जापानमा १८ वर्ष भन्दा कम उमेर समूहकालाई ५० हजार आर्थिक प्रोत्साहन दिन सत्तारूढ़ दलहरू सहमति नजिक

-


     जनहित न्युज    
     कार्तिक २३ गते २०७८


@‰ï’k‚É—Õ‚ÞŽ©–¯“}‚̖Ζ؊²Ž–’·i‰œ‰Ej‚ÆŒö–¾“}‚̐Έ䊲Ž–’·i“¯¶j‚灁‚X“úŒßŒãA‘‰ï

जापानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धन साझेदार कोमेइतोले कोभिड-१९ महामारीको कारण घरपरिवारमा आर्थिक बोझ कम गर्न सरकारले प्रोत्साहन प्याकेजको रूपमा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई पहिलो किस्ता चाँडै नै ५० हज़ार नगद प्रदान हस्तान्तरण प्रस्ताव गर्न सहमत भएको सत्तारूढ दलका अधिकारीहरूले बताएका छन ।

गठबन्धन पार्टीका कार्यकारीहरूको बैठकमा आगामी वसन्त सम्ममा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई ५० हज़ार बराबर मूल्यको भौचर दिने कुरामा पनि सहमत भएको मंगलबार अधिकारीहरूले बताएका छन । तर प्रोत्साहन लाभ प्राप्त गर्न योग्य परिवारको लागि आम्दानीको सिमितता लागू गर्ने कि नगर्ने भन्नेमा उनीहरू सहमत हुन सकेका छैनन ।

एलडीपीले प्रोत्साहन लाभ प्राप्तकर्ता परिवारहरूको लागि ९.६ मिलियन वार्षिक आयको सिमितता गर्दा आर्थिक समस्यामा परेकाहरूलाई फाइदाहरू प्रदान गर्न सकियोस भन्ने प्रस्ताव गरेको छ भने कोमेइतोले १८ वर्ष वा कम उमेरका सबैलाई समान रूपमा प्रोत्साहन लाभहरू उपलब्ध गराउनु पर्ने प्रस्ताव गरेको छ।

सरकारले नोभेम्बर १९ मा प्रस्तुत गर्न लागेको प्रोत्साहन प्याकेजका लागि सुझाव संकलन गर्नुअघि सत्तारुढ दलहरूले आफ़नो छलफललाई जारी राख्ने बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?