गलकोटमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

-


     जनहित न्युज    
     भाद्र २८ गते २०८१


बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुङ्खानीमा सरकारी पिकअप जिप दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले उद्दार चलिरहेको छ ।शुक्रबार विहान सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बुलेरो पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन । जिप सडकदेखि झण्डै ३ सय मिटर तल खसेको छ ।

मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो ।पिकअप जिप मध्यपहाडी लोकमार्गदेखि करीब ३०० मिटर तल खसेको अनुमान गरिएको छ ।

गलकोट नरेठाटीबाट प्रहरी सहायक निरीक्षक ढकबहादुुर हमालको कमाण्डमा पाँच जनाको र इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षक देवराज काफलेको कमाण्डमा ७ जनाको टोलि घटनास्थल तर्फ गएका छन् ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?