जापानी प्रधानमन्त्री इशिबाले राजीनामा दिने निर्णय गरेका छन्

-


     जनहित न्युज    
     भाद्र २२ गते २०८२


जापानका प्रधानमन्त्री इशिबा शिगेरुले पद त्याग्ने निर्णय गरेको जापानी सञ्चार माध्यम एनएचकेले जानकारी पाएको उल्लेख गरेको छ।
जुलाईमा भएको माथिल्लो सदनको चुनावमा पराजय भएपछि उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी भित्र प्रधानमन्त्री इशिबाको आलोचना तिव्र भएको थियो।
इशिबाले गत अक्टोबरमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरे पश्चात मुद्रास्फीतिलाई सम्बोधन गर्ने र पार्टीलाई सुधार गर्ने वाचा गरेका थिए । एलडीपी राजनीतिक कोष सङ्कलनको श्रृंखलामा समेत संलग्न रहेको छ।
उनले सत्ता सम्हालेको केही समयपछि एलडीपी र यसको गठबन्धन साझेदार कोमेइतोले तल्लो सदनको चुनावमा आफ्नो बहुमत गुमाएका थिए । जुलाईमा भएको माथिल्लो सदनको चुनावमा सत्तारुढ गठबन्धन पनि बहुमत ल्याउनबाट चुकेको थियो।
इशिबाले चुनावी नतिजाको जिम्मेवारी लिनुपर्ने बढ्दो आह्वानका बीचमा एलडीपीले सोमबार विशेष नेतृत्व प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?