
टोकियो – टोकियो सबवे स्टेशनको महिला शौचालयमा लुकेर आफूले नचिनेकी एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक ३५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।
सहमति बिना अश्लील कार्य गरेको आशंकामा प्रहरीले राजधानीको एदोगावा वार्डमा बस्ने टोकियो क्षेत्रीय कर ब्यूरोको निरीक्षण विभागका राष्ट्रिय कर निरीक्षक शुन्सुके आबेलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग (एमपीडी) को चुओ प्रहरीले बिहिबार जनाएको हो ।
आबेमाथि गत डिसेम्बर १४ मा राति ८:३० बजे टोकियो मेट्रो कम्पनीको चुओ वार्डमा रहेको निहोम्बाशी स्टेशनमा रहेको महिला शौचालयको स्टल भित्र २० वर्षकी महिलाको तल्लो शरीर छुने लगायत अभद्र कार्य गरेको आरोप छ। उनले आरोपहरू अस्वीकार गर्दै “मलाई यसको कुनै सम्झना छैन।” भनेको प्रहरीलाई बताएको छ ।
एमपीडीका अनुसार, संदिग्ध व्यक्ति त्यस दिन राति ८ बजेतिर शौचालयमा प्रवेश गरेको र लगभग ३० मिनेटसम्म त्यहाँ लुकेको विश्वास गरिएको छ। पीडित शौचालय प्रयोग गर्न लाग्दा आबे जबरजस्ती स्टलमा पसे। महिलाले प्रतिरोध गरेपछि उनी घटनास्थलबाट भागेको प्रहरीले उल्लेख गरेको छ , तर सुरक्षा क्यामेरा फुटेजको विश्लेषण सहितको अनुसन्धानबाट उनको संलग्नता बाहिर आएको हो ।
कर ब्यूरोले प्रतिक्रिया दिदै भन्यो “यदि कुनै कर्मचारी यस्तो अपराधमा संलग्न भएको भए, यसले हाम्रो सार्वजनिक कर्तव्यहरूमाथिको विश्वासलाई गम्भीर रूपमा क्षति पुर्याउनेछ, र हामी यसलाई अत्यन्तै खेदजनक ठान्दछौं। हामी तथ्यहरू पत्ता लगाउनेछौं र कडाइका साथ जवाफ दिनेछौं।”