मानव शरीर स्वस्थ राख्नका लागि स्वस्थकर खानेकुराको आवश्यकता पर्दछ । शरीरलाई स्वस्थ राख्नको लागि विभिन्न प्रकारका फलफूल,तरकारी,दुध,दही,माछा मासुको सेवन गर्नुपर्दछ । तर कुनै यस्तो खानेकुरा हुन्छ जुन खानेकुराहरु अन्य खानेकुरासँग मिलाएर खानु हानिकार हुन्छ । जुन कुरा हामी सबैलाई थाहा नहुन पनि सक्छ । जसले गर्दा हाम्रो स्वास्थ्यलाई अस्वस्थ बनाउछ । स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ ।
दुधमा- दही, नुन, मुला, कटहर, सलाद, शीतल चिनी, तित्री, खरबुजा, तरभूजा, बेल, नरिबल, कागती, जमुना, अनार, अमला, सक्खर, करौदा, तिलौरा, गहत, सातु, कोदो, मुङ, मास, गहततेल, माछा, जस्ता खानेकुराको सेवन नगर्ने । यसैगरी दूधमा कुनै पनि परिकारसँग माछा, मासु अण्डा आदि खानु हुँदैन।
दहीसँग-चिया, कफी, दूध, पनीर, खिर, काँक्रा खरबुजा, मेवा खानु हुँदेन ,
खिरसँग- रूख कटहर, भुइँकटहर, माछा–मासु, अमिलो फलफूल, सातु, मदिरा आदि ।
महसँग -समान मात्रामा घिउ, तेल, बोसो, अंगुर, कमलको बिउ, मुला, तातोपानी या दूध, सक्खर, वर्षा कोपानी आदि पिउनु हँुदैन ।
चिसो पानीसँग-घिउ, तेल, तातो खानेकुरा, दूध, तरबुजा, अम्बक, मुङ्गफली आदि खानु वा पिउँनु हुँदैन ।
-तातो पानी वा तातो पदार्थका साथमा मह, कुल्फी, आइसक्रिम वा शीतल प्रकृतिका पदार्थहरूको सेवन गर्नुहुँदैन ।
-खरबुजा वा तरबुजासँग लसुन, दही, दूध, मूला, पुदिना चिसो पानीजस्ता खानेकुरा नखाऔं ।
-भातमा अमिलो मिसाएर खानुहुँदैन । धेरै नुन हालेको खानेकुराहरू खाँदा पनि स्वास्थ्य चौपट्ट हुन्छ ।
-मासको दाल र मुलाको साग वा सलाद एकैचोटी खानु हुँदेन
-केरा र मोही एकसाथ नखाने
-खिर र खिचडी पनि एकैसाथ खानु हुँदैन ।
-सुँगुरको मासु र बयर एकसाथ खानुहुँदैन ।
-करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुँदैन ।