आज निस्केको एसईई (SEE)को परिणाममा ६१.८% उत्तिर्ण हुने नानी बाबुहरूलाई बधाई,३८.२%बिभिन्न कारणले अनुत्तिर्ण भए पनि छिटै नै ६१.८% मा थपिने छौ । त्यसैले सबैलाई सफलताको शुभकामना ।परिक्षामा ३ घण्टाले मात्रै तिमीहरूको क्षमता जाँचिन्न,किनकि ८ कक्षा उत्तिर्णले पनि देश हाँक्न सक्छ भन्ने उदाहरण हाम्रै देशमा छ ।नपत्याए “प्रधानमन्त्री के पी ओली”लाई हेर्नु र सोध्नु ।
कति बिद्यार्थी त गणितको बोझले थिचिएका होलान, कति बिद्यार्थी ,बिज्ञानको बोझले र कति बिद्यार्थी सामाजिक शिक्षामा ईतिहासका झर्कोलाग्दा अब्यबहारिक कुराले थिचिएका होलान् । त्यो नजान्दैमा कोही कसैको जीवन बरबाद भई हाल्दैन ।किनकि तिमीहरूको क्षमता अरू बिषयमा लुकेको हुनसक्छ ।लुकेको क्षमता देखाएर दुर्गेस थापाको गीत “दुश्मन हेरेकै हेर्यै “जस्तै बन्न सक्नेछौ ।
नानी बाबुहरूलाई ईतिहासका कुराहरू घोटाउनु भन्दा पनि त्यसको धारणा दिने हो । त्यसको ठाउँमा नैतिक शिक्षा र दैनिक ब्यबहारिक सामाजिक ज्ञानलाई प्रयोगात्मक तरिकाले शिक्षा दिएमा ती बिद्याथीहरू भोली कर्तब्यशिल बन्नेछन् ।”सालको पातको टपरी हुने ,नहुने सल्लैको “भन्ने बसन्त थापाको गीतमा तिमीहरूको दृष्टीकोण बन्नुपर्छ । जे कुरा जेका लागि हो त्यहि कुरा त्यही ठाउँमा प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेको गीत तिमीहरूको मार्ग दर्शन बन्नुपर्छ ।
बिद्यार्थीहरूको रूचीहरूमा “ग्रेडिङ “ गरेर उनीहरूलाई ब्यबहारिक शिक्षा दिएमा कसैलाई अनुत्तिर्ण हुनुपर्दैन । बिकसित देशहरूमा बच्चाहरूको क्षमता बुझेर त्यहि अनुरूप “ गाईड “ गरिन्छ । त्यो बिषयलाई पटक पटक “रिपिट “ गराएर त्यहि “सेसन”मा “लेभल अप “ गराईन्छ ।
कक्षाको ब्यबस्थापन गर्दा उमेर समूहका आधारमा कक्षा तोकिनु पर्छ । त्यसले गर्दा एउटै उमेरका नानीबाबुहरू “ क्लासमेट “हुन्छन् । एउटै उमेरमा कक्षा र “लेभल “ पुरा हुने ब्यबस्था गरिनुले उनीहरूमा सिनीयर र जुनियरको महत्व थाहा हुन्छ ।
म जापानमा लामो समय बसेकोले यहाँको बिद्यालयको ब्यबस्थापनका बारेमा एउटा उदाहरण पेश गर्दछु । जस्तै जापानमा भएको बिद्यालयको “लेभल “ ब्यबस्थापनले यहाँका नानीबाबुहरूले स्कूल सकिंदा रोजगारको बाटो आफै भेट्छन । त्यहि अनुरूप उनीहरूले ब्यबसायिक कलेज या बिश्व बिद्यालय जान्छन् ।त्यसको अन्तिम बर्ष “जब हन्टिंग Job hunting “ बर्षका रूपमा आफ्नो जागीर या पेशा खोज्नमा लगाउछन् । त्यसैका आधारमा त्यहि क्षेत्रमा जागीर या पेशाको “एग्रीमेन्ट “ गरेर “लेभल “ उत्तिर्ण गर्छन् । यसरी सत प्रतिशत रोजगार बन्छन् ।
जापानमा ६ बर्ष देखि १२ बर्षसम्म प्राथमिक तह , १३ बर्ष देखि १५ बर्षसम्म निम्न माध्यमिक तह र १६ बर्ष देखि १८ बर्षमा माध्यमिक तह पुरा हुन्छ । उमेर संगै सबैको “लेभल” पुरा हुन्छ र सबैले भबिष्यको आफ्नो बाटो निश्चित गर्छन् र त्यहि अनुरूपमा कलेजमा जान्छन् ।यहि तरिका देशले अपनाउने हो भने धेरै बिद्यार्थीले देशमै निश्चित समय काम गर्ने थिए । जसले देशको बिकाश हुनमा कोशे ढुंगा साबित हुने थियो ।
बिद्यार्थीले गर्ने आन्दोलन, शिक्षकले गर्ने आन्दोलन र राजनीतिक पार्टीहरूले अपनाउने आफ्ना दीर्घकालिन कार्यक्रमहरू र राज्यले लिने शिक्षा नीतिमा यहि कुराको ब्यबस्था हुने हो भने कोहि पनि नारा जुलुस गरेर आफ्नो समय बरबाद गर्नुपर्ने थिएन । सबैको आआफ्नो निश्चित क्षेत्र हुने थियो ।
राजनीति गर्नेहरूले पनि पहिले आफुले निश्चित काम गरेर समाजमा प्रमाणित गरेर देखाउन सक्नुपर्छ । पदमा बस्नेले पदिय दायित्व बोध गरेर नैतिकताको राजनीति गर्ने गर्छन् , जापानका राजनीति कर्मीहरू ।नेपालमा पनि यस्तो हुने हो भने सबै ; सबै ठाउँमा जिम्मेवार भएर देश निर्माणमा लाग्ने थिए ।
देश बन्ने भनेको राजनीतिक दृष्टीकोणले हो ।त्यसका आधारमा तयार गर्ने कार्य योजना हो ।त्यसमा पनि शिक्षा नीति प्रमुख हो । त्यहि शिक्षा नीतिले देशका सबै क्षेत्रलाई दिशा निर्देशको पाठ्यक्रम तयार गर्दछ । त्यहि अनुरूप देशमा सियो देखि रकेट सम्म ,कृषि देखि औषधी सम्म , गोरेटो देखि राजमार्ग सम्म , शिक्षक देखि डाक्टर सम्म, बैज्ञानिक ,ईन्जिनियर , ड्राईभर , पाईलट , सेना ,पुलिस सबै शिक्षाले उत्पादन गर्दछ ।एग्रीकल्चर , हर्टीकल्चर , फ्लोरी कल्चर सबै शिक्षाले उत्पादन गर्दछ ।
अन्तमा , देशले यति प्रतिशत पास र फेलमा होईन कि सबै नानी बाबुहरूलाई पास गराउने शिक्षा नीति लिनुपर्छ । सबैलाई रोजगार बन्ने बाटो दिनुपर्छ र देशमा रोजगारी श्रृजना गर्न तयारी बस्तु आयात गर्ने होइन , प्रबिधि आयात गरिनु पर्छ ।त्यसका आधारमा मात्रै देशको उत्पादन गुणस्तरिय हुन जान्छ र अन्तराष्ट्रिय बजारमा खपत हुन्छ । कसैले देश छोडेर रोजगारीका लागि गन्तब्य मुलुक चाहार्नु पर्दैन ।
अन्तमा एसईई दिएका सबै नानी बाबुहरूलाई बधाई तथा उज्वल भबिष्यको शुभकामना । हिम्मत हारेर होईन संसारको प्रगती हेरेर भबिष्य निर्माण गर्ने दिशामा अग्रसर हुनु ।।



