प्रेस सेन्टर नेपाल गण्डकीको अध्यक्षमा काफ्ले

-


     जनहित न्युज    
     कार्तिक २७ गते २०७८


प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा सर्वसम्मत ४१ सदस्यीय नयाँ समिति चुनेको छ । वरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्ष राम थापा, समावेसी उपाध्यक्ष कमला केसी, प्रमुख सचिव सन्तोष गौतम, कोषाध्यक्ष विश्वराज सुवेदी निर्वाचित भएका छन् ।

त्यसैगरी खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाई र सविन जिसी, जनजाति सचिवमा विनु थापा, महिला सचिव शुशीला क्षेत्री, खुला सचिव अर्जुन अविरल र दलित सचिवमा गुणराज रोका छन् । पाण्डे नेपालदुत डटकमका सञ्चालक एवं सम्पादक हुन् ।

खुला सदस्यतर्फ राजकुमार छत्कुली, सन्दिप खत्री, सागर भण्डारी, प्रनिश गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, रामजी आचार्य, उत्तमबहादुर घर्ती, विमल आचार्य, मुरारी शर्मा दीपक आचार्य ,सन्तोष परियार, लीलाधर कोइराला र आश कोम्चे तमु चयन भएका छन् ।

महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, खुला सदस्य राजकुमार छत्कलुी, सन्दीप खत्री, सागर भण्डारी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, रामजी आचार्य, उत्तमबहादुर घर्ती, विमल आचार्य, मुरारी शर्मा छन् । दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक चुनिए भने जनजाति सदस्यमा सर्मिला रोका चुनिइन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताए । उनले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गरे ।

सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उनले भने, ‘सकारात्मक कुरालाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्र विरुद्धका कार्यमा समेत तपाईँहरू बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।’

मन्त्री शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारलाई आग्रह गर्दै अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्नसमेत अपिल गरे ।

समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै उहाँले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनतासहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरूमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्नसमेत सुझाव पिदए । लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उनले अनलाइन सञ्चारमाध्यमको मूल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने आश्वासन दिए ।

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डेले क्रान्तिकारी पत्रकारले जनताको आवाज बोल्नुपर्ने र कलम चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्र गण्डकीका सचिव देवेन्द्र पराजुली, प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, प्रेस सेन्टरका प्रदेश इन्चार्ज एवं पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, प्रेस चौतारी गण्डकीका संयोजक

सुष्मा पौडेल, समाजवादी प्रेस संगठनका नेता एवं पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, सहसंयोजक दीपक श्रेष्ठ, प्रदेशका नेता सन्तोष गौतम लगायतले संवैधानिक व्यवस्थाअनुसार प्रेसलाई स्वतन्त्रता दिन माग गरे ।

कार्यक्रममा प्रेस सेन्टरका संस्थापक एवं पूर्व अध्यक्षद्वय लोकप्रसाद (एलपी) बञ्जारा र त्रिभुवन पौडेललाई जनपक्षीय पत्रकारिता र सङ्गठनको वृत्ति विकासमा योगदान पु¥याएकामा प्रशंसापत्रबाट सम्मानित गरिएको थियो ।

नेपालदुतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?