अस्पतालमा भर्ना हुने गरि टोकियोमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

-


     जनहित न्युज    
     वैशाख २ गते २०७९


टोकियोमा नयाँ कोरोनाभाइरसबाट संक्रमित र अस्पतालमा भर्ना हुनेहरूको संख्या बिस्तारै बढ्दै गइ बिहिबारसम्म यो संख्या फेरि २ हजार नाघेको छ।

टोकियोमा संक्रमितको संख्या बिहिबारसम्म लगातार ८ दिन बढ्दै गएको र १४ गते २००० नाघेर २०२७ पुगेको छ ।
यो संख्या छैठौ लहरको उच्च विन्दु मध्यको आधा हो । छैठौं लहरको उच्च विन्दु हुदा झण्डै ४३०० मानिस अस्पतालमा भर्ना भएका थिए अहिले संख्या आधा नै रहेपनि संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ ।

टोकियो महानगर सरकारले कोरोना महामारीको अवस्था यथावत् नै रहेकोले पूर्ण रूपमा संक्रमण नियन्त्रणका उपायहरूको अवलम्बनका लागि आह्वान गरेको छ। अस्पतालमा बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य सेवामा भार बढ्ने चिन्ता रहेको सरकारको भनाइ छ ।

अस्पतालको बेड उपयोगको अवस्था अप्रिल १४ मा २७.२६ प्रतिशत थियो, छैठौ लहरको शिखरको अवस्थामा ६० प्रतिशत भन्दा रहेको र हाल ३० प्रतिशत भन्दा कम रहेपनि पछिल्ला केही दिनहरूमा बढेको तथ्यांकलाई नियाल्दा चिन्ता गर्नुपर्ने अवस्था देखिन आएको अधिकारीहरूले बताएका छन ।
गम्भीर प्रकृतिका बिरामीहरूका लागि ओमिक्रोन स्ट्रेनको विशेषताहरूको आधारमा गणना गरिएको बेडको प्रयोग दर उच्चतम रहि २२ फेब्रुअरीमा ३६.३ प्रतिशत थियो तर अहिले यस प्रकृतिका बिरामी अप्रिल १४ सम्ममा ६.८ प्रतिशत रहेकोले त्यति आत्तिहाल्नु पर्ने अवस्था नरहेको पनि उनीहरूको भनाइ छ ।
यससँग सम्बन्ध राख्ने विज्ञहरूले कोरोनाको नया भेरियन्ट “BA.2” स्ट्रेनलाई भाइरससँग प्रतिस्थापन गर्दा संक्रमण पुन: फैलिने उच्च जोखिम हुनसक्ने विश्लेषण गरेका छन । विशेष गरी यदि संक्रमण वृद्धहरूमा फैलियो भने अस्पतालमा भर्ना बिरामीहरूको संख्या बढ़ने आकलन गर्दै भनेका छन-हामी पूर्ण संक्रमण नियन्त्रण उपायहरूको लागि आह्वान गर्दैछौं किनभने त्यहाँ चिन्ता छ कि चिकित्सा हेरचाहमा बोझ बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?