जापानमा विदेशी दुइ जना आगन्तुकमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट संक्रमित भएसंगै सोमबार जापानी नागरिकमा पहिलो पटक ओमिक्रोन संक्रमित भएको पुष्टि सरकारले गरेको छ । जुन जापानमा तेस्रो यो केस हो ।
इटालीको यात्राबाट फ़र्किएका ३० वर्षीय ती व्यक्ति बुधबार टोकियोको हानेदा विमानस्थलबाट जापान प्रवेश गरेपछि म्युटेन्ट उत्परिवर्तित ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनले जुलाई र अगस्टमा कोभिड-१९ विरूद्दको मोड्रेनाको दुवै डोजको खोप लगाएको स्रोतले जनाएको छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ती संक्रमित व्यक्ति आएको विमानमा अन्य ४१ जना रहेको र उनीहरुको क्लोज़ कंट्रयाकमार्फ़त सम्पर्क गरि कोरोना परीक्षण गर्दा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएपनि ओमिक्रोनको भेरियन्टमा भने नदेखिएको बताईएको छ ।
जापानमा नोभेम्बर ३० मा पहिलो पटक नामिबियाका ३० वर्षीय कूटनीतिज्ञलाई ओमिक्रोन भेरियन्टको देखापारेको पुष्टि भएको थियो भने दोस्रो केस पेरुबाट यात्रा गरेका २० वर्षीय मानिसमा संक्रमित भएको पुष्टि भएको थियो । ती दुवैजना नारिता एयरपोर्टमार्फत जापान प्रवेश गरेका थिए ।
प्रधानमन्त्री फुमियो किशिदाले सीमित चिकित्सा स्रोतहरूका बिचबाट ओमिक्रोन संक्रमणको रोकथाममा केन्द्रित रहदै जनताको जीवन रक्षा गर्न आवश्यक फ़ास्ट ट्र्याकमार्फत कदम चाल्ने संसद समक्ष प्रतिज्ञा गरेका छन ।
दक्षिण अफ्रिकामा गत महिना पहिलो पटक देखा पारेको ओमिक्रोन भेरियन्ट हालसम्म संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युरोपका केही भागहरू लगायत दर्जनौं देशहरूमा देखापरिसकेको छ ।
वैज्ञानिकहरूले अत्यधिक उत्परिवर्तित स्ट्रेन कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण डेल्टा संस्करण भन्दा बढी छ कि न्यून छ भन्नेबारेमा अध्ययन भैरहेको र खोपबाट त्यसको प्रतिरक्षा सक्षम हुने नहुने बारेमा समेत अध्ययन भैरहेको बताईएको छ।