नेकपा माओवादी केन्द्र बागलुङको पार्टी संगठनको अधिवेशन मंसिर ४ गतेदेखि

-


     जनहित न्युज    
     कार्तिक ३० गते २०७८


नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङको बैठक सम्पन्न भएको छ । मंगलबार बसेको बैठकमा पार्टी केन्द्रले तय गरेको संगठन सुदृढीकरण,वडा,गाउँपालिका र नगरपालिकाको पार्टी संगठनको अधिवेशन गर्ने विषयमा महत्वपूर्ण निर्णय भएको छ ।

पार्टीको कार्तिक २७ गतेसम्म संगठन विस्तार अभियान अन्तर्गत पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरणको कार्य सम्पन्न भएको नेकपा माओवादी केन्द्र संयोजक ज्ञामनाथ गैरेले नयाँ विश्वलाई जानकारी दिए ।

नेकपा माओवादी केन्द्र बागलुङको पार्टी सदस्य संस्या ८ हजार ५ सय पुगेको छ । बैठकले मंसिर ४ गते वडा अधिवेशन र मंसिर ११ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको माओवादी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बलावति शर्माले बताइन् ।

वडा, गाउँपालिका र नगरपालिकाको अधिवेशनको लागि आजको बैठकले जिम्मेवारी पनि तय गरेको छ ।बैठकले पार्टीको प्रदेश  सल्लाहकार र पार्टीकोे जेष्ठ कम्युनिष्ट मंचको सदस्यको रुपमा नाम पठाउने बारे आवश्यक गर्न गृह कार्य गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र संयोजक गैरेले बताए ।

बैठकमा विभिन्न पालिका तथा नगरपालिकाका अध्यक्ष, सचिव एवम् प्रतिनिधिले क्षेत्रगत रिर्पोटिङ गरेका थिए । यस्तै, पार्टीले लेखा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन लेखापरीक्षणको व्यवस्था गर्ने भएको छ । कार्यकर्ताबाट उठेको लेवी तथा अन्य सहयोगको हिसाब प्रणाली चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको संयोजक गैरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?