तस्विर समाचार

व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय

ज्योतिषशास्त्र एक पुरानो विज्ञान हो । यसले व्यापार र वित्त सहित जीवनका विभिन्न पक्षहरूमा अन्तर्दृष्टि प्रदान गर्दछ। यो मानिन्छ कि आकाशीय पिण्डहरू र तिनीहरूको चालले मानव जीवनको हरेक मामिलामा प्रभाव पार्छ । पछिल्लो समय देशभित्र भएको आर्थिक संकट र व्यापार मन्दीको पछाडि ज्योतिषीय कारणहरू पनि हुनसक्छन् । व्यापार मन्दीको ज्योतिषीय कारणहरूहानिकारक ग्रहहरूको प्रभाव: शनि : ढिलाइ र बाधाहरूका लागि परिचित, व्यवसायसँग सम्बन्धित घरहरूमा शनिको प्रतिकूल प्रभावले (२, ७, १० र ११ औं) आर्थिक संघर्षको परिणाम हुन सक्छ। मंगल : यसको आक्रामक… पुरा पढौ

जापानी येनको नोटमा नेपाली कागज प्रयोग

जापानी पैसा येनका नयाँ नोटहरूको सम्बन्ध यसपालिबाट नेपालसँग जोडिएको छ । हिमाली क्षेत्रमा पाइने अर्गेली भनिने पहेँलो फूल फुल्ने बिरुवाबाट निकालिने चम्किलो लोक्ता (नेपाली कागज) जापानी येनको नोटमा प्रयोग गरिएको छ । जीओ न्युजले जनाए अनुसार १० हजार, पाँच हजार र एक हजार येनका नोट बुधबारदेखि जापानको बजारमा ल्याइएको हो, जसमा नेपाली कागज प्रयोग गरिएको छ । ती नोटहरू बुधबार जापानका प्रधानमन्त्री फुमिओ किसिदाले बैंक अफ जापानको हेडक्वार्टर टोक्योमा सार्वजनिक गरेका थिए । सो कार्यक्रममा बैंकका गभर्नर काजुओ उएडा समेत सहभागी थिए… पुरा पढौ

उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन् ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोजिएकोसमेत दाबी गरेकी छन् ।उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन्। ‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत… पुरा पढौ

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म २३ जनाको शव फेला परेको छ ।  प्रहरीकाअनुसार २३ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी छ ।सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक… पुरा पढौ

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।राष्ट्रपतिले संबिधानको प्रावधानको विपरित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ । रिटमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष ओलीलाई संबिधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेका थिए ।यो रिट दर्ता… पुरा पढौ

१०२ किलो  गाँजासहित तीन जना पक्राउ

मोरङ ।  बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च ४६८९ नम्बरको कारलाई जाँच गर्न क्रममा डिकीमा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक… पुरा पढौ

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए ।  मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।काठमाडौँ- ५ बाट… पुरा पढौ

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि रहेका छन् ।  राष्ट्रपति कार्यालयका अनुसार सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित छन् । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा… पुरा पढौ

ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो

काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ । एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ ।पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो र उनी अहिले सुरक्षित रहेका छन् । एफबिआईले यस घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ । युवकको गोली लागेर एक ट्रम्प समर्थकको… पुरा पढौ