तस्विर समाचार

पछिल्लो समय लोकप्रिय सामाजिक संजाल ‘टिकटक’ घातक बन्दै 

पुनरावेदन अदालतले जनवरी २०२१ मा माहदा अधामलाई जेल पठाउन गरिएको निर्णयलाई उल्ट्याएको छ। उनकै अर्की साथी होसामलाई पनि निर्दोष साबित गरेको छ। अधाममाथि मानव बेचबिखनको गम्भीर अभियोग लगाइएको थियो। उनीहरूमाथि केही लाभका लागि केटीलाई इजिप्टको मूल्य र मान्यताको विरुद्धमा प्रयोग गरेको आरोप लगाइएको थियो। अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो। अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो।… पुरा पढौ

गठबन्धन बैठक : महानगर भागबण्डामा सहमति, उपमहानगरको छलफल जारी 

सत्तारुढ गठबन्धनमा महानगरपालिकामा भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति गरेको हो । त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी… पुरा पढौ

गलकोट स्पोर्टस् क्लव टोकियो जापानको भलिबल प्रतियोगिता सम्पन्न,गलकोट समाज बन्यो च्याम्पिएन

गलकोट स्पोर्टस् क्लव टोकियो जापानले क्लवको आठौ वार्षिकोत्सव तथा नेपाली नया वर्ष २०७९ को अबसरमा आयोजना गरेको सातौ सिल्वर कप रनिङ्कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सोमवार टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१ हिगासी कामता (Ota-ku Sports Center
1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा सम्पन्न प्रतियोगितामा प्रथम स्थान प्राप्त गल्कोट समाज जापानले तीन लाख दश हजार येन नगद सहित मेडल,प्रमाण पत्र र सिल्वर कप प्राप्त गरेको थियो भने उप विजेता तल्लो लमाइ समाज जापानले दुई लाख दश हजार येन नगद सहित प्रमाण पत्र मेडल र… पुरा पढौ

सल्लाहकार, मानार्थ सदस्य, विभागीय टिम, विज्ञ समूह मनोनीत गर्दै एनआरएनए जापानले भन्यो- एनआरएनए सबैको साझा संस्था बनाउन चाहन्छौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन भएको करिब १० महिना पछि सल्लाहकार, मानार्थ सदस्य विज्ञ समिति सदस्य विभिन्न विभाग तथा विशेष समिति गठन गरेको छ ।राष्ट्रिय समन्वय परिषद जापानको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले जापानमा रहेका नेपाली समुदायका विभिन्न व्यक्ति व्यक्तित्वहरू सम्मिलित ६५ जनालाई सल्लाहकारमा र ६३ जनालाई मानार्थ सदस्यमा मनोनित गरिएको अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।मार्चको ९ तारिक बसेको बैठकका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गर्दै १९ वटा विभिन्न विभाग… पुरा पढौ

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले अन्तरिम आदेश जारी गर्दै छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । इजलासले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्न समिति गठन गरिएको भन्दै सरकारको निर्णय खारेजीको मागसहित गभर्नर अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन… पुरा पढौ

कोन्ज्योसोम नामै काफी छ (रिपोर्ट)

उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ । ललितपुर जिल्लामा बसोबास गर्नेलाइ नै पनि यो नाम अनौठो लाग्न सक्छ । ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महांकाल, बाग्मती र कोन्ज्योसोम)मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो । कुनै बेला उपत्यकाको ‘कर्णाली’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ कोन्ज्योसोम । साविक नल्लु, भारदेउ, चौघरे, शंखु र दलचौकी गाविसको चौहद्धि मिलाएर बनेको कोन्ज्योसोमको अर्को राजनैतिक परिचय… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको ‘शुभकामना साँझ-२०७९ तथा भेटघाट कार्यक्रम’सम्पन्न 

नेपाली जनप्रगतिशील मंच जापान, संस्कृति, पर्यटन तथा अतिरिक्त विभागको आयोजनामा नेपाली नया वर्षको अवसरमा शुभकामना साँझ-२०७९ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।जापानको टोकियो स्थित शिनओकुवोमा भएको सो कार्यक्रममा नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादीका ऊम्मेदवारहरूलाई विजयी बनाउनका लागि प्रवासमा रहेकाहरूले आफ़नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नका लागि माओवादी प्रवास समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठले आग्रह गरे ।मंचको लागि संगठित रूपमा आफ़नो प्रभाव देखाउने उपयुक्त अवसर आगामी निर्वाचन भएकोले संस्थागत रूपमा सक्रिय सहभागिता हुनु पर्नेमा अर्का प्रवास समन्वय… पुरा पढौ

६६ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ 

काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजनालाई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका २२ वर्षीय अनुप मिश्र, काभ्रेका २४ वर्षीय दिपेश थापा र काठमाडौं बाफलका २७ वर्षीय राहुल चचान छन् । उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको महाशाखाले जनाएको छ । प्रहरीकाअनुसार पक्राउ परेकामध्ये अनुप मिश्रले सन् २०२१ मेदेखि हालसम्म बाइनान्स खाता प्रयोग… पुरा पढौ

जापानकी पूर्व राजकुमारी सङ्ग्रहालयमा काम गर्दै 

 प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वयंसेवकको रुपमा काम गर्छिन् । ३० वर्षीया माको पूर्व राजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि  र राजपरिवारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् । उनी म्युजियमको एसियाली कला सङ्ग्रहालयमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्व राजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औंशताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास… पुरा पढौ

एनआरएनए जापानको रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले गरे रक्तदान

एनआरएनए जापान र १२ वटा क्षेत्रीय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।आइतबार सम्पन्न सो रक्तदान कार्यक्रममार्फत नेपाल र जापान दुई देशको सम्बन्धलाई प्रगाड गराउने उदेश्यका साथ आयोजना गरिएको एनआरएनए जापानकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता अधिकारी सुबेदीले जानकारी दिइन ।जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु स्थगन भएको र रगत व्यवस्थापनमा रगत संकलनको मात्रामा कमि देखिएको र रगतको🩸व्यवस्थापनमा सहयोग गर्न… पुरा पढौ