जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति नागोयाको सातौ अधिवेशनको जुन २४ तारिक हुने भएको छ ।
जुन २४ को लागि तय भएको नागोया क्षेत्रीय समितिको अधिवेशन नागोयामा रहेको पानसमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अजय थापा कालुले जानकारी दिए ।
नागोया क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जुन २४ तारिक सोमबार हुने गल्कोट समाज नागोयाको सातौ अधिवेशनमा नागोयाबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल पारीदिनुका लागि अनुरोध गरेका छन ।
कार्यक्रम हुने स्थानको नाभीको लागि 名古屋市港区七番町2-7 ニューアレガネ小川 1F インド料理 パナス अर्थात् नागोया शि मिनातो-कु शिचिबान्चो 2-7 नयाँ अरेगाने ओगावा 1F भारतीय रेस्टुरेन्ट PANAS र सम्पर्क फोन नम्बर 052650006 रहेको बताईएको छ ।
आगामी कार्यकालको लागि निर्वाचनका आवश्यक सम्पूर्ण कार्य गर्नका लागी गलकोट समाज जापानका सलाहकार पदम मल्ल संयोजक रहेको एक निर्वाचन समिति गठन समेत गरिएको छ । सो समितिको सदस्यमा समाजका केन्द्रीय सह कोषाध्यक्ष कृष्ण गौताम र केन्द्रिय सदस्य राम थापा काजी रहेका छन ।
समाजको क्षेत्रीय समितिमा रहेर काम गर्ने ईच्छुक गलकोटे व्यक्तिहरूले निर्वाचन कमिटिमा सम्पर्क गर्नका लागि समेत सार्वजनिक रूपमै आह्वान गरिएको छ ।
सन २००६ मा बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापान आई गलकोटेहरूका बिचमा भ्रातृत्वको विकास गरि जन्मभूमिप्रति सत्भाव व्यक्त गर्दै सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको समाजको क्षेत्रीय समितिका अधिवेशनहरू गर्न लागिएको हो ।