NYSC जापानको दोस्रो NYSC कप सम्पन्न विजेता बन्यो घुम्टे युवा परिवार जापान

-


     दिनेश थापा    
     चैत्र १४ गते २०८१


NYSC जापानद्वारा आयोजित दोस्रो NYSC कप जापान २०२५ 3A SIDE MATCH पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन गलकोट घुम्टे युवा परिवार जापान बनेको छ।
सिन्जुकु स्पोर्ट्स सेण्टरमा बुधवार सम्पन्न भएको प्रतियोगितामा सहभागि जनाएका १५ टिमलाई पछि पार्दै फाईनल पुगेको ठकुरी समाज जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परिवार जापान च्याम्पियन बन्न सफल भएको हो।

भेटघाट रेस्टोरेन्ट सिनओकुबोका CEO तथा मोना ICC का अध्यक्ष ददिवल खड्काको मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेता बन्न सफल भएको घुम्टे युवा परिवार जापानले नगद १,५०,००० येन, कप, मेडल र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको ठकुरी समाज जापानले १,००,००० येन नगद, कप, मेडल र प्रमाण पत्र गर्दै गर्दा तृतीय बनेको NYSC जापानले ५०,००० येन नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको कार्यक्रम संयोजक केशव सुवेदीले जानकारी दिए।

“खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो” भन्ने मान्यताका साथ स्थापना भएको क्लबले युवाहरूमा अनुशासन कायम राख्दै खेलकुदको माध्यमबाट आपसी सद्भाव , सुमधुर समाजिक सम्बन्ध निर्माण गरी नेपाल को रास्ट्रीय खेल भलिबल को संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य रहेकोले प्रवासमा रहेका खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने मुख्य उद्देश्यलाई आत्मसाथ गर्दा प्रतियोगिताको आयोजना गरेको अध्यक्ष बसन्त थापाले बताए। जन्मभुमि र कर्मभूमिमा रहेर सामाजिक र खेलकुद क्षेत्रमा विशेष योगदान पुराउनको साथै NYSC जापानलाई यस उचाईसम्म ल्याई पुराउन समर्पित गर्नु भएको अमुल्य योगदान उच्च कदर गर्दै विशेष सम्मान कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष रोबिन शेरचन, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानका अध्यक्ष नविन निउरे, पर्वत समाज जापानका अध्यक्ष शुभाष लामिछाने, गल्कोट स्पोर्ट्स क्लव टोकियोका महासचिव दिनेश थापालाई खादा लगाएर सम्मान पत्रद्वारा सम्मान गरिएको अध्यक्ष बसन्त थापाले बताए।

प्रतियोगितामा पश्चिमाञ्चल नेपाल भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङ , नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङ, बागलुङ समाज जापानका गुरुप्रसाद सापकोटा, पर्वत समाज जापानका महासचिव राम बास्तोला, गल्कोट स्पोर्ट्स क्लव टोकियोका अध्यक्ष दुर्गा बहादुर खत्री, गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेत, NRNA JAPAN का अध्यक्ष नविन निउरे र प्रमुख अतिथि NRNA ICC का उपाध्यक्ष रोविन शेरचनले शुभकामना मन्तव्य राखेका थिए।

प्रतियोगितामा फाईनल खेलको उद्घघाटन प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष रोविन शेरचन ज्यू र विशिष्ठ अतिथि ज्यूहरुबाट संयुक्त रुपमा भलिबल रेफ्रीलाई हस्तान्तरण गरेर खेल संचालन गरिएको थियो। फाईनल खेलमा खेलाडी परिचय सगै प्रमुख अतिथि लगायत विशिष्ठ अतिथिबाट शुभकामना समेत प्रदान गरिएको थियो।
प्रतियोगिताको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष बसन्त थापाको अध्यक्षता गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष रोविन शेरचन को प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रम दिनेश थापा र भिक्टर ठाडा मगरले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?