
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।
भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा अनिश्चतकालका लागि कर्फ्यू जारी गरिएको हो।
जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।




