तस्विर समाचार

मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।  नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए । “मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,”शर्माले भने,“मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ,यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ… पुरा पढौ

रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक

काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेकोनकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा… पुरा पढौ

एनआरएनएको अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठ टिम बलियो बनाउँदै, उपाध्यक्ष र महासचिवका उम्मेदवार सहित चुनावी अभियानमा

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्याशीहरू सक्रिय भएका छन् । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटेलमा भव्य समारोहका बिच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको… पुरा पढौ

खोलाले बगाउँदा जीप सहित जीपमा सवार तीन जना यात्रु बेपत्ता

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढीले जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझ बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रु वाहक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए । खोलामा आएको बाढीले बगाउँदा जीप सहित तीन जना यात्रु बेपत्ता भएको श्याम बोहोराले पनि बताए । भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी… पुरा पढौ

बाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम सार्की

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन् । चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ । वीरभानले खुसी व्यक्ति गर्दै… पुरा पढौ

गीतबाट फिल्ममा हाम्फालेका प्रकाश सपुतको परीक्षाः फिल्म ‘परदेशी २’

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।  फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनले जानकारी दिए ।  फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गरायाे । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि… पुरा पढौ

अभिनेता अनमोल केसी हिरासतमा, आपराधिक विश्वासघातविरुद्धको मुद्दा

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । अनमोलविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।  उनले भने–‘आपराधिक विश्वासघात गरेर ठगेको कसुरमा उनीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका हौँ ।’ चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानका क्षेत्रीय समितिका अधिवेशन धमाधम हुँदै, अक्टोबरको पहिलो सातामै ३ वटा क्षेत्रीय समितिको अधिवेशन तय

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को महाअधिवेशन नजिकिएसंगै क्षेत्रीय समितिका अधिवेशनहरूका मितिहरू तय भएका छन ।संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगतकै कार्यक्रम अनुसार ७ वटा क्षेत्रीय समिति रहेको मञ्चका गुन्मा तोचिगी, कान्तो, फुकुओका क्युस्यु, च्युबु मिए क्षेत्रीय समितिले आफ्नो अधिवेशनको मिति तय गरि आवश्यक सम्पूर्ण तयारी भैसकेको बताएका छन । गुन्मा क्षेत्रीय समितिको तेस्रो अधिवेशन अक्टोबर १ तारिख आइतबार हुने तय भएको संयोजक राकेश बिमलीले जानकारी दिए ।संयोजक बिमलीका अनुसार अधिवेशनमा जापान भ्रमणमा रहेका बागमती प्रदेश सभा सदस्य तथा… पुरा पढौ

दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकियो

काठमाडौं। दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकिएको छ। यात्रुले अग्रिम बुकिङ गरेकाले सस्तो टिकट सकिएको हो। कात्तिक पहिलो साताका लागि टिकटमा कम मूल्यको भाडादर नै उपलब्ध नरहेको व्यवसायीले जनाएका छन्। आन्तरिक उडान सेवा दिँदै आएका बुद्ध, यती, श्री, सौर्य लगायत विभिन्न वायुसेवा कम्पनीले दसैंका लागि धमाधम टिकटको अग्रिम बुकिङ सुरु भएको जनाएका छन्।  एटीआर-७२ सिरिजका १६ वटा जहाजमार्फत बुद्धले दैनिक ७६ वटा उडान गर्दै आएको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैंका लागि सस्तो टिकट सहजै पाउने अवस्था… पुरा पढौ

बागलुङ समाज जापान तेस्रो रनिङ कप आयोजना गर्दै

बागलुङ समाज जापानले तेश्रो पुरुष रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी नोभेम्बर १ तारिख बुधवारका दिनमा समाजले आफ्नो तेस्रो रनिङ कप पुरुष भलिवल प्रतियोगिता गर्ने भएको हो । टोकियो नजिकै रहेको साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा गर्न लागिएको तेस्रो रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको समाजका अध्यक्ष यमकान्त कँडेलले जानकारी दिए । सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको समाजले नेपालको राष्ट्रिय खेल भलिवलको प्रवासमा पनि प्रवर्द्धन र संरक्षण गर्दै जापानमा रहेका खेलाडीहरुलाई क्रियाशिल… पुरा पढौ