तस्विर समाचार

को हुन् रमेश गिरी ? एनआरएन अभियानमा उनको खाँचो किन ?

एनआरएन अभियान अहिले सङ्लिने क्रममा छ । धूरीको विवाद नहुँदो हो त एनआरएन जापानले गएको दुई वर्षमा गरेका गतिविधिहरुको मुल्याङ्कनमा अझ राम्रो अंक लिएर उत्कृष्टता हासिल गर्ने थियो भनेर सहजै लख काट्न सकिन्छ । दुईतिर फर्केका धूरीका दुईथरि हाकिमहरुको चेपुवामा परेता पनि वुद्धिमत्तापूर्ण ढंगले उचित सन्तुलन मिलाउँदै कतै कसैलाई चित्त नदुखाईकन आफ्नो कार्यकाल अवतरण गरेका नविन निउरे जाँदाजाँदै हाइहाइ बन्न पुगे । उनको लोकप्रियता ह्वात्तै बढ्यो । उनको कार्यशैली हेर्दा मानौ उनी दुई वर्ष मै निकै खारिई सकेका छन् ।एनआरएन… पुरा पढौ

पर्वत समाज जापानको अध्यक्षमा राम प्रसाद बास्तोला चयन

टोकियो जापान। पर्वत समाज जापानको आठौं अधिवेशनले राम प्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई ८ तारिखका टोकियोमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको – वरिष्ठ उपाध्यक्षमा मूक्तिराज रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, रामकृष्ण शर्मा र रमेश राज जैसी रहेका छन्। महासचिवको जिम्मेवारी विमल न्यौपानेले पाएका छन् भने सचिवमा अर्जुन थापा र उमेश लामिछाने छन्। महिला सचिवको जिम्मेवारी मनिषा पौडेल रिमाललाई दिइएको छ। कोषाध्यक्षमा नवराज आचार्य, सह-कोषाध्यक्षमा बालकृष्ण… पुरा पढौ

एसईईको परिणाम सब थोक होइन दृष्टिकोण सबथोक हो।

आज निस्केको एसईई (SEE)को परिणाममा ६१.८% उत्तिर्ण हुने नानी बाबुहरूलाई बधाई,३८.२%बिभिन्न कारणले अनुत्तिर्ण भए पनि छिटै नै ६१.८% मा थपिने छौ । त्यसैले सबैलाई सफलताको शुभकामना ।परिक्षामा ३ घण्टाले मात्रै तिमीहरूको क्षमता जाँचिन्न,किनकि ८ कक्षा उत्तिर्णले पनि देश हाँक्न सक्छ भन्ने उदाहरण हाम्रै देशमा छ ।नपत्याए “प्रधानमन्त्री के पी ओली”लाई हेर्नु र सोध्नु । कति बिद्यार्थी त गणितको बोझले थिचिएका होलान, कति बिद्यार्थी ,बिज्ञानको बोझले र कति बिद्यार्थी सामाजिक शिक्षामा ईतिहासका झर्कोलाग्दा अब्यबहारिक कुराले थिचिएका होलान् । त्यो नजान्दैमा कोही… पुरा पढौ

JLPT परिक्षा: जापानमा रहेका विद्यार्थीका लागि यसको आवश्यकता र महत्व

JLPT परिक्षा आउदो साताको पहिलो आइतबार सम्पन्न हुदै छ । यसपटक तहगत रूपमा बिहान र दिउसो गरी २ सत्रमा परिक्षा सम्पन्न हुदैछ । सम्पूर्ण परिक्षार्थीहरूलाई परिक्षाको सफलताको अग्रिम शुभकामना !!! पहिलो १ बर्ष पनि पूरा नगरी सकेका बिधार्थीहरूको हकमा परिक्षा पटक पटक आइरहन्छ-निकै मरिहत्ते धपरी गरिरहनु नपर्ला N5, N4 सम्मको परिक्षा सामान्य पनि हुन सक्छ । परिक्षामा सफल हुनेहरूको हकमा धेरै राम्रो उपलब्धी हुन्छ भने, समान तहः परिक्षा पुनः दिनु पर्ने हरूको हकमा यस पटकको परिक्षा आगामी परिक्षा तयारीका लागि… पुरा पढौ

अप्ठ्यारोमा परेका कान्साईबासी नेपालीलाई २४ सै घण्टा हटलाइन सेवा दिने योजनासहित भिमबहादुर घर्ती अनुपले घोषणा गरे एनआरएनए कान्साईको संयोजक पदमा उम्मेदवारी

“दुःखमा पनि सुखमा पनि बनाउने छु एनआरएनए प्रभावकारी ''क्षेत्र र केन्द्र जोड्दै समन्वयात्मक कार्यका लागि मेरो उम्मेदवारी” भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान अन्तर्गतको कान्साई क्षेत्रीय समन्वय परिषद्को संयोजकमा भिम बहादुर घर्ती (अनुप) ले उम्मेदवारी घोषणा गरेका छन्।हाल कान्साई क्षेत्रीय समन्वय परिषद्को उप संयोजकको रुपमा कार्यरत रहेका घर्तीले आफ्नो व्यवस्थित कार्यालय स्थापना गरी सञ्चालन गर्ने र आफ्नो क्षेत्रमा रहेका नेपालीहरुलाई तत्काल सहयोग पुर्याउने गरि हटलाइन टेलिफोनको व्यवस्था गर्ने योजना सहित २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारी घोषणा… पुरा पढौ

ओसाकामा आयोजित दुईदिने नेपाल महोत्सव २०२५ भव्यताका साथ सम्पन्न

जापानमा जहाँ गलकोटे त्यहाँ व्यवस्थित एवम् सानदार कार्यक्रम सबैले भन्ने वाक्याशलाई यसपाली जापानको ओसाकामा सम्पन्न नेपाल महोत्सव २०२५ ले समेत पुष्टि गरेको छ । नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउनुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ जुन १४ र १५ तारिखका दिन ओसाकाको creative center Osaka मा देखिएको उत्साहपूर्ण सहभागिताले यो वाक्याशलाई पुष्टि गरेको हो की भन्ने देखायो ।बागलुङको गलकोट क्षेत्रबाट जापानमा आई विभिन्न… पुरा पढौ

प्रवासमा हुने नेपाल फेस्टिवल या महोत्सवले नेपालसँग जोडिएको भावनात्मक सम्बन्ध

पृष्ठभूमी गल्कोट समाजले गल्कोटका लागि थुप्रै कामहरू गरेको छ । अझै राम्रो कुरा त संसारभरि छरिएर रहेका गल्कोटेहरूलाई पनि एउटै छातामुनी जोडिरहेको छ । यो शुखद पक्ष हो । गल्कोट छाडेर अन्यत्र बसेकाहरूले पनि गल्कोट समाजका माध्यमबाट गल्कोट प्रति चिन्तन र माया दर्शाईरहेका छन् ।यस्तो राम्रो कर्म गरिरहेको समाजको जापानको नेतृत्वले यसबारे गम्भिर भएर सोच्न सकेन भने यसको विश्वसनियतामा प्रश्न चिन्ह खडा हुनेछ ।गल्कोट समाज केन्द्रिय समितिले यसको स्वामित्व ग्रहण गरेर आफ्नो मातहतका क्षेत्रीय समितिले आयोजना गरेका कार्यक्रमहरूलाई सफल पार्न… पुरा पढौ

स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक

टोकियो, जापान – नेपालका प्रतिष्ठित आध्यात्मिक गुरु राष्ट्रसन्त ब्रह्मलिन स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको सम्मानमा नेपाल सरकारले रु १० को टिकट सार्वजनिक गर्ने निर्णय गरेकोमा बिहुँकोट समाज जापानले हार्दिक कृतज्ञता प्रकट गरेको छ। बागलुङ जिल्लाको बिहुँकोट–६, पौवाडाँडास्थित श्री परमेश्वर राम मन्दिर परिसरमा जन्मिएर नेपाली योग, तान्त्रिक साधना र आध्यात्मिक जागरणको रुपमा एक नक्षेत्र रहेको सम्मानमा हालै नेपाल सरकारले टिकट प्रकाशन गर्ने निर्णयलाई स्वागत गर्दै नेपाल सरकारप्रति कृतज्ञता प्रकट गरिएको बिहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेलले बताए।”नेपाल सरकारको यो एतिहासिक… पुरा पढौ

ओसाकामा हुने नेपाल महोत्सव २०२५ मा ‘दुश्मन हेरेको हेरै’ देखि ‘भरिया दाइले बिसाउने भारी’ सम्मका प्रस्तुतिले धूम मच्चाउने

गल्कोट समाज जापान कान्साईले जुन १४ र १५ तारिख ओसाकामा गर्न लागेको नेपाल महोत्सवमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ ।नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी गर्न लागिएको नेपाल महोत्सवमा पछिल्लोका बहुचर्चित कलाकार दुर्गेश थापासहित लोक संगीतका सदाबहार गायक तथा सर्जक विष्णु खत्री, लोकप्रिय लोक गायक रामचन्द्र चन्द, लोकगायक विक्रम परियार, गायिका तथा सञ्चारकर्मी अनिता चलाउने लगायतको भव्य प्रस्तुति रहने महोत्सवका कार्यक्रम संयोजक सुमित खत्रीले जानकारी दिए।युवा माझ सर्वाधिक… पुरा पढौ

“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को तयारी तिव्र

ओसाका, जापान । जापानको ओसाकामा आयोजना हुन लागेको “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को तयारी तिब्र रूपमा अघि बढाएको छ । हालसम्म भएको कार्यक्रमको प्रगति बारेमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराईएको हो । गैर आवासीय नेपाली संघ एनआरएनए, कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा बृहत रुपमा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुन लागेको हो ।नेपालको परम्परा, कला संस्कृति र पर्यटनलाई जापानमा प्रवर्दन गर्दै, दुई देशबिचको मित्रता र सम्बन्धलाई अझ… पुरा पढौ