तस्विर समाचार

जापानमा कम जन्मदर: विवाहको घट्दो संख्या एक गम्भीर मुद्दा

जापानमा जन्मदर घट्ने क्रम रोकिएको छैन । यो क्रम जारी रह्यो भने राष्ट्रको सामाजिक र आर्थिक परिचालक शक्ति हुने जनसङ्ख्यामा कमी आउने र सामाजिक सुरक्षा प्रणालीको निरन्तरता खतरामा पर्न सक्छ । राष्ट्रिय संकटको समाधानका लागि समग्र समाजले नै समस्याको समाधान गर्न जरुरी छ ।स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापानको सन् २०२३ को महत्वपूर्ण तथ्याङ्क सार्वजनिक गरेको छ । जापानी नवजात शिशुहरूको संख्या ७ लाख २७ हजार २७७ थियो । कुल प्रजनन दर - एक महिलाले आफ्नो जीवनकालमा जन्म दिने अनुमान… पुरा पढौ

जापानमा राष्ट्रिय सार्वजनिक सेवामा महिला ३९.२ प्रतिशत, हालसम्मकै उच्च रेकर्ड कायम

आर्थिक वर्ष २०२४ मा राष्ट्रिय निजामती सेवामा भर्ना भएका कर्मचारीमा महिलाको सहभागिता लगातार छैठौं वर्षमा ३९.२ प्रतिशत पुगेर कीर्तिमानी उचाइमा पुगेको क्याबिनेट ब्युरो अफ पर्सनल अफेयर्सले जनाएको छ ।यो संख्या अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले बढेको जनाएको छ । २००५ बाट सान्दर्भिक रेकर्ड राखिएपछी पछिल्लो तथ्याङ्क जुन ७ मा जारी गरिएको थियो।आर्थिक वर्षको अप्रिल १ गतेसम्म आठ हजार ९९७ नयाँ कामदारमध्ये ३ हजार ५२८ महिला थिए ।"सोगो-शोकु" करियर-ट्र्याक पदहरूमा "करियर ब्यूरोक्रेट" को रूपमा कार्यकारी-स्तरको पदहरूमा महिलाहरूको प्रतिशत ३५.७ प्रतिशत रहेको… पुरा पढौ

दोहोरीमा बढ्यो छाडापन : १२ कलाकारमाथि एक्सन, खुमनलाई कारबाही गरेर देखाउन रियाको चुनौती

काठमाडौं : ६० को दशकदेखि नेपालमा लोकदोहोरीको बजार झाङ्गिएको देखिन्छ। त्यसताका खासगरी पूर्वी र सुदूर-पश्चिमका जिल्लाहरूमा लोकदोहोरी गीतले राम्रो बजार पाएका थिए। ०६२/६३ को राजनीतिक परिवर्तनपछि भने पश्चिमका केही जिल्लाहरूमा मेला-महोत्सव हुँदा  एकैपटक १० हजार बढी लोकदोहोरीका दर्शकहरू झुम्मिने गर्थे। त्यसपछि क्रमशः फराकिलो हुँदै गएको लोकदोहोरीको बजार युट्युब लगायतका सामाजिक संजालको बढो प्रयोग सँगै पछि केही समययता भने यसको बजार साङ्घुरिएको छ।  राजु परियार, बद्री पङ्गेनी, राधिका हमाल, रमिला न्यौपाने, सम्झना भण्डारी, शीला आले लगायतका कलाकारले उर्भर बनेको लोकदोहोरीको भूमि… पुरा पढौ

भूकम्पमा जापानबाट सिक्नै पर्ने पाठ

१३ वर्ष अघिको भूकम्प र सुनामीका कारण जापानमा ठुलो क्षति भयो। भूकम्पले फुकुसिमाको आणविक भट्टीमा समेत दुर्घटना भयो। जापानमा १३ वर्ष अघिको स्मरण अझै ताजै छ। यी सबै स्मरण ताजै रहेकै समयमा सोमबार जापानको इसिकावामा सुनामीको पूर्व सूचना स्वरूप साइरन बजेको थियो। जापानमा यस्ता साइरनहरू सामान्य नै थिए। प्रत्यक्षदर्शी र भुक्तभोगी अनुसार पहिला घरमा असर परेको थियो। मानिसहरू बिहानको जाडोमा थरथरी काँप्दै सुती रहेको समयमा अन्य धेरै समयको जस्तो नै भूकम्प गएको थियो। गएको एक महिना यता जापानमा यस्ता साना… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको ७औ अधिवेशन जुन २० मा हुने

टोकियो/ “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ २००६ देखि जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो टोकियोको आगामी कार्यकाल(२०२४-२०२६) का लागि सातौ अधिवेशन यहि जुलाई २० तारिकका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा हुने भएको छ। अब आउने नया कार्यकाल २०२४-२०२६ का लागि गलकोट नगरपालिका र ताराखोला गाऊपालिका भित्रका सबै वडाबाट उपस्थिति बनाउनका साथै अपनत्व सहितको समाज निर्माण गर्नका लागि सहभागिता रहेकोले त्यसको आवश्यक तयारीमा जुटेको क्षेत्रीय समितिका अध्यक्ष राजु बस्नेतको भनाई छ।… पुरा पढौ

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक… पुरा पढौ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको… पुरा पढौ

जापानमा प्रजनन दर र जन्मको संख्या दुवै घट्यो, मृत्यु हुनेको सङ्ख्या हालसम्म कै उच्च

जापानमा कुल प्रजनन दर र जन्मको संख्या दुवै सन् २०२३ मा लगातार आठौं वर्षमा घटेर नयाँ रेकर्ड कायम भएको सरकारी तथ्याङ्कले देखाएको छ ।जापानमा विवाह नगर्नेको संख्यामा क्रमश वृद्धि हुँदै जादा कुल प्रजनन दरमा हरेक वर्ष ह्रास आईरहेको र यो आठौ वर्षमा नया रेकर्ड कायम भएको बुधबार प्रकाशित सरकारी तथ्याङकले देखाएको हो ।“एक महिलाले आफ्नो जीवनकालमा जन्माउने अनुमानित बच्चाहरूको औसत संख्या 1.20 मा झरेको छ “- स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भन्यो- 1947 मा तुलनात्मक डेटा उपलब्ध भएदेखि यो लगातार… पुरा पढौ

सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् ।सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् ।ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत उठाएको छ । रास्वपाका सांसद शिशिर खनालले समेत बुधबारको प्रतिनिधिसभाको बैठकमा ओलीको टिप्पणीको आलोचना गरेका थिए ।सुमनाले आफ्नो  महिलाको विवाह भएपछि घरप्रति कुनै जिम्मेवारी हुदैन ? भन्दै… पुरा पढौ

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ- प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे । “फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भने, “म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु,  हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टीनुभयो, त्यो बाटो… पुरा पढौ