तस्विर समाचार

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।अनलाइन खबरबाट पुरा पढौ

प्रथम मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम हुदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापान क्षेत्रीय समिति नागोयाले प्रथम मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम गर्ने भएको छ।जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक सागर थापा बगालेले जानकारी दिए।स्माइल मोबाइल रेमिटान्स मुख्य प्रायोजक रहेको उक्त स्पिच कन्टेस्ट अर्थात् वक्तित्वकला प्रतियोगितामा सहभागी हुनका लागि खुल्ला छनोट प्रक्रिया पुरा गरि शीर्ष ५ मा परेका प्रतियोगीहरुलाई एक औपचारिक कार्यक्रममार्फत प्रतिश्पर्धा गराई पुरस्कार प्रदान गरिने संयोजक थापाले बताए ।नागोयाको ओका काइकान… पुरा पढौ

जापानबाटै नेपालको एसईई परीक्षामा सहभागी हुने यी विद्यार्थी, उत्तरपुस्तिका जाँच्ने प्रक्रिया यस्तो छ

बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा 'एसईई'मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिँदै छन्। नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए। टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टर्न्याश्नल स्कुलमा विसं २०७७… पुरा पढौ

बढ्दो नेपाली जनसंख्याले जापानमा रहेका शीर्ष ५ विदेशी नागरिकहरूलाई उछिन्दै

जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको शीर्ष पाँच देशहरू विगत एक दशकदेखि अपरिवर्तित छन्, तर नेपालले ब्राजिललाई उछिन्दै अगाडि बढ्ने क्रममा छिट्टै परिवर्तन हुने सम्भावना छ। जुन २०२४ सम्ममा दक्षिण एसियाली देशका बासिन्दाहरूको संख्या बढेर २०६,८९८ पुगेको छ। अध्यागमन सेवा एजेन्सीको तथ्याङ्क अनुसार २०२२ देखि जापानमा नेपाली जनसंख्या वार्षिक ३०,००० देखि ५०,००० सम्म बढिरहेको छ। यसैबीच ब्राजिलियन नागरिकहरूको संख्या प्रति वर्ष लगभग २,००० देखि ५,००० सम्म बढिरहेको छ, जुन २०२४ मा यो संख्या २,१२,३२५ रहेको छ। यस दरमा, २०२४ को दोस्रो… पुरा पढौ

जापानले गलत कागजात पेस गर्ने ६ नेपालीलाई गर्‍यो निष्कासन

जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात पेस गरेका आरोपमा उनीहरूलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई सोधपुछ गरी आवश्यक डकुमेन्ट बन्दोबस्ती गरेर नेपाल फर्काइएको स्रोतले बताएको छ। कस्तो… पुरा पढौ

जापानमा दशौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ हुदै

टोकियो/ गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा दशौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १६ तारिक बुधवारका दिन आयोजना गर्न लागेको महासचिव दिनेश थापाले जानकारी दिए ।नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर प्रतियोगिता संचालन गर्न लागेको महासचिव थापाको… पुरा पढौ

जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन- माओवादी अध्यक्ष प्रचण्ड

नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गर्दै सो कुरा व्यक्त गरेका हुन् ।जापानमा रहेको मञ्चले विश्व भर रहेका मञ्चहरूलाई थप सक्रिय गराउन र पार्टीले गरेका हरेक… पुरा पढौ

स्टेशनको शौचालयमा लुकेर महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा टोकियोका कर निरीक्षक पक्राउ

टोकियो - टोकियो सबवे स्टेशनको महिला शौचालयमा लुकेर आफूले नचिनेकी एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक ३५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । सहमति बिना अश्लील कार्य गरेको आशंकामा प्रहरीले राजधानीको एदोगावा वार्डमा बस्ने टोकियो क्षेत्रीय कर ब्यूरोको निरीक्षण विभागका राष्ट्रिय कर निरीक्षक शुन्सुके आबेलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग (एमपीडी) को चुओ प्रहरीले बिहिबार जनाएको हो । आबेमाथि गत डिसेम्बर १४ मा राति ८:३० बजे टोकियो मेट्रो कम्पनीको चुओ वार्डमा रहेको निहोम्बाशी स्टेशनमा रहेको महिला शौचालयको स्टल भित्र… पुरा पढौ

पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ: प्रा. सूर्य सुवेदी

लन्डन -- बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन् । आफ्नो सम्मानमा बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, " शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरूमा मानिसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिएको उल्लेख छ । प्राचीन समयमा पूर्वीय सभ्यता पाश्चात्य सभ्यता भन्दा निकै अगाडी रहेको थियो र पूर्वीय दर्शनका केही मूल्य र मान्यताहरूले पाश्चात्य… पुरा पढौ

१०८ वर्षीया जापानी महिलालाई विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा मान्यता

शित्सुई हाकोइशीले विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा मान्यता दिँदै गिनिज वर्ल्ड रेकर्डबाट प्रमाणपत्र प्राप्त गरेकी छिन्।पूर्वी जापानको तोचिगी प्रिफेक्चरकी १०८ वर्षीय हाकोइशीलाई बुधबार गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा आधिकारिक रूपमा मान्यता दिएको हो।विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रुपमा उपाधि प्राप्त गरेको अवसरमा छिमेकी र नियमित ग्राहकहरूले खुशीयाली मनाएका थिए।"मेरो जीवन सानैदेखि कठिनाइहरूले भरिएको छ, तर म साँच्चै खुसी छु," उनले भनिन्।१४ वर्षको उमेरमा टोकियोको नाई पसलमा सिप सिक्न सुरु गरेकी हाकोइशीले १९३६ मा नाईको लाइसेन्स… पुरा पढौ