पाथीभरा केवलकार विवाद र विश्व अर्थ राजनीतिको नेपालमा प्रभाव

-


     डा युवराज सग्रौला    
     माघ २१ गते २०८१


मन्दिर र मठलाइ केन्द्र बनाएर केवलकार हाल्ने कुरालाई लिएर हिंसात्मक आन्दोलन हुदैंछ र रोटी सेक्नेको तांती छ। कोहि नेताको पत्तासाफ र कसैको उल्का उदय हुंदैछ। पाथीभरा मन्दिरमा बन्न लागेको केवलकार विवादमा छ। यशबारेमा दुइतर्फी तर्क छ्न। यो विकासको कुरा हो गर्नुपर्छ, जेष्ठ नागरिकलाई ढाडमा बोकेर लानुपर्ने दासता समाप्त हुन्छ भन्ने तर्क एकातिर छ्न। यो मन्दिरको पर्यावरण बिगार्ने र राज्यको सम्पत्ति दोहन गर्ने उपाय हो भन्ने अर्कातिर छ्न। हामीले बुझ्नुपर्ने के हो?
१. पहिलो कुरा त राष्ट्रमा कृषि र उद्योग नष्ट भैसकेको अवस्था छ। १५ अर्बको आयत र ९४% खपतको अवस्था छ भनी राष्ट्र बैंक तथ्यांक निकाल्छ। तर कृषिमा ठुला ठुला फार्म बनाइ खाद्यान्नमा स्वनिर्भर हुने र औद्योगिक उत्पादनमा लगानी बिस्तार गर्ने योजना सरकार ल्यांउदैन। हिजो कृषि औजारको उत्पादन, कपडा, जुत्ता, धागो, चिनी, कागज, टायर, साना मेसिन उत्पादनमा स्वनिर्भर बनाउने उद्धोग समुल मासेर नव बिकशित देश द. कोरिया, मलेसिया, इन्डोनेसियाले समेत बहिस्कार गरेको नवउदारबाद, अनैतिक खुलाबजार र उपभोक्तावाद लादेर चरम बित्त पुंजिवाद राजनीति दलले लागु गरे। उनीहरुले उद्योगको सट्टामा क्यासिनो, पाँच तारे होटल, केवल कार, अग्ला अपार्ट्मेन्ट, जग्गा प्लटिङ्ग, टावर र गाउँमा पनि रिसोर्ट खोल्ने र बगस आइपिओ बेचेर नाफै नभएका कम्पनीलाई नक्कली सेयर बेच्ने सेयरमार्केट बिकास गरे। यो पैसाले पैसा कमाउने बबल इकोनोमी हो जसले थोरैलाई धनी र आम नागरिकलाई उपभोक्तामा परीणत गरि आयातलाई अधिक प्रबर्द्धन गर्दछ। यो राजनीतिक नेता र कर्मचारी धनी बनाउने नियोजित योजना थियो जसलाई विश्वमा आफ्नो सामारिक स्वार्थ भएका देशहरूले सहयोग गरे। यहि नीति युरोप र रसीयाको बिचमा भएको युक्रेनमा लागू गरिएको थियो। यहि सामरीक नियतको प्रयोग नेपालमा गरिंदैछ। प्रमाण: उद्धोग जिरो, कृषिको पतन, आयात १५ खर्ब र निर्यात १खर्ब ५८ अर्ब, ७०० मिलियन डलरको ॠण र बिदेशी शहायताको दुर्ब्यसन, निजि सवारी साधनको खुला आयत र सार्वजनिक यातायातको उन्मुलन। यदि तेसो हो भने सरकारको नीति उत्पादनमुलक उद्धोग खोल्ने हुनु पर्ने हो कि पैसाले पैसा कमाउने केवल कार जस्ता संस्कृति सांस्कृतिक पर्यावरण मास्ने केवल कार? यस्ले नाफा कति गर्छ र रोजगारी कति निर्माण गर्छ। अत राज्यका वा जनताको सार्बजनिक जग्गा मासेर कुनै एक ब्यक्तिलाई अकुत कमाउन दिने, उसैलाइ करमा छुट दिने, उसैलाइ संसदमा लैजाने र ९५% जनताको आयबृद्धी समाप्त गर्ने नीति समाजवाद हो?

युवाहरुले घृणा, अफवाह र हिंसाको प्रबृत्तिबाट हटेर “जागरणको सद्भावयुक्त” बिमर्श खोज्नु आवस्यक छ। तब मात्र केवलकार पनि बन्छ र मन्दिरको अस्मिता र नागरिकको सांस्कृतिक पहिचान पनि कायम रहन्छ।

२. ५० लाख युवा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारीका लागि बिदेशीएका छ्न। अब ३० बर्षमा नेपालको युवा जनशक्तिको मानव श्रोत समाप्त हुन्छ। अनि ती युवालाई देशमा रोजगार सिर्जना गर्ने उद्धमको बिकासलाई प्राथमिकता दिनुपर्ने हो वा बिदेशी सामान, मेसिन र प्रबिधि प्रबर्द्धन गर्ने र एकाध ब्यक्तिलाई मात्र रोजगारी र एक ब्यक्तिलाई खर्बपती बनाउने उद्धम प्रबर्द्धन गर्ने नितिलाई प्राथमिकता?
३. अत: यस्ता केवल कार सरकारको जनतालाइ मन्दिर जान सहज बनाउने सामाजिक कल्याणको नीति अन्तर्गत बन्न लागेको हो वा यो कुनै धनाढ्यले धन कमाउनका लागि हो? यो बिकास हो भन्नेले यति त बुझे हुने हो? त्यसो भए बिरोध गर्ने चैं संस्कृति जोगाउने पहिचानवादी वा पर्यावरणका हिमायती हुन त? यथार्थ के पनि हुन सक्छ भने लगानी गर्ने ब्यापारीको लगानी भुस पार्न अर्को यस्तै ब्यापारी पछाडि छैन र युवाहरुलाइ भडकाउने काम भएको छैन भन्न पनि सकिन्न। के आन्दोलनकारीहरुलाइ कसैले प्रयोग गरेको त छैन, यो आन्दोलनकारीले विश्लेषण गर्नुपर्ला। मेयर त गोली ठोक्ने कुरा गर्दैछ्न। उनी पनि लिम्बू आन्दोलन गर्ने पनि लिम्बू। बिचमा गाली खाइरहेका छ्न बाहुन र क्षत्री। अब सोच्नुहोस त विभाजनकारी तत्व कसरी खेलिरहेको छ!
४. कहिलेसम्म देश तोड्फोड र नितन्डाको शिकार बन्ने? राजनीति र शासनका नाममा एकातिर देश अनैतिक बजारतन्त्रको बन्दी बनाइएको छ अर्कातिर घृणाको राजनीति मौलाएको छ। आज देशमा तेस्तो नेताको भाउ छ जो राजनीतिका नाममा नीतिगत र लेनदेनको भ्रष्टाचार गर्न रतिभर डरांउदैन। अर्कोतिर बिरोधि भनिएकाहरु समाजलाइ गालिगलौज, घृणा र दुष्ट प्रतिक्रियावादी सोचको प्रतीक बनेका छ्न। राजनीति एकातिर ब्यापार बनेको छ अर्कोतिर चटक, सनक र सेलिब्रेटीको रंङ्गमन्च।

सरकारको नीति उत्पादनमुलक उद्योग खोल्ने हुनु पर्ने हो कि पैसाले पैसा कमाउने केवल कार जस्ता संस्कृति सांस्कृतिक पर्यावरण मास्ने केवल कार? यस्ले नाफा कति गर्छ र रोजगारी कति निर्माण गर्छ। अत राज्यका वा जनताको सार्बजनिक जग्गा मासेर कुनै एक ब्यक्तिलाई अकुत कमाउन दिने, उसैलाइ करमा छुट दिने, उसैलाइ संसदमा लैजाने र ९५% जनताको आयबृद्धी समाप्त गर्ने नीति समाजवाद हो?

५. पहिलो राजनीतिक धारमक विचारको हत्या गरिएको छ। त्यंहा पद र सामान्ती हैसियतको ट्युमर वा गलगांड मौलएको छ। यो धारले पहिला बोकेको विचार गलत होइन त्यो विचार बोक्ने विचारहिन भएको छ। यो पहिलो धारले अब देशलाई समृद्ध बनाउन सक्दैन। १२/१४ वर्षदेखि बैकल्पिकका नाममा दोस्रो धार मौलाएको छ। यस्ले त राजनीतिमा विचार होइन, अंग्रेजी बोल्ने, विदेश पढेको, बिदेशबाट फर्केको, हिरो देखिने , सामाजिक संजालमा प्रोपोगन्डा र झुठ ब्यापार गर्न माहिर हुने कलालाई राजनीतिको खास गुण मान्छ। त्यो त अन्तमा रजनिकान्त र जेलेनस्की नै हुने हो। यो दोस्रो धार पनि निकम्मा नै हो।
देशले अहिले खोजेको तेस्रो धार नेपालको शिक्षालाई अनुसन्धानमुलक र उत्पादनमुलक बनाउने योजना, मानिसलाई मृत्यु र पिडाबाट जोगाउने स्वास्थमा राज्यको उतरदाइत्व, सहज र सुरक्षित यातायात, डढेलो नलाग्ने हरियो बांदरले जंगलमै फलफुल खान पाउने जंगल, कन्चन खोला, मानिसले घरमै बसेर काम पाउने उद्धम भएको बिकास, जातपातको भेदभाव सकिएको सामाजिक संरचना, बिदेशीको हस्तक्षेप स्वीकार नगर्ने सरकार र नागरिकको प्रत्यक्ष सहभागीता भएको आफ्नै सभ्यतामा हुर्कीएको सामाजिक नागरिकतन्त्रनै देशले खोजेको तेस्रो धार हो जसले बिचारमा आधारित राजनितिक प्रणाली हुर्काउंछ। अत: युवाहरुले घृणा, अफवाह र हिंसाको प्रबृत्तिबाट हटेर “जागरणको सद्भावयुक्त” बिमर्श खोज्नु आवस्यक छ। तब मात्र केवलकार पनि बन्छ र मन्दिरको अस्मिता र नागरिकको सांस्कृतिक पहिचान पनि कायम रहन्छ। अब देशले इतिहास सङ्ग क्रमभंगता खोजेर दिशान्तर गर्नुपर्छ। भनिन्छ जब चुनौती खतरनाक हुन्छ त्यसपछि आउने ब्यवस्था पनि पक्को र विवेकशील बन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?