
जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्साइको सातौ अधिवेशन जुन १७ तारिक हुने भएको छ ।
जुन १७ को लागि तय भएको कान्साइ क्षेत्रीय समितिको अधिवेशन ओसाकामा रहेको जिग्री दोहोरी साँझमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष रामु साहनीले जानकारी दिए ।
कान्साइ क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष रामप्रसाद गैरे गौरीले एक सूचना जारी गर्दै जुलाई १४ तारिक बिहिबारका हुने गल्कोट समाज कान्साईको छैठौ अधिवेशनमा कान्साईबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल पारीदिनुका लागि अनुरोध अनुरोध समेत गरेका छन ।
कार्यक्रम हुने स्थानको नाभीको लागि 大阪府大阪市中央区久太郎町2丁目3-8 2 अर्थात् Chome-3-8 Kyutaromachi, Chuo Ward, Osaka र सम्पर्क फोन नम्बर 06-6261-5060 रहेको बताईएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्न गौरी शंकर गैरेको संयोजकत्वमा ५ सदस्य निर्वाचन कमिटि समेत गठन भएको समाजका अध्यक्ष रामु सहानीले जानकारी गराए । समाजको क्षेत्रीय समितिमा रहेर काम गर्ने ईच्छुक गलकोटे व्यक्तिहरूले निर्वाचन कमिटिमा सम्पर्क गर्नका लागि समेत सार्वजनिक रूपमै आह्वान गरिएको छ ।
सन २००६ मा बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापान आई गलकोटेहरूका बिचमा भ्रातृत्वको विकास गरि जन्मभूमिप्रति सत्भाव व्यक्त गर्दै सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको समाजको आठौ अधिवेशनको लागि क्षेत्रीय समितिका अधिवेशनहरू गर्न लागिएको हो ।