जापानको जनसंख्यामा उल्लेखनीय गिरावट, एकै वर्षमा ६ लाख ४४ हजार संख्या घट्यो

-


     जनहित न्युज    
     वैशाख ३ गते २०७९


जापानको जनसंख्याको रेकर्डमा हालसम्म कै सबैभन्दा ठूलो गिरावट आइ सन २०२० मा भन्दा सन २०२१ मा ६ लाख ४४ हजारले घटि जम्मा जनसंख्या १२५.५ मिलियन भएको छ ।
कोरोनाभाइरस महामारीमा कडा सीमा नियन्त्रणको बीचमा विदेशी बासिन्दाहरूको आगमनमा भएको कमि, द्रुत रूपमा बढ्दै गएको बुढ्यौलीको संख्या र विवाहप्रतिको अनइच्छाका कारण जनसंख्यामा गिरावट आएको सरकारी तथ्याङ्कले देखाएको छ।
गत अक्टोबर १ मा यहाँको जनसंख्या १२ करोड ५५ लाख २ हजार रहेकोमा त्यसयता ६ लाख ४४ हजार जनसंख्या कमी देखिएको हो । सन १९९५ देखि तुलनात्मक डेटा उपलब्धसम्मको यो संख्या सबैभन्दा धेरै जनसंख्या कमी हुने मध्यमा परेको आन्तरिक मामिला र सञ्चार मन्त्रालयले बताएको छ।
कोरोनाभाइरसका संक्रमण कम गर्नका लागि कडा सीमा नियन्त्रणहरू लागू भएपछि जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या २५,००० ले घटेर यस वर्ष २७ लाख २२ हजार पुगेको छ।
हाल जापानी नागरिकहरू मात्र कुल १२ करोड २७ लाख ८० हजार रहेका छन जुन एक वर्ष अघिको तुलनामा ६ लाख १८ हजारले कम हो। जापानमा सन २०२१ मा जन्म हुनेको संख्या ८ लाख ३१ हजार रह्यो, तर मृत्युको संख्या यो संख्या वर्षको १.४४ मिलियन रहेको थियो।तुलनात्मक रूपमा जन्मदर भन्दा मृत्यदर बढ़ी रहेको देखिन्छ।
जापानले घट्दो उत्पादनमूलक जनशक्ति र न्यून जन्मदरको दोहोरो चुनौतीको सामना गरिरहेको छ। यद्यपि, हालका वर्षहरूमा जनसंख्या घट्ने गति सुस्त भएको थियो । श्रम अभावको परिपूर्तिलाई सघाउ पुर्याउनको लागि सहज भिसा प्रणाली अन्तर्गत विदेशी कामदारहरूको देशमा आउने वृद्धिले केहि राहत गरेको छ।
तर कोरोनाभाइरसको संक्रमणलाई कम गर्न सीमा नियन्त्रण गर्दा श्रम अभावसँग संघर्ष गरिरहेका व्यवसायहरूलाई विदेशी कामदारहरू भर्ना गर्नबाट समस्या झेल्नुपरेको छ।
काम गर्ने उमेरको श्रमयुक्त जनसंख्या १५ र ६४ उमेर बीचका मानिसहरूको संख्या ७ करोड ४५ लाख ४ हजार छ यो संख्या विगतको तुलनामा ५ लाख ८४ हजार कमी हो । अर्थात् समग्र जनसंख्याको ५९.४ प्रतिशत यो उमेर समूहका रहेका छन।
ती १४ वर्ष मुनिको कुल जनसंख्याको ११.८ प्रतिशत रहेको छ । अन्य वर्षको आँकड़ामा सबैभंदा न्यून हो त्यसैगरि ६५ र त्यस माथिका मानिसहरूले २८.९ प्रतिशत रहि हालसम्म कै रेकर्ड उच्च बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?