जापानद्वारा शिन्कानसेन (बुलेट ट्रेन) को लिजिङ शुल्क बढाउने तयारी

-


     जनहित न्युज    
     माघ १२ गते २०८२


जापानको यातायात मन्त्रालयले नयाँ बुलेट ट्रेन निर्माण तथा पुराना पूर्वाधार मर्मतका लागि खर्च जुटाउन शिन्कानसेन सुविधा प्रयोग गरेबापत लिइने लिजिङ शुल्क बढाउने तयारी गरिरहेको छ।

जापानको भू-अधिकार, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले जापान रेलवे (JR) समूहका कम्पनीहरूले रेल सुविधाहरू प्रयोग गरेबापत सरकारलाई बुझाउनुपर्ने भाडा (लिजिङ शुल्क) वृद्धि गर्ने योजना बनाएको हो।

यस वृद्धिबाट संकलित थप राजस्वलाई मुख्यतया बुलेट ट्रेन विकास योजना अन्तर्गतका नयाँ निर्माण आयोजनाहरू सम्पन्न गर्न र दोस्रो, पुराना भइसकेका रेल पूर्वाधारहरूको वृहत मर्मत-सम्भार गर्नका लागि प्रयोग गरिनेछ ।

जापानका धेरै शिन्कानसेन संरचनाहरू दशकौँ पुराना भइसकेका छन्, जसलाई सुरक्षित राख्न ठूलो लगानीको आवश्यकता छ। साथै, नयाँ रुटहरूको विस्तारका लागि पनि थप बजेट आवश्यक देखिएकाले मन्त्रालयले शुल्क परिमार्जनको बाटो रोजेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?