अमेरिकाले ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटायो

-


     जनहित न्युज    
     कार्तिक २२ गते २०७८


अमेरिकामा ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड-१९ महामारीको धेरैजसो समयमा लगाइएको अमेरिकी यात्रा प्रतिबन्ध ३० भन्दा बढी देशमा बसोबास गर्नेहरूका लागि सोमबार हटाइएको छ।

यात्रा प्रतिबन्ध गरिएका देशहरु ब्राजिल, चीन, भारत, दक्षिण अफ्रिका, युनाइटेड किंगडम, र धेरै युरोपका देशहरु समावेश छन्।यात्रुहरूले खोप लगाएको हुनु पर्ने उनीहरुको जाँचमा संक्रमित नभएको देखिनु पर्ने भएको परीक्षण उपलब्ध गराउनु पर्ने छ ।

लगभग ५० वटा देशहरूमा बसोबास गर्नेहरूका लागि अपवाद बनाइनेछ जहाँ खोपहरू पुग्न र त्यहाँ लगाउन गाह्रो छ र जहाँ जनसंख्याको १० प्रतिशत भन्दा कम खोप लगाइएको छ भनि एबिसी७न्युजले लेखेको छ ।

यो रातारात हुनेवाला छैन, हामी भोलि सान फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आगन्तुकहरूको जम्मा हुने छैनौं, तर यो वास्तवमै हाम्रो आर्थिक सुधारको लागि महत्त्वपूर्ण कदम हो,सानका अध्यक्ष जो डी’अलेसेन्ड्रोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?