तस्विर समाचार

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए ।  मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।काठमाडौँ- ५ बाट… पुरा पढौ

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि रहेका छन् ।  राष्ट्रपति कार्यालयका अनुसार सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित छन् । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा… पुरा पढौ

ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो

काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ । एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ ।पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो र उनी अहिले सुरक्षित रहेका छन् । एफबिआईले यस घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ । युवकको गोली लागेर एक ट्रम्प समर्थकको… पुरा पढौ

सिमलताल पहिरो अपडेट : हालसम्म पाँच जनाको शव भेटियो 

चितवन । गत शुक्रबार बिहान साँढे तीन बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलताल पहिरोमा परेर बस दुर्घटनाबाट ज्यान गुमाएका मध्ये हालसम्म पांँचवटा शव भेटिएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ती मध्ये तीनवटा शवको सनाखत भइसकेको छ भने दुईवटा शवको पहिचान हुन बाँकी छ ।  शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि… पुरा पढौ

गलकोट समाज जापान कान्तोले तीज धमाका-२०२४ आयोजना गर्ने

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा “तीज धमाका २०२४” आयोजना गर्ने भएको छ। वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिलाहरुको पर्व ‘हरितालिका तिज’ लाई यस वर्ष पनि एक कार्यक्रमका साथ मनाउन लागिएको अध्यक्ष दिनेश थापाले जानकारी गराए। नेपालबाट आमन्त्रित लोक दोहोरी तथा तिज गितमा विशेष रुपमा ख्याती प्राप्त राष्ट्रिय कलाकार गायिका द्वय सुनिता बुढा क्षेत्री, सम्झना लामिछाने मगर र जापानमा कर्मथलो तथा परदेशी गायकबाट आफ्नो परिचय स्थापित गरेका गायक सूर्य खड्का साथै स्थानीय कलाकारहरुको… पुरा पढौ

जापानबाट मल्मको एक विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग

गलकोट समाज जापानका पदाधिकारीहरुले गलकोट नगरपालिका ७ मल्म स्थित स्थानीय एक विद्यालयको लागि एक वर्षसम्म शिक्षक व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छन्। गलकोट नगरपालिका वडा नम्बर ७ झिर्कामा रहेको नेटा आधारभूत विद्यालयको लागि एक शिक्षकको एक वर्षसम्मको तलब व्यवस्थापनमा आर्थिक सहयोग गर्ने निर्णय गरेको गलकोट समाज जापान क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोद्वारा हरेक २ दुई वर्षमा गरिने शैक्षिक सुधार योजना अन्तर्गत गलकोट नगरपालिका र ताराखोला गाउपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयका अति विपन्न… पुरा पढौ

जापानको सर्वोच्च अदालतले जबरजस्ती बन्ध्याकरणलाई असंवैधानिक ठहर

जापानको सर्वोच्च अदालतले जबरजस्ती बन्ध्याकरणलाई असंवैधानिक ठहर गरेको छ । अहिले निष्किृय भइसकेको यूजेनिक्स कानुन अन्तर्गत सन् १९५० देखि सन् १९९० को दशकमा अनुमति नलिईकन १६ हजार ५०० आसपासका अशक्त र मानसिक रूपमा अस्वस्थ मानिसहरूको जबरजस्ती बन्ध्याकरण गराइएको थियो । यस मामिलामा सर्वोच्च अदालतले ११ जना पीडितहरूलाई क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको छ । बुधबारको फैसलाले न्यायका लागि दशकौँदेखि लडिरहेका पीडितहरूको लडाई अन्त्य गरेको छ । पीडितहरूले सरकारसँग क्षतिपूर्ति र माफी माग गरिरहेका थिए । वर्षौसम्म चलेको मुद्दा मामिलापछि सन्… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइको सातौ अधिवेशन जुन १७ तारिक हुने

जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्साइको सातौ अधिवेशन जुन १७ तारिक हुने भएको छ ।जुन १७ को लागि तय भएको कान्साइ क्षेत्रीय समितिको अधिवेशन ओसाकामा रहेको जिग्री दोहोरी साँझमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष रामु साहनीले जानकारी दिए ।कान्साइ क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष रामप्रसाद गैरे गौरीले एक सूचना जारी गर्दै जुलाई १४ तारिक बिहिबारका हुने गल्कोट समाज कान्साईको छैठौ अधिवेशनमा कान्साईबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाको सातौ अधिवेशन जुन २४ तारिक हुने

जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति नागोयाको सातौ अधिवेशनको जुन २४ तारिक हुने भएको छ ।
जुन २४ को लागि तय भएको नागोया क्षेत्रीय समितिको अधिवेशन नागोयामा रहेको पानसमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अजय थापा कालुले जानकारी दिए ।
नागोया क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जुन २४ तारिक सोमबार हुने गल्कोट समाज नागोयाको सातौ अधिवेशनमा नागोयाबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल पारीदिनुका लागि अनुरोध गरेका छन ।
कार्यक्रम… पुरा पढौ