तस्विर समाचार

पाथीभरा केवलकार विवाद र विश्व अर्थ राजनीतिको नेपालमा प्रभाव

मन्दिर र मठलाइ केन्द्र बनाएर केवलकार हाल्ने कुरालाई लिएर हिंसात्मक आन्दोलन हुदैंछ र रोटी सेक्नेको तांती छ। कोहि नेताको पत्तासाफ र कसैको उल्का उदय हुंदैछ। पाथीभरा मन्दिरमा बन्न लागेको केवलकार विवादमा छ। यशबारेमा दुइतर्फी तर्क छ्न। यो विकासको कुरा हो गर्नुपर्छ, जेष्ठ नागरिकलाई ढाडमा बोकेर लानुपर्ने दासता समाप्त हुन्छ भन्ने तर्क एकातिर छ्न। यो मन्दिरको पर्यावरण बिगार्ने र राज्यको सम्पत्ति दोहन गर्ने उपाय हो भन्ने अर्कातिर छ्न। हामीले बुझ्नुपर्ने के हो?१. पहिलो कुरा त राष्ट्रमा कृषि र उद्योग नष्ट भैसकेको… पुरा पढौ

महाकुम्भबाट फर्कंदै गर्दा दुर्घटनामा ज्यान गुमाउने पाँच नेपाली को हुन् ?

जलेश्वर । भारत, उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेर फर्कने क्रममा दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कोरपियो दुर्घटनामा परी त्रिवेणीमा स्नान गरेर घर फर्कंदै गरेका पाँचजनाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ की ५० वर्षीया मनतारन देवी र उनकी भान्जी धनुषाको गंगुलीकी ३० वर्षीया अर्चना झा हुन् । गाडीका… पुरा पढौ

तराईसँग जोडियो ढोरपाटन : पर्यटक आवागमनसँगै व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बागलुङ : अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन। भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ । राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका… पुरा पढौ

मानसिक तनावसहित चरित्रमा शङ्का गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा 

गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दायर गरेकी छिन्। सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ । कानुनी रुपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेको जिल्ला अदालतले जनाएको छ।  सूचना अधिकारी दिपक कुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर… पुरा पढौ

रविन शर्माको ‘देउता बनाउने कारखाना’को कर्मभूमि लोकार्पण सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ७२ औ साहित्य शृंखला तथा कवि रविन शर्माको ‘देउता बनाउने कारखाना’को आइतबार सोलमारी मुरा हल, शिन-ओकुबोमा कर्मभूमि लोकार्पण सम्पन्न भएको छ।  अनेसास जापान च्याप्टरका अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता ,एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने पूर्व सांसद सूर्य पाठक, वरिष्ठ पत्रकार राजु सुवेदी, अनेसास बोर्ड अफ ट्रस्टीका उपसभापति तथा अनेसासका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरे, अनेसासका केन्द्रीय पूर्व अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास… पुरा पढौ

ज्यूखाई : अँध्यारो जंगलको अत्यासलाग्दो वृत्तान्त

ज्यूखाई जंगलमाथिका लोककथा–किंबदन्ती डरलाग्दा छन्, जंगलको इतिहास पनि सुन्दर छैन, सदियौंदेखि मानिसको ठूलो संख्या त्यो आध्यारो जंगलमा हराइरहेको छ, किन ? विश्वप्रसिद्ध जापानी कलाकार युको ताकेउची हलिउडका नयाँ सिनेमामा काम गर्ने तयारीमा थिइन्, तर कोरोना महामारीपछि उनलाई मानसिक तनावले समात्यो ।काठमाडौँ —पानी संस्कृति, लोककथा र साहित्यमा यो जंगलबारे प्रशस्तै लेखिएका छन् । तर, सुदूर समयतिर फर्किने हो भने यसको इतिहास बिल्कुल सुन्दर छैन । यो जंगलमाथि लेखिएका लोककथा–किंबदन्ती असाध्यै डरलाग्दा छन् ।  यो जंगल पर्यापयर्टनका लागि होइन, हाराकिरी अर्थात् आत्महत्याका लागि कुख्यात छ । त्यसैले यो एक… पुरा पढौ

टोकियो र नारिता विमानस्थल जोड्ने रेलहरूमा अब अनुहार देखाएर गेट पास हुन सकिने

टोकियो - जापानमा बढ्दो विदेशी पर्यटकका कारण हुने भीडभाड कम गर्ने उद्देश्यले टोकियो शहर र नारिता विमानस्थल जोड्ने केही केइसेई इलेक्ट्रिक रेलवे कम्पनी एक्सप्रेस रेलहरूमा शुक्रबारदेखि अनुहार पहिचान टिकट गेटहरू सुरु गरिने भएको छ। कृत्रिम बुद्धिमत्ता( आर्टिफिसियल इन्टिलिजेन्स)द्वारा संचालित हुने यो प्रणाली केइसेई-युएनो स्टेशनलाई चिबा प्रान्तको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने स्काइलाइनर रेलहरूमा प्रयोगमा आउनेछ, रेलवे कम्पनीले बिहीबार मिडियालाई जानकारी दिएका हुन् ।यात्रुहरूले पहिले अनुहारको फोटो दर्ता गर्नुपर्ने र रेलवे अपरेटरको सम्बन्धित वेबसाइट मार्फत भुक्तानी पूरा गरिनु पर्ने बताइएको छ। गेटमा… पुरा पढौ

दलालहरूको चंगुलमा फसेका १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने, जन्मदर्ताको छाप नक्कली !

काठमाडौं । पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो । पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले बाह्रखरीसँग भने । बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको… पुरा पढौ

सुजन कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत : गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन्।  बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन्। कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ। सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि… पुरा पढौ

जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्दा अण्डाको मूल्यमा वृद्धि

जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झन्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गर्‍यो । साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख चराहरू प्रभावित छन् । मन्त्रालयले उक्त प्रकोपले गर्दा अण्डाको मूल्यमा पनि प्रभाव परेको उल्लेख गरेको छ, जुन वर्षको सुरुदेखि नै १५ प्रतिशतले बढेको छ । केही उद्योग… पुरा पढौ