तस्विर समाचार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको ‘नेपाल बन्द’बाट जनजीवनमा प्रभाव

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको ‘नेपाल बन्द’का कारण मंगलबार बिहानैदेखि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानको जनजीवनमा असर परेको छ।  काठमाडौंमा सार्वजनिक सवारी साधनहरू चलेका छैनन् भने शिक्षण संस्था पनि बन्द छन् । छिटफुट रूपमा मात्रै सडकमा सवारीका साधन चलेका देखिन्छन् । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु सार्वजनिक यातायात नचल्दा अपलत्र परेका हुन् । कलंकी, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोटका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री बाढ्यो

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोट क्षेत्रमा रहेका विद्यालयका १०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र पठनपाठनमा सहयोग पुर्याऊने उद्देश्यले समितिले गलकोट नगरपालिका र ताराखोला गाँउपालिका भित्रका प्रत्येक विद्यालयका १÷१ जना गरि १०० जना विद्यार्थीलाई औषतमा ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको गरिएको समितिका अध्यक्ष रमेशकुमार खत्रीले जानकारी गराए ।“गलकोट क्षेत्रका बालबालिकामा शिक्षाप्रति अभिरुचि जगाई राख्न र समृद्ध गलकोटको अवधारणालाई समेत केहि टेवा पुगोस भन्ने हेतुले समितिले… पुरा पढौ

प्रेस सेन्टर नेपाल गण्डकीको अध्यक्षमा काफ्ले

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा सर्वसम्मत ४१ सदस्यीय नयाँ समिति चुनेको छ । वरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्ष राम थापा, समावेसी उपाध्यक्ष कमला केसी, प्रमुख सचिव सन्तोष गौतम, कोषाध्यक्ष विश्वराज सुवेदी निर्वाचित भएका छन् । त्यसैगरी खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाई र सविन जिसी, जनजाति सचिवमा विनु थापा, महिला सचिव शुशीला क्षेत्री, खुला सचिव अर्जुन अविरल र दलित सचिवमा गुणराज रोका छन् । पाण्डे नेपालदुत डटकमका सञ्चालक एवं सम्पादक हुन् । खुला सदस्यतर्फ राजकुमार… पुरा पढौ

बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदै, ४० हजार गणक परिचालन हुने

काठमाडौं । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक… पुरा पढौ

के के हुन त एकै साथ खान नहुने खानेकुराहरु

मानव शरीर स्वस्थ राख्नका लागि स्वस्थकर खानेकुराको आवश्यकता पर्दछ । शरीरलाई स्वस्थ राख्नको लागि विभिन्न प्रकारका फलफूल,तरकारी,दुध,दही,माछा मासुको सेवन गर्नुपर्दछ । तर कुनै यस्तो खानेकुरा हुन्छ जुन खानेकुराहरु अन्य खानेकुरासँग मिलाएर खानु हानिकार हुन्छ । जुन कुरा हामी सबैलाई थाहा नहुन पनि सक्छ । जसले गर्दा हाम्रो स्वास्थ्यलाई अस्वस्थ बनाउछ । स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ ।  दुधमा- दही, नुन, मुला, कटहर, सलाद, शीतल चिनी, तित्री, खरबुजा, तरभूजा, बेल, नरिबल, कागती, जमुना, अनार,… पुरा पढौ

चाड पर्व अब अर्को वर्ष मात्र !! तर स्वास्थमा त विचार गर्नु पर्‍यो नि !

हाम्रो समाजमा पहिले धेरै मोटा मान्छे कमै हुन्थे । त्यसैले मोटोपनलाई सम्पन्नता र पुगिसरीको चिह्न मानिन्थ्यो । हिजोआज उमेर पुगेका मात्र होइन, स–साना केटाकेटी समेत धेरै मोटा देखिन्छन् । स्वास्थ्य सम्बन्धी बढ्दो चेतना र ज्ञानका कारण मोटोपनलाई अहिले पुगिसरीको चिह्न नभएर खराब स्वास्थ्यको संकेत मानिन्छ । मान्छे हृष्टपुष्ट हुनु र मोटो हुनुमा के फरक छ र कतिसम्म मोटोघाटो हुँदा हुन्छ भन्ने बारेमा धेरै अनुसन्धान भएका छन् । कति उँचाइ भएको वयस्क मान्छे कतिसम्म मोटो हुँदा हुन्छ भन्ने कुरा उसको सेन्टीमिटरमा… पुरा पढौ

जापानमा १८ वर्ष भन्दा कम उमेर समूहकालाई ५० हजार आर्थिक प्रोत्साहन दिन सत्तारूढ़ दलहरू सहमति नजिक

जापानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धन साझेदार कोमेइतोले कोभिड-१९ महामारीको कारण घरपरिवारमा आर्थिक बोझ कम गर्न सरकारले प्रोत्साहन प्याकेजको रूपमा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई पहिलो किस्ता चाँडै नै ५० हज़ार नगद प्रदान हस्तान्तरण प्रस्ताव गर्न सहमत भएको सत्तारूढ दलका अधिकारीहरूले बताएका छन । गठबन्धन पार्टीका कार्यकारीहरूको बैठकमा आगामी वसन्त सम्ममा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई ५० हज़ार बराबर मूल्यको भौचर दिने कुरामा पनि सहमत भएको मंगलबार अधिकारीहरूले बताएका छन । तर प्रोत्साहन लाभ प्राप्त… पुरा पढौ

जापानमा कर्मचारीको तलब बढाउन कम्पनीहरूको लागि नयाँ प्रोत्साहन प्याकेजको प्रस्ताव

जापान सरकारको आर्थिक नीति प्यानलले सोमबार कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई पुरानो आकारमा फर्काउनको लागि कर्मचारीको तलब बढाउन कम्पनीहरूको लागि नयाँ प्रोत्साहन प्याकेजको प्रस्ताव समावेश गरेको छ। आफ्ना कर्मचारीहरूको तलब बढाउन सहमत हुने व्यवसायहरूलाई तलब वृद्धिको सुविधाको लागि प्यानलले केही सब्सिडी कार्यक्रमहरु आकस्मिक प्रदान गर्नका लागि प्रस्ताव गरिएको छ । डिसेम्बरको अन्त्यसम्ममा तयार हुने वित्तीय बजेट २०२२ को प्रारम्भिक बजेटमा पनि प्रोत्साहन प्याकेजको अंश समेटिने स्रोतहरूले बताएका छन । प्रधानमन्त्री फुमियो किशिदाको "नयाँ पुँजीवाद" को दृष्टिकोणलाई साकार पार्न "अत्यावश्यक प्रस्तावहरू" को एक… पुरा पढौ

उभिएर पानी पिउने बानी छ ? यस्तो हुन सक्छ !

प्राय धेरै जसो मानिसहरु बाटोमा हिडेको समयमा उभिएरनै पानी पिउने गर्दछन् । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण कामका कारण मानिसहरु उभिएर नै पानी पिउने गर्दछन् ।उभिएको बेलामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो९सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।  उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो… पुरा पढौ

अमेरिकाले ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटायो

अमेरिकामा ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड-१९ महामारीको धेरैजसो समयमा लगाइएको अमेरिकी यात्रा प्रतिबन्ध ३० भन्दा बढी देशमा बसोबास गर्नेहरूका लागि सोमबार हटाइएको छ। यात्रा प्रतिबन्ध गरिएका देशहरु ब्राजिल, चीन, भारत, दक्षिण अफ्रिका, युनाइटेड किंगडम, र धेरै युरोपका देशहरु समावेश छन्।यात्रुहरूले खोप लगाएको हुनु पर्ने उनीहरुको जाँचमा संक्रमित नभएको देखिनु पर्ने भएको परीक्षण उपलब्ध गराउनु पर्ने छ । लगभग ५० वटा देशहरूमा बसोबास गर्नेहरूका लागि अपवाद बनाइनेछ जहाँ खोपहरू पुग्न र त्यहाँ लगाउन गाह्रो… पुरा पढौ