
शित्सुई हाकोइशीले विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा मान्यता दिँदै गिनिज वर्ल्ड रेकर्डबाट प्रमाणपत्र प्राप्त गरेकी छिन्।
पूर्वी जापानको तोचिगी प्रिफेक्चरकी १०८ वर्षीय हाकोइशीलाई बुधबार गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा आधिकारिक रूपमा मान्यता दिएको हो।
विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रुपमा उपाधि प्राप्त गरेको अवसरमा छिमेकी र नियमित ग्राहकहरूले खुशीयाली मनाएका थिए।
“मेरो जीवन सानैदेखि कठिनाइहरूले भरिएको छ, तर म साँच्चै खुसी छु,” उनले भनिन्।
१४ वर्षको उमेरमा टोकियोको नाई पसलमा सिप सिक्न सुरु गरेकी हाकोइशीले १९३६ मा नाईको लाइसेन्स प्राप्त गरेकी थिईन।
उनले आफ्नो श्रीमान, (जो एक सहकर्मी नाई थिए) सँग मिलेर एउटा पसल खोलिन् । गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार हवाई आक्रमणमा आफ्नो गृहनगर ध्वस्त भएपछि उनी आफ्नो गृहनगर सरिन्। युद्धमा उनका श्रीमानको मृत्यु भएपछि, उनले आफ्ना दुई साना छोराछोरी हुर्काउँदै आफ्नो घरमा एउटा सानो पसल स्थापना गरेर आफ्नो जीवन निर्वाह गर्दै आएकी थिइन्।
मार्च २०२१ मा उनले टोकियो ओलम्पिक टर्च रिलेमा टर्चबियररको रूपमा भाग लिइन्। घुँडाको दुखाइको कारण उनी अब पहिले जस्तो धेरै ग्राहकहरू लिन सक्दिनन्, तर बुकिङ प्राप्त गर्दा भने उनले आफ्नो कपाल काट्ने सीप प्रदर्शन गर्छिन्।
“केही मानिसहरू मलाई हेर्न टाढाबाट यात्रा गर्छन्, त्यसैले म सकेसम्म लामो समयसम्म यात्रा गरिरहन चाहन्छु,” हाकोइशीले भने।