ठगी हुनबाट बचाएको भन्दै जापान प्रहरीद्वारा सरोज भुसाल सम्मानित

-


     जनहित न्युज    
     श्रावण २३ गते २०८१


टोकियोको कोमाए स्थित एक कम्बिनीयन स्टोरमा कार्यरत सरोज भुसालले जापानीज नागरिकलाई ठगीबाट बचाएको भन्दै जापान प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।
भुसाल कार्यरत रहेको पसलमा आएका एक जना जापानीज नागरिकलाई ठगि समुहले तपाईको कमप्युटरमा भाइरस पसेको छ यसलाई हटाउनको लागी ५० हजारको कार्ड किन्न लगाएकोले ती जापानीज नागरीक पसलमा गएका थिए । पसलमा गई कार्ड किन्न लाग्दा शंका लागेर भुसालले सोधेका थिए र ती जापानीज नागरिकले नचिनेको व्यक्तिले कमप्युटरको भाइसर हटाउन कार्ड किन्न लगाएको बताएका थिए । ठगी केस हुन सक्ने भन्दै भुसालले प्रहरीलाई फोन गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा ठगी केस पुष्टी भएको थियो ।
प्रहरी लाई खवर गरेर जापानीज नागरिकलाई  ठुलो धनराशी क्षतीहुनबाट जोगाउँदै, ठगीजन्य अपराधिक क्रियाकलापलाई कम गर्न सहयोग गरेको भन्दै जापान प्रहरीले उनको कामलाई प्रसंसा गर्दै प्रसंसा पत्र सहित संम्मान गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?