सांसद खिमविक्रमको प्रश्न : प्रदेशसभा विघटन गर्ने हो ?

-


     जनहित न्युज    
     जेठ १९ गते २०७८


गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले प्रदेशसभा पनि विघटन हुनसक्ने संकेत गर्नुभएको छ ।
बुधबारको संसद् बैठकमा बोल्दै उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएको भन्दै त्यस्तो आशंका व्यक्त गर्नुभएको हो ।केन्द्र सरकारले बजेट भाषणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेजको घोषणा गरेको थियो । प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकतामा पनि त्यस्तै खालको कार्यक्रम समावेश गरिएको छैन ।

‘केन्द्रको भाषणमा जसरी निर्वाचन क्षेत्र प्रदेशमा पनि त्यो कार्यक्रम देखिएन । कि यहाँ पनि संसद विघटन गर्ने सोचमा छ सरकार रु त्यसो नहुन पर्ने हो रु’ शाहीले बैठकमा भन्नुभयो ।सरकार जोगाउन लागेको आरोप खेप्दै आएका सांसद शाहीले सरकारलाई समयमै विश्वासको मत लिन आग्रह गर्नुभयो । ‘यो प्रदेशमा सरकारको वैधानिकता उठिरहेकोबेला, सरकार पक्षले पनि विश्वासको मत लिन्छौँ भनेको बेला समयमै विश्वासको मत लिने प्रक्रियामा जान उहाँले आग्रह गर्नुभयो ।
केन्द्रीय बजेटमा आफ्नो गृहजिल्ला बागलुङका मेगाप्रोजेक्ट समावेश नभएको भन्दै सांसद शाहीले असन्तुष्टि समेत जनाउनुभयो । ‘हामी यतिबेला सरकार भत्काउने बनाउनेभन्दा पनि जनतालाई बचाउने तिर लाग्दा राम्रो हुन्छ । जनता मरे हामीले कहाँ के गर्ने रु’ सांसद शाहीले पुन प्रतिप्रश्न गर्नुभयो ।

२९ वैशाखमा ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले अबको १० दिनभित्र विश्वासको मत लिनुपर्छ । हालको अवस्थामा उहाँसँग स्पष्ट बहुमत नरहेको र विश्वासको मत लिन नसके प्रदेश प्रमुखले एकल सदस्यलाई सरकार बनाउन आह्वान गर्नुहुनेछ ।

कोही सदस्यले बहुमत पुर्‍याउन नसके प्रदेश प्रमुखले ६ महिनाभित्र चुनाव हुने गरी मिति घोषणा गर्न सक्ने व्यवस्था संविधानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?