जापानको एक नगरपालिकाले कोरोनाभाईरसको सहायता स्वरूप १ लाख दिदा ४ करोड ४६ लाख जम्मा !

-


     जनहित न्युज    
     वैशाख ४ गते २०७९


पश्चिमी जापानको यामागुची प्रान्त अन्तरगत अबु नगरपालिका सरकारको गल्तीले ४६.३ मिलियन येन (लगभग $ ३६६,०००) रकम एक परिवारको बैंक खातामा कोरोनाभाइरस सहायता बापत जम्मा गरिदिएको छ ।
कोरोना महामारीबाट प्रभावित कम आय भएका घरपरिवारहरूलाई आवास कर छुट बापत १ एकलाख रकम वितरण गर्ने योजना अन्तर्गत प्रदान गरिने रकम जम्मा गर्ने क्रममा भुलवस सो रकम जम्मा हुन पुगेको नगरपालिकाले जनाएको छ ।
मार्च मसान्तसम्म अनुदानका लागि आवेदन दिएका ४६३ घरपरिवारको खातामा प्रत्येक १ लाख येन रकम स्थानान्तरण गर्ने व्यवस्था सो नगरपालिकाले अप्रिल ३ मा गरेको थियो । अप्रिल १५ मा नगरका एक कर्मचारीले ४६.३ मिलियन येन रकम भुलवश हस्तान्तरण भएकोले सो रकम फिर्ता गरिदिनु बैंकलाई लिखित अनुरोध गरेपछि बैंकले नगरपालिका सरकारको आवश्यक जाँचबुझपछि उक्त रकम स्थानांतरण भएको कुरा बाहिर आएको हो। गरेपछि गल्ती बाहिर आएको हो। नगरले सहायता दिने सम्पूर्ण ४६३ परिवारको एकमुष्ठ रकम बराबरको सो रकम गल्तीले गर्दा त्यो व्यक्तिलाई सम्पूर्ण रकम भुक्तानी हुन पुगेको बताईएको छ ।
दोहोरिएको रकम फिर्ता गर्ने प्रक्रियामा जानका लागि नक्कली भुक्तानी प्राप्तकर्ता र नगरपालिकाका सरकारी कर्मचारीले बैंक भ्रमण गर्ने योजना बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?