गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोटका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री बाढ्यो

-


     जनहित न्युज    
     कार्तिक २८ गते २०७८


गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोट क्षेत्रमा रहेका विद्यालयका १०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । 
विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र पठनपाठनमा सहयोग पुर्याऊने उद्देश्यले समितिले गलकोट नगरपालिका र ताराखोला गाँउपालिका भित्रका प्रत्येक विद्यालयका १÷१ जना गरि १०० जना विद्यार्थीलाई औषतमा ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको गरिएको समितिका अध्यक्ष रमेशकुमार खत्रीले जानकारी गराए ।
“गलकोट क्षेत्रका बालबालिकामा शिक्षाप्रति अभिरुचि जगाई राख्न र समृद्ध गलकोटको अवधारणालाई समेत केहि टेवा पुगोस भन्ने हेतुले समितिले शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष खत्रीले बताए ।
क्षेत्रीय समिति टोकियोको वार्षिक योजना एव कार्यक्रम अन्तरगत गल्कोट नगरपालिका र ताराखोला गाऊपालीकाका विद्यालयहरुमा अति बिपन्न एवम जेहेन्दार विद्यार्थीलाई माया र प्रेरणा स्वरूप सो शैक्षिक सामग्री प्रदान गरिएकोले यस्ता सहयोगी कार्यक्रमले समग्र गल्कोटको शैक्षिक विकासमा विशेष भुमिका निर्वाह गर्दै शैक्षिक वातावरणमा सकारात्मक सन्देश जाने विश्वास गरिएको सचिव दिनेश थापाले बताए। यस शिक्षा क्षेत्रमा जागरण ल्याऊने कार्यक्रमलाई कसरी दिर्घकालिन बनाउन सकिन्छ भन्नेमा समितिले अन्य क्षेत्रीय समितिसग समेत आवश्यक छलफल गरिरहेको सचिव थापाले बताए ।
यो शैक्षिक सामग्री प्रदान कार्यक्रम अन्य भैपरी आउने सहयोग अभियान जस्तो हस्तान्तरण गरेपछि सकिने जस्तो नभई समग्र गल्कोट क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययन, अध्यापन गराउने शिक्षक, विद्यार्थी र प्रवासमा रहेका अभिभावकको त्रिकोणात्मक सम्बन्ध बिस्तार भएकोले विद्यार्थीको समग्र शैक्षिक सुधार,खेलकुद र अतिरिक्त क्रियाकलापको बारेमा हुने शिक्षक र अभिभावक बिचको पारस्परिक सम्बन्ध सुधार गर्ने उपयुक्त माध्यम हुन सक्ने अपेक्षा आफूहरूले लिएको समितिका उपाध्यक्ष हिमाल कंडेलले बताए ।

आफू जन्मेको जन्मभूमिमा शिक्षा, स्वास्थ्य आकस्मिक कार्यका लागि आर्थिक सहयोग,दैवीप्रकोपका बेला आवश्यक सहयोग गर्दै आइरहेको गलकोट समाज जापानले अब शिक्षाको क्षेत्रमा थप योजनाबद्द रुपमा काम गर्नुपर्ने आवश्यकता देखिएको समाजका केन्द्रीय सदस्य खगराज गौतमले बताए । शिक्षाको क्षेत्रमा सकारात्मक वातावरण सृजना हुने र प्रत्यक्ष विपन्न र जेहेन्दार बालबालिकालाई फाईदा दिने कार्यक्रम क्षेत्रीय समिति कान्तोले गरेकोमा खुशी व्यक्त गर्दै गौतमले यस्ता कार्यलाई सरोकारवाला पक्षको सल्लाह र सुझाव लिदै परिष्कृत सहित निरन्तरता दिनुपर्नेमा जोड दिए ।

“जापानमा रहेका गलकोटेहरूले गलकोटको विकास समृद्धि र सचेतनाको लागि स्वास्थ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ” तारा गाऊँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने यस खालको शैक्षिक सामग्री वितरणले शिक्षाको क्षेत्रमा समेत राम्रो कामको थालनी भएकोले स्थानीयसरकार समाजसँग सधै सहकार्य गर्न इच्छुक रहेको छ ।

प्रवासमा रहेका सहयोगी मनहरूले आफ़नो गास काटेर गलकोटका बालबालिकाको शिक्षामा थप सहयोगी बनेकोले सो सहयोगलाई प्रेरणा र हौसलाका रूपमा लिइनुपर्ने गलकोट नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष नेत्र बुढ़ाथोकीले बताए ।
विपन्न तथा जेहेनदार छात्रछात्रालाई शैक्षिक सामग्री प्रदानले बालबालिकाको शैक्षिक गतिविधिमा थप ईंटा थप्ने कार्य भएको गलकोट नगरपालिका वार्ड नम्बर ७ का कार्यवाहक वार्ड अध्यक्ष लोकबहादुर थापाले बताए ।

प्रवासमा रहेका गलकोटेले गल्कोटका जेहेन्दार बिधार्थी जो भोलीका कर्णधार हुन उनीहरुकाप्रति गरिएको लगानी साच्चीकै स्राहनीय रहेको र आगामी दिनमा शैक्षिक कार्यक्रम तय गर्दा शिक्षासँग सम्बन्धित व्यक्तित्वहरूसँगको सहकार्यमा गर्न सकेमा अझै प्रभावकारी हुनेमा गलकोट उच्च माध्यमिक विद्यालयका प्राचार्य देवेन्द्र खत्री, सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर चोख़ाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रिमबहादुर कार्की, खरुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमराज गैरे, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्री लगायतले धारणा राखेका थिए ।

विपन्न तथा जेहेन्दार १०० जना विद्यार्थीलाई तारा गाऊँपालिकामा शुक्रवार र गलकोट नगरपालिकामा आइतबार समितिका पदाधिकारीसहितको उपस्थितिमा शिक्षा समन्वय शाखाको समन्वयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?