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन हुँदै, विश्वभरका गैरआवासीय नेपालीलाई सहभागिताको आह्वान

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित Hotel Radisson मा आयोजना हुने भएको छ। “सम्बृद्धि — Connecting for Prosperity” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली समुदायको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको दीर्घकालीन आर्थिक तथा सामाजिक विकाससँग जोड्ने लक्ष्य लिएको छ। एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक भुवन खरेल ले सम्मेलनमा सहभागी हुन क्यानडा, अमेरिका तथा अमेरिकाज क्षेत्रका गैरआवासीय नेपालीसहित विश्वभर रहेका एनआरएनए… पुरा पढौ

अपराधी समूहका सदस्यको मोबाइल फोनमा प्रहरीले टाढैबाट पहुँच गर्न पाउने विधेयक जापान सरकारद्वारा स्वीकृत

टोकियो — जापानको मन्त्रिपरिषद्ले शुक्रबार अपराधी समूहका सदस्यहरूले प्रयोग गर्ने स्मार्टफोनमा प्रहरीले इन्टरनेटमार्फत टाढैबाट पहुँच गर्न सक्ने व्यवस्था समेटिएको विधेयक स्वीकृत गरेको छ। यसको उद्देश्य योजनाबद्ध डकैती तथा ठगीका घटनाहरू समयमै पत्ता लगाएर रोकथाम गर्नु हो। जापानको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार प्रस्तावित Police Duties Execution Act संशोधन विशेषगरी Signal र Telegram जस्ता गुप्तिकृत सन्देश आदानप्रदान गर्ने एप प्रयोग गरेर डकैती तथा ठगीका निर्देशन दिने समूहहरूलाई लक्षित गरी ल्याइएको हो। यस्ता एपमार्फत पठाइएका सन्देशहरू सामान्यतया पठाउने र प्राप्त गर्ने उपकरणमै मात्र… पुरा पढौ

जापानमा विदेशी बासिन्दाको संख्या उच्च विन्दुमा, कुल जनसंख्याको ३.४ प्रतिशत पुग्यो

टोकियो — जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या जून महिनाको अन्त्यसम्ममा रेकर्ड ४२ लाख ८० हजार पुगेको छ, जुन जापानको कुल जनसंख्याको ३.४ प्रतिशत हो। केही क्षेत्रमा भिसासम्बन्धी नियम कडा पारिँदा असर देखिए पनि विदेशी बासिन्दाको समग्र संख्या भने बढेको सरकारी तथ्याङ्कले देखाएको छ। सन् २०२५ को अन्त्यको तुलनामा विदेशी बासिन्दाको संख्या करिब १ लाख ५५ हजारले वृद्धि भएको हो। अर्कोतर्फ, सन् २०२६ को पहिलो छ महिनामा Business Manager भिसा लिएर जापानमा नयाँ प्रवेश गर्ने विदेशीको संख्या ६३५ जना मात्र… पुरा पढौ

पुनःप्रवेश अनुमति नलिई जापान छाड्ने ‘बिजनेस म्यानेजर’ भिसाधारीको संख्या तीव्र रूपमा बढ्यो

टोकियो — जापानमा ‘Business Manager’ (व्यवसाय सञ्चालन/व्यवस्थापन) भिसा लिएर बसिरहेका विदेशीमध्ये पुनःप्रवेश अनुमति नलिई जापान छाड्नेहरूको संख्या सन् २०२६ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै चार गुणाले बढेको सरकारी तथ्याङ्कले देखाएको छ। यो तीव्र वृद्धि जापानले ‘Business Manager’ भिसाका सर्तहरू कडा बनाएको एक वर्ष पूरा हुनुअघि सार्वजनिक भएको हो। नयाँ सर्तअन्तर्गत व्यवसाय सुरु गर्न आवश्यक न्यूनतम पूँजी ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्‍याइएको छ। जापानको अध्यागमन सेवा निकायको तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो छ… पुरा पढौ

बाढीपीडित सहयोगार्थ ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ टोकियो र ओसाकामा हुँदै

सुदूरपश्चिमेली नेपाली समाज जापानले बाढीपीडितहरूको सहयोगार्थ जापानका विभिन्न शहरमा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रमअन्तर्गत टोकियो र ओसाकामा मुख्य सांस्कृतिक कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको समाजले जनाएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान — बाढीपीडितका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र सांगीतिक पहिचानलाई प्रवर्द्धन गर्दै प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ। टोकियोमा कार्यक्रम अक्टोबर ११, २०२६ आइतबार साँझ ५ बजेदेखि… पुरा पढौ

जापानमा ‘सिगाना तित्याङ समाज जापान’ गठन, प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन

बागलुङ जिल्लाको सिगाना–तित्याङ घर भई हाल विभिन्न सिलसिलामा जापानमा बसोबास गर्दै आएका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले “सिगाना तित्याङ समाज जापान” गठन गरिएको छ। टोकियोमा शनिबार सम्पन्न समाज गठन तथा बृहत् छलफल कार्यक्रमले प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।   जापानमा रहेका सिगाना–तित्याङवासी नेपालीहरूबीच आपसी एकता, भाइचारा, सामाजिक सहयोग र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने प्रमुख ध्येयका साथ संस्था स्थापना गरिएको हो।   नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू:  अध्यक्ष: प्रकाश खड्का    वरिष्ठ उपाध्यक्ष: प्रमोद (लालसिंह) खड्का    उपाध्यक्षहरू: भुपेन्द्र के.सी.,… पुरा पढौ

टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्ध: समाजको दोहोरो चरित्र र अभिभावकत्वमाथिको प्रहार

टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्धलाई यो समाजले एक समय उचाइमा पुर्‍यायो। प्रशंसाका फूल बर्सायो, वाहवाही गर्‍यो र उनीहरूको सम्बन्धलाई उदाहरणीय बनायो। तर, आज त्यही समाज उनीहरूको सम्बन्धमा आएको भनिएको दरारलाई सडकको तमासा बनाउन हतारिएको छ। हिजो आकाशमा पुर्‍याउने समाज आज आधा बाटोमै सडकमा पछार्न किन उद्यत छ? यो प्रश्न केवल टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्धको मात्र होइन, हाम्रो सामाजिक चेतना, मानवीय संवेदना र दोहोरो चरित्रको पनि हो। हिजो बजारमा गीत गाउँदै र माग्दै हिँड्ने एउटा बालकलाई यही समाजका… पुरा पढौ

शिजुओकामा ‘तीज फेस्टिभल २०२६’ सम्पन्न: सांस्कृतिक उत्सवसँगै नेपालका बाढीपीडितका लागि सङ्कलित राहत रकम प्रधानमन्त्री कोषमा पठाइने

शिजुओका, जापान । जापानको शिजुओकामा गल्कोट समाज जापान, क्षेत्रीय समिति शिजुओका र स्याङ्जा समाज जापान, क्षेत्रीय समिति शिजुओकाको संयुक्त आयोजनामा भव्य रूपमा ‘तीज फेस्टिभल शिजुओका २०२६’ सम्पन्न भएको छ। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित यस कार्यक्रमलाई यसपटक सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिका साथै नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको सहयोग गर्ने मानवीय अभियानसँग जोडिएको थियो। कार्यक्रमको औपचारिक सुरुवातअघि नेपालमा हालै आएको विनाशकारी बाढी तथा विपद्का कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै एक मिनेट… पुरा पढौ

गल्कोट समाज टोकियोको तिज सांगीतिक उत्सवबाट सङ्कलित ५ लाख १८ हजार १११ येन रसुवा बाढीपीडितलाई सहयोग गरिने

प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यसहित गल्कोट समाज जापान, टोकियो क्षेत्रीय समितिले आफ्नो तिज सांगीतिक उत्सवको टिकट तथा दर्शकहरूबाट सङ्कलित सम्पूर्ण रकम रसुवाका बाढीपीडितहरूलाई सहयोग गर्ने घोषणा गरेको छ। गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तिज सांगीतिक उत्सवका सभापति ईश्वर बस्नेतका अनुसार कार्यक्रममा सहभागी दर्शकहरूबाट स्वेच्छाले प्रदान गरिएको ३०,१११ येन र टिकट बिक्रीबाट उठेको ४८८,००० येन गरी कुल ५,१८,१११ जापानी येन रसुवाका बाढीपीडितका लागि हस्तान्तरण गरिने भएको छ। देशमा गएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लामा… पुरा पढौ

जापानमा ‘पाँचौँ सिल्भर रनिङ कप’ अक्टोबर ८ मा, घुम्टे युवा परिवारले नेपाली भलिबल प्रतियोगितालाई निरन्तरता दिँदै

टोकियो, जापान। जापानमा नेपाली भलिबलको निरन्तरता, संरक्षण र प्रवर्द्धनमा सक्रिय घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर ८ तारिख बिहीबार ‘पाँचौँ सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ। प्रतियोगिता इबाराकी प्रान्तको उशिकुस्थित USHIKU SPORTS PARK GYMNASIUM मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित घुम्टे युवा परिवार जापानले प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबललाई जीवित राख्ने, नेपाली… पुरा पढौ