टोकियो र नारिता विमानस्थल जोड्ने रेलहरूमा अब अनुहार देखाएर गेट पास हुन सकिने

-


     जनहित न्युज    
     माघ १० गते २०८१


टोकियो – जापानमा बढ्दो विदेशी पर्यटकका कारण हुने भीडभाड कम गर्ने उद्देश्यले टोकियो शहर र नारिता विमानस्थल जोड्ने केही केइसेई इलेक्ट्रिक रेलवे कम्पनी एक्सप्रेस रेलहरूमा शुक्रबारदेखि अनुहार पहिचान टिकट गेटहरू सुरु गरिने भएको छ।

कृत्रिम बुद्धिमत्ता( आर्टिफिसियल इन्टिलिजेन्स)द्वारा संचालित हुने यो प्रणाली केइसेई-युएनो स्टेशनलाई चिबा प्रान्तको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने स्काइलाइनर रेलहरूमा प्रयोगमा आउनेछ, रेलवे कम्पनीले बिहीबार मिडियालाई जानकारी दिएका हुन् ।
यात्रुहरूले पहिले अनुहारको फोटो दर्ता गर्नुपर्ने र रेलवे अपरेटरको सम्बन्धित वेबसाइट मार्फत भुक्तानी पूरा गरिनु पर्ने बताइएको छ। गेटमा रहेको ट्याब्लेटमा आफ्नो अनुहार देखाएर, प्रणालीले अर्को प्रस्थान गर्ने रेलको लागि आरक्षित सिटसहितकाे टिकट जारी गर्नेछ।

“विमानस्थलमा आइपुगेपछि लाइनमा पर्खिएर सहज बोर्डिङको अपेक्षा गर्न सकिन्छ,” केइसेईका एक अधिकारीले भने। “हामी आशा गर्छौं कि ग्राहकहरूले (प्रणालीको) सुविधा अनुभव गर्नेछन्।”

तुरुन्तै प्रस्थान गर्ने रेल बाहेक कुनै विशेष सिट छनौट गर्न वा फरक रेलमा चढ्न चाहने यात्रुहरूले स्टेशन काउन्टर वा भेन्डिङ मेसिनहरूमा टिकट खरिद गर्नुपर्नेछ।
केइसेई-उएनो, नारिता विमानस्थल टर्मिनल १, र टर्मिनल २ र ३ स्टेशनहरूका अतिरिक्त, यो प्रणाली लाइनको निप्पोरी स्टेशनमा पनि उपलब्ध हुनेछ।
रेलवे अपरेटरका अनुसार नारिता विमानस्थललाई टोकियोसँग जोड्ने केइसेई स्काइलाइनर रेलहरू लगभग हरेक २० मिनेटमा सञ्चालन हुन्छन् जसको यात्रा समय आधा घण्टाभन्दा बढी हुन्छ। भने भाडा लगभग २,६०० येन ($१७) रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?