जापानमा सोमबारदेखि क्वारेन्वटीन अवधि तीन दिनमा सिमित गरिने

-


     जनहित न्युज    
     कार्तिक २१ गते २०७८


विश्वव्यापी रूपमा कोरोना संक्रमणको दर घट्दै गएको, व्यापारिक समुदायको अनुरोध र जापानमा पनि न्यून मात्रामा संक्रमणको दर रहेकोले कोभिड-१९ विरूद्दको खोप लगाएकाहरूलाई सोमबारदेखि लागु हुने गरि क्वारेन्टाइन अवधि घटाई तीन दिनसम्म कायम गर्ने भएको छ।

सहज क्वारेन्टाइन नियमहरू अन्तर्गत जापानले आधिकारिक रूपमा स्विकार गरिएको र प्रभावकारी मानिएको कोभिड-१९ विरुद्धको खोप लगाएका छोटो अवधिका व्यावसायी आगन्तुकहरूलाई लागू हुने गरि क्वारेन्टाइन अवधि घटाईन लागेको सरकारी अधिकारीहरूले बताएका छन ।

हाल त्यस्ता आगन्तुकहरूले जापान प्रवेश गर्दा १०दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम रहेको छ भने अन्य साधारणहरूको लागि १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने बनाईएको छ ।

सरकारले विद्यार्थी र प्राविधिक इन्टर्न प्रशिक्षार्थीहरू सहित लामो समय बस्नेहरूको प्रवेश पनि पुन: सुचारु गरिने र उनीहरूको लागि क्वारेन्टाइन अवधि सैद्धान्तिक रूपमा १४ दिनको हुनेछ।

जापान बोलाउने योजनामा ​​रहेका विद्यालय र फर्महरूले आगमन अनुमति प्राप्त आगन्तुकहरूको योजनाबद्ध गतिविधिहरू र उनीहरूलाई कसरी अनुगमन गरिनेछ भनेर अग्रिम सूचना गरिनुपर्ने छ ।

विस्फोटक भाइरस पुनरुत्थान र अत्यधिक संक्रामक भेरियन्टहरूको फैलावट पछि जापान सरकारले गत जनवरीदेखि व्यवसायीहरू लगायत विदेशीहरूको प्रवेशलाई प्रतिबन्धित गरेपनि मानवीय संवेदनशीलताका आधारमा “विशेष परिस्थितिहरू” अन्तर्गत व्यक्तिहरूलाई भने तोकिएका मापदण्ड पुरा गरि आगमनलाई स्वीकार गर्दै आएको थियो ।

जापानमा नयाँ कोरोनाभाइरसबाट संक्रमितहरूको संख्यामा तीव्र गिरावट आएपछि र आर्थिक गतिविधिहरू फेरि सुचारु भएकोलेको पछिल्लो कदमको रूपमा क्वारेन्टाइन अवधि घटाईनुलाई लिइएको छ।

उपमुख्य मन्त्रिपरिषद् सचिव सेजी किहाराले पर्यटक समूहको गतिविधिलाई कसरी नियन्त्रण र अनुगमन गर्न सकिन्छ भनेर यसै वर्षभित्र समीक्षा गरी जापानले स्वीकृतिका लागि पनि विचार गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?