तस्विर समाचार

गोहोरो बलात्कारको आरोपमा चारजना पक्राउ 

काठमाडौँ — भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड गोहोरो माथि बलात्कारको घटना सार्वजनिक भएको छ । यो सिलसिलामा चार व्यक्तिविरुद्ध आशंकाको आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढिरहेको छ । यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । अधिकारीले मुद्दा दर्ता गरेपछि यी अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो । सह्याद्रि टाइगर रिजर्भ महाराष्ट्रका चार जिल्ला सतारा, सांगली, कोल्हापुर र रत्नागिरीमा फैलिएको… पुरा पढौ

अस्पतालमा भर्ना हुने गरि टोकियोमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

टोकियोमा नयाँ कोरोनाभाइरसबाट संक्रमित र अस्पतालमा भर्ना हुनेहरूको संख्या बिस्तारै बढ्दै गइ बिहिबारसम्म यो संख्या फेरि २ हजार नाघेको छ। टोकियोमा संक्रमितको संख्या बिहिबारसम्म लगातार ८ दिन बढ्दै गएको र १४ गते २००० नाघेर २०२७ पुगेको छ ।यो संख्या छैठौ लहरको उच्च विन्दु मध्यको आधा हो । छैठौं लहरको उच्च विन्दु हुदा झण्डै ४३०० मानिस अस्पतालमा भर्ना भएका थिए अहिले संख्या आधा नै रहेपनि संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ । टोकियो महानगर सरकारले कोरोना महामारीको अवस्था यथावत् नै रहेकोले… पुरा पढौ

एनआरएनए जापानको “एनआरएनए मेरो साथी” अन्तर्गत शनिबार ‘जापानमा नेपाली विद्यार्थीहरूप्रतिको बाहिरी हेराई र वास्तविक भोगाइ’ विषयक कार्यक्रम हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने सूचना र जानकारीमूलक रचनात्मक कार्यक्रम “एनआरएनए मेरो साथी” अन्तर्गत आगामी शनिवार अर्थात् अप्रिल १६ तारिक ‘जापानमा नेपाली विद्यार्थीहरूप्रतिको बाहिरी हेराई र वास्तविक भोगाइ’ विषयक भर्चुवल रूपमा अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ ।नेपालबाट जापानमा विद्यार्थी भिषामा आउनका लागि आकर्षक गन्तव्यको रूपमा रहेकोले लामो समयदेखि जापानमा आइ अध्ययनका शिलाशिलामा प्राप्त गरेका अनुभवहरूलाई र ज्ञानलाई साटासाट गरि आगामी पिंढीलाई जानकारी दिने ध्ययले सो कार्यक्रम गर्न लागिएको एनआरएनए जापानका सचिव श्याम… पुरा पढौ

आगलागीका कारण जेआर यामानोते लाइन सञ्चालनमा समस्या आइ निलम्बन

शिन-ओकुबो स्टेसन र ताकादानोबा स्टेसन बीचको लाइनमा आगलागी भएपछि बिहान ८ः४६ बजेदेखि यामानोटे लाइनलाई सबै भित्री र बाहिरी रेलवे लाइनमा सञ्चालनमा रोक लगाइएको जेआर पूर्वले जनाएको छ । टोकियो फायर डिपार्टमेन्टका अनुसार तीन तले अपार्टमेन्ट भवनको पहिलो तल्ला नजिकैबाट आगो निस्किरहेको छ र अहिलेसम्म कोही पनि घाइते नभएको र आगो निभाउने काम भइरहेको बताईएको छ । पुरा पढौ

आजदेखि नयाँवर्ष २०७९ सुरु 

आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत्… पुरा पढौ

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन 

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन्। अब… पुरा पढौ

जापानमा रेलवे ट्र्याकमा खसेको पाँच सेकेन्ड भित्रमा चालकहरूलाई सूचित गर्ने सेन्सर प्रणाली विकास

पश्चिम जापान रेलवे कम्पनी (जेआर वेस्ट) ले स्टेशन प्लेटफर्मबाट अगाडिको ट्र्याकहरूमा कोहि खसेको पाँच सेकेन्ड भित्रमा रेल चालकहरूलाई सूचित गर्ने सेन्सर प्रणाली विकास गरेको छ।जेआर वेस्टले अप्रिल १३ मा घोषणा गरेको नयाँ प्रणालीले चालकले लडेको व्यक्तिलाई थाहा पाउन लाग्ने समयलाई उल्लेखनीय रूपमा घटाएर दुर्घटनाहरू रोक्ने लक्ष्य राखेर सो प्रणालीको विकास गरेको हो। यो प्रणाली जापानमा आफनै प्रकारको प्रणाली विकास गरेको पहिलो हो । यस सेन्सर प्रणालीलाई रेलवेले पश्चिमी जापानको केहान्सिन महानगरीय क्षेत्रका प्लेटफर्ममा आगामी जुन महिना देखि ढोका बिना स्टेशनहरूमा… पुरा पढौ

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक 

राष्ट्रिय जनमोर्चाले वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीका घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी अध्यक्ष चित्रबहादुर केसीले विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । त्यसक्रममा अध्यक्ष केसीले नेपालमा संघीय शासन प्रणाली छोटो समयमै असफल बनेको पुष्टि भएको दाबी गरे। उनले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेन्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताए । संघीयताका कारण नेपालमा आर्थिक बोझ थपिँदै गएकाले त्यसको खारेजी नै आफ्नो पार्टीले अघि सारेको… पुरा पढौ

परिचर्चामा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ युगको पदचाप’

काठमाडौं, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरुको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसार कै सार्थक पुस्तक रहेको समीक्षक तथा लेखकहरुबाट प्रतिक्रिया आएको छ । जनसाँस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरु बीच भएको ‘नयाँ युगको पदचाप ः पुस्तक परिचर्चा’का क्रममा उहाँहरुले नाम अनुसारका सामग्रीहरु किताबमा समेटेको उल्लेख गर्नुभएको छ ।  जनसाँस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मात्रिका पोखरेलले मान्छे अहिले मुलुकमा बनावटी कामलाई… पुरा पढौ

बहुआयामिक आयोजनाको पक्षमा ऊर्जामन्त्रीको बोल्ड निर्णय, अब के हुन्छ ?

देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित नयाँ निर्णय भएपछि यसले गति लिने विश्वास बढेको हो। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको यो आयोजना नेपालले नै बनाउने गरी मन्त्रिपरिषदबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्णय गराएकी हुन्। ऊर्जा क्षेत्रमा यो बोल्ड निर्णयको चर्चा भइरहेको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१४ मा… पुरा पढौ