गलकोट समाज जापानले नयाँ वर्ष २०२५ मा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि सागीतिक धमाका-२०२५ कार्यक्रम गर्ने

-


     जनहित न्युज    
     असाेज १६ गते २०८१


गलकोट समाज जापानले नयाँ वर्ष २०२५ मा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२५ कार्यक्रम गर्ने भएको छ।
समाजको स्थापनाकाल देखि नै अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साँगीतिक कार्यक्रम गर्दै आएको समाजले नयाँ वर्ष २०२५ को अवसरमा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२५ गरिन लागेको महासचिव दिलिप कंडेलले जानकारी दिए ।
“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम अङ्ग्रेजी नयाँ वर्ष २०२५ मा जापानका विभिन्न ३ शहरहरूमा नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा गर्नका लागिएको हो।’ महासचिव कंडेलले भने- “सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने गरि आर्थिक संकलन होस् भन्ने मनसायका साथ “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी ” का लागि जापानका मुख्य शहरहरु ओसाका,नागोया र टोकियोमा हरेक वर्ष जस्तै साँगीतिक धमाकाका कार्यक्रम हुनेछन।
गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले अंग्रेजी नया बर्ष २०२५ को अवसरमा नेपालदेखि ख्याती प्राप्त कलाकार आमन्त्रण गरि २०२४ डिसेम्बर ३१ ओसाका,२०२५ जनवरी १ नागोया र जनवरी २ मा टोकियोमा समाजका क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा कार्यक्रम गरिने समाजका महासचिव कंडेलले जानकारी दिए ।

कार्यक्रमलाई व्यवस्थित गर्नका लागि समाजका उपाध्यक्ष लोकेश खत्रीलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइ कार्यक्रमको तयारी अगाडि बढाइएको प्रवक्ता सन्तोष पुनले बताए ।
कार्यक्रमलाई क्षेत्रीय समितिले अपनत्व लिने गरि व्यवस्थापकीय भूमिका निर्वाह गर्नका लागि समाजका उपाध्यक्ष दिलबहादुर थापा रामुलाई कान्तो क्षेत्रीय समिति, उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई नागोया क्षेत्रीय समिति र शिबु थापालाई कान्साई ओसाका क्षेत्रीय समितिको संयोजन गर्ने जिम्मेवारी सहित कार्य विभाजन गरिएको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए। “जापानवासी सम्पुर्ण नेपालीको साथ सहयोग र समाजप्रतिको बिश्वासका कारण समाजले सञ्चालन गरेका हरेक कार्यक्रम र योजना सफल भएका छन्।” अध्यक्ष बस्नेतले भने – यस वर्ष पनि शिक्षा, स्वास्थ्य खेलकुद जस्तो पवित्र कार्यमा सहयोग पुर्याउन सकियोस् भनेर कार्यक्रम गरिन लागेकोले जापानबासी नेपालीको साथ सहयोगको अपेक्षा गर्दछौं ।
जापानबासी नेपालीहरुको विगतदेखि समाजले गर्दै आएका कार्यक्रममा सहयोग रहँदै आएकोले यस पटकको कार्यक्रममा पनि उत्साहपूर्ण रुपमा सहयोग रहने अपेक्षा समाजका कोषाध्यक्ष तथा कार्यक्रमका आर्थिक संयोजक महेन्द्र साहनीले विश्वास व्यक्त गरे ।
कार्यक्रममा मुख्य प्रायोजकका लागि ५० मान, सह- आयोजकका लागि ३० मान, प्लेटिनियम पार्टनरका लागि १५ मान, डायमण्ड पार्टनरका लागि १० मान, गोल्ड पार्टनरका लागि ७ मान, सिल्भर पार्टनरका लागि ५ मान, ब्रोञ्च पार्टनरका लागि ३ मान र सपोर्टरका लागि १ मान सहयोगको अपेक्षासहित प्रायोजकको प्रकार निर्धारण गरिएकोले आफुसक्दो सहयोग गरिदिनका लागि आर्थिक संयोजक साहनीले आग्रह गरेका छन् ।
कार्यक्रममा इभेण्ट पार्टनर सहयोग गर्नेलाई लोगो / तस्विर मुख्य व्यानरमा समावेश गर्ने,१० मान अर्थात १ लाख येनमाथिको सहयोग गर्नेलाई मञ्चमा रिबन काट्नमा लागि आमन्त्रण गर्ने, सिल्भर पार्टनरदेखि माथि सहयोग गर्नेलाई कार्यक्रमका दिन आतिथ्यता गराइने, सहयोगी पार्टनरहरुको नामलाई मिडियाबाट र सामाजिक संजालबाट प्रचार-प्रसार गरिने, सहयोगीहरुको कार्यक्रम संचालन गर्दा पटक/पटक स्टेजबाट नाम उद्धघोष गरिने, इभेण्ट पार्टनरको लोगो/ तस्विर टिकट तथा गेट पासमा राखिने, दर्शक माझ सम्मान पत्र / मायाको चिनोले सम्मान गरिने लगायतका सम्मानका कार्य कार्यक्रममा सहयोग गर्नेलाई गरिने पनि आर्थिक संयोजक साहनीले जानकारी दिए।
गलकोट समाज जापानलको साँगीतिक धमाका-२०२५ मा नेपालकै बहु चर्चित लोक कलाकारका साथमा पछिल्लो पुस्ताका विविध जन्ड्रामा चर्चित कलाकारको आवश्यक भिषा प्रक्रिया गरिसकिएको कलाकार संयोजन तथा छनोट संयोजक तथा उपाध्यक्ष रामप्रसाद गैरे गौरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?