तस्विर समाचार

ओसाकामा हुने नेपाल महोत्सव २०२५ मा ‘दुश्मन हेरेको हेरै’ देखि ‘भरिया दाइले बिसाउने भारी’ सम्मका प्रस्तुतिले धूम मच्चाउने

गल्कोट समाज जापान कान्साईले जुन १४ र १५ तारिख ओसाकामा गर्न लागेको नेपाल महोत्सवमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ ।नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी गर्न लागिएको नेपाल महोत्सवमा पछिल्लोका बहुचर्चित कलाकार दुर्गेश थापासहित लोक संगीतका सदाबहार गायक तथा सर्जक विष्णु खत्री, लोकप्रिय लोक गायक रामचन्द्र चन्द, लोकगायक विक्रम परियार, गायिका तथा सञ्चारकर्मी अनिता चलाउने लगायतको भव्य प्रस्तुति रहने महोत्सवका कार्यक्रम संयोजक सुमित खत्रीले जानकारी दिए।युवा माझ सर्वाधिक… पुरा पढौ

“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को तयारी तिव्र

ओसाका, जापान । जापानको ओसाकामा आयोजना हुन लागेको “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को तयारी तिब्र रूपमा अघि बढाएको छ । हालसम्म भएको कार्यक्रमको प्रगति बारेमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराईएको हो । गैर आवासीय नेपाली संघ एनआरएनए, कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा बृहत रुपमा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुन लागेको हो ।नेपालको परम्परा, कला संस्कृति र पर्यटनलाई जापानमा प्रवर्दन गर्दै, दुई देशबिचको मित्रता र सम्बन्धलाई अझ… पुरा पढौ

वैधानिक च्यानल र सुरक्षित माध्यमबाट रेमिट्यान्स नेपाल पठाएर राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्‍याउन रेमिट्यान्स ब्यवसायीहरुको अपिल

टोकियो – विदेशमा दुखजिलो गरी कमाएको पैसा वैधानिक च्यानल र सुरक्षित माध्यमबाट नेपाल पठाएर राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्‍याउन रेमिट्यान्स ब्यवसायीहरुले अपिल गरेका छन् । बिहीबार साँझ टोकियोमा आयोजित एक अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा जापानका रेमिट्यान्स ब्यवसायीहरुले वैधानिक च्यानलबाट नेपाल पैसा पठाउँदा हुने फाईदा र अवैधानिक च्यानल प्रयोग गरेर पैसा पठाउँदा हुने उच्च जोखिम र राष्ट्रलाई हुने घाटाका बारेमा प्रकाश पार्दै वैधानिक च्यानलबाटै पैसा पठाएर राष्ट्रप्रति इमान्दार बनेर योगदान पुर्‍याउन उनीहरुले आग्रह गरेका हुन् । नेपाल रेमिटर्स एसोसियशनका अध्यक्ष रितेश मित्तलसंगको अन्तरक्रियात्मक… पुरा पढौ

३० देशहरूमध्ये जीवन सन्तुष्टिको गुणस्तरमा जापान सबैभन्दा कम स्थानमा

टोकियो -३० देशहरूमध्ये जापानीहरू "जीवनको गुणस्तर" को लागि सबैभन्दा कम सन्तुष्टि रहेको र ६० प्रतिशत मात्र खुसी रहेको विश्वव्यापी सर्वेक्षणले देखाएको छ। फ्रान्समा मुख्यालय रहेको विश्वव्यापी मतदान कम्पनी इप्सोसले डिसेम्बर २०२४ देखि जनवरी २०२५ सम्ममा खुशीको बारेमा अनलाइन सर्वेक्षण सञ्चालन गरेको थियो, जसमा युरोप, उत्तरी अमेरिका र एसिया लगायत अन्य क्षेत्रका ३० देशका २३,७६५ जनालाई लक्षित गरिएको थियो।यस सर्वेक्षणमा जापानका लगभग २,००० जनाले भाग लिएका थिए। "धेरै खुसी," " खुसी," "धेरै खुसी छैन" र "एकदमै खुसी छैन" - चार प्रतिक्रिया… पुरा पढौ

एभरेष्ट इन्टरनेशनल स्कुलको नयाँ नेतृत्वमा किरणबिक्रम थापा

टोकियो - एभरेष्ट इन्टरनेशनल स्कुल जापानको आईतबार सम्पन्न सातौ अधिवेशनले किरणविक्रम थापाको अध्यक्षतामा नयाँ सञ्चालक समितिको गठन गरेको छ ।सञ्चालक समितिको उपाध्यक्षमा ओम गुरुङ चयन हुनुभएको छ भने सदस्यहरुमा कमलचन्द्र आचार्य, कपिलदेव थापा, सगुन थापा, दिलबहादुर थापा (रामु) र अर्जुन खरेल चयन हुनुभएको छ । थप दुई जना सदस्य नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेगरी अधिवेशनले म्यान्डेट दिएको बताईएको छ । यसैगरी सञ्चालक समितिको ७ सदस्यीय सल्लाहकार समितिमा महेशकुमार श्रेष्ठ, भूषण घिमिरे, तिलक मल्ल, नरबहादुर थापा, पारसमणि पोखरेल, टंक गैरे… पुरा पढौ

बिहुँकोट समाज जापानले बाल प्रतिभा प्रस्तुति कार्यक्रम (Child Talent Show)गर्दै

जापानमा सक्रिय बिहुँकोट समाज जापानले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै कान्तो क्षेत्रीय समितिको गठन तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम (Child Talent Show) समेत गर्ने तयारी गरेको छ। यो कार्यक्रम यही अप्रिल १४ तारिख टोकियोको कामतामा आयोजना गरिनेछ। समाजले प्रवासी नेपाली बालबालिकाको सिर्जनात्मकता, कलात्मकता र प्रतिभालाई जापानस्थित नेपाली समुदायमा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बताएको छ। नृत्य तर्फ नेपाली सांस्कृतिक नृत्यहरू, गायनतर्फ नेपाली भाषामा गीतहरू, कविता… पुरा पढौ

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कूल औपचारीक रुपमा उदघाटन, विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने नागरिक उत्पादन गर्न प्रतिबद्धता

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारीक उदघाटन भएको छ । मार्च ३१ तारीक टोकियोको ओजीमा एक समारोहका साथ भव्य उदघाटन भएको हो ।जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदी, जापानका पूर्व मन्त्री तथा प्रतिनिधी सभाका सदस्य हिरोशी हिरागुची, बिश्वविद्यालयका प्रोफेसर, एनआरएनए, पत्रकार महांसघका अध्यक्ष लगायतले रिवन काटेर उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदीले बिद्यालय परिवारलाई नेपाली राजदुताबास र नेपाल सरकारको तर्फबाट बधाई तथा सफलताको… पुरा पढौ

कास्की पोखरा समाज जापानद्वारा ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्धन कार्यक्रम’ सम्पन्न

टोकियो, जापान – कास्की पोखरा समाज जापानले जापानको राजधानी टोकियोस्थित उएनो पार्कमा ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्धन तथा प्रचारात्मक कार्यक्रम’ आयोजना गरेको छ। सस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज तिवारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य प्रमुख अतिथिको रूपमा अनलाइनमार्फत सहभागी भएका थिए। विशेष अतिथिका रूपमा थकाली समाज जापानका अध्यक्ष बुद्धि गौचन रहनुभएको थियो भने, अन्य अतिथिहरूमा कास्की पोखरा समाज जापानका पूर्वअध्यक्षहरू, संरक्षकहरू, सल्लाहकारहरू तथा छिमेकी जिल्ला स्याङ्जाका ‘स्याङ्जा सहयोग समाज’ आईसीसीका अध्यक्ष विरेन्द्र जंग क्षत्री… पुरा पढौ

NYSC जापानको दोस्रो NYSC कप सम्पन्न विजेता बन्यो घुम्टे युवा परिवार जापान

NYSC जापानद्वारा आयोजित दोस्रो NYSC कप जापान २०२५ 3A SIDE MATCH पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन गलकोट घुम्टे युवा परिवार जापान बनेको छ।सिन्जुकु स्पोर्ट्स सेण्टरमा बुधवार सम्पन्न भएको प्रतियोगितामा सहभागि जनाएका १५ टिमलाई पछि पार्दै फाईनल पुगेको ठकुरी समाज जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परिवार जापान च्याम्पियन बन्न सफल भएको हो। भेटघाट रेस्टोरेन्ट सिनओकुबोका CEO तथा मोना ICC का अध्यक्ष ददिवल खड्काको मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेता बन्न सफल भएको घुम्टे युवा परिवार जापानले नगद १,५०,००० येन,… पुरा पढौ

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।  पुरा पढौ