तस्विर समाचार

आइलाग्नेमाथि जाइलाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

कैलाली, ८ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन माओवादीहरू एकजुट हुनुपर्ने बताउनु भएको छ। कैलालीको मसुरियामा आयोजित क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले हाम्रो भूमिकालाई ०६४ को अवस्थामा फर्काउनु पर्छ। अब लाग्न त ०७९ साल नै लागिसक्यो। तर, हामी माओवादी एकता गराएर ०६४ कै अवस्थामा फर्काउन सबै माओवादी एकजुट भएर लाग्नुपर्छ।’ उहाँले अहिलेसम्मको परिवर्तन माओवादी आन्दोलनबाटै आएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरूकै भएको बताउनु भयो। देशका जतिबेला संकट आए पनि संकट मोचनको लागि माओवादी नै अग्रसर हुनुपर्ने… पुरा पढौ

माओवादी पहिचान : विकास र समृद्धि हेर्न रोल्पा जाम

रोल्पा नाम जत्तिकै रापिलो छ यसको पहिचान । १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पा अहिले पनि माओवादी पहिचान कायम गराउन सफल छ । रोल्पाले माओवादीको साख राख्न सकेको छ भन्दा अत्युक्ति नहोला । माओवादी साख कायम हुनुमा रोल्पामा माओवादीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरु नै हुन् । जसले माओवादीले उठाएका एजेण्डालाई सार्थकता दिने अधिकतम प्रयास गरेका छन् । त्यसैमध्येको जिल्लाको एक मात्र नगरपालिका हो- रोल्पा नगरपालिका ।०७४ को स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिकामा १० वटा वडामध्ये ९ वटा… पुरा पढौ

ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास-विशेष रिपोर्ट

काठमाडौं । जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्।  नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ।  अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सामाजिक र आर्थिक रुपमा कलङ्कको रुपमा लोडसेडिङ अन्त्य भयो। प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्रीका रुपमा जनार्दन शर्माले खेल्नुभएको भूमिका नेपालको इतिहासमा महत्वपूर्ण परिघटनाको रुपमा स्थापित छ।  यस्तै, अघिल्लो… पुरा पढौ

शुक्रबारदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा, जापानको केन्द्रबाट २० जना विद्यार्थीले परीक्षा दिदै

भक्तपुर । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्… पुरा पढौ

वैदेशिक रोजगारी : ढुक्क नहुन्जेल बुझौँ र ठगिनबाट बचौँ

वैदेशिक रोजगारी अहिले नेपाली समाज र राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख अङ्गको रूपमा स्थापित भइसकेको छ । स्वदेशमा रोजगारीको अवसर कम भएका कारण गुजाराका लागि विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल दैनिक एक हजार नेपाली युवा रोजगारीका लागि विदेश जाने गरिरहेका छन् । हाल बत्तीस लाखभन्दा बढी नेपाल वैदेशिक श्रम वा रोजगारीमा छन् । साथै, अनौपचारिक रुपमा साठी लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत रहेको अनुमान छ । गत आ.व. मा मात्र १६६,६९८ जना वैदेशिक… पुरा पढौ

पालिका भवन : केहीले बनाए, कहीँ बन्दै

विद्युतीय भर्‍याङ (लिफ्ट)सहितका सुविधायुक्त प्रशासकीय भवन बनाएर ताराखोला र बडिगाड गाउँपालिकाले बागलुङका अरू स्थानीय तहलाई उछिनेका छन्। काठेखोला गाउँपालिकाको भवन बनाउने योजना अधुरै रहँदा गलकोट र जैमिनी नगरपालिकाले जेनतेन जग्गाको जोहो गरेर भवनको जग हाले। तमानखोला र निसीखोला गाउँपालिकाले पनि प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक भवन बनाए। ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिका जग्गा जुटाएर भवन निर्माणको सुरसारमा छन्। जिल्लाको जेठो बागलुङ नगरपालिका भने सेवाग्राहीलाई पायक नपरेको भन्दै आफ्नो भवन छाडेर अर्काेमा आश्रित छ। यसरी आफ्नो पाँचवर्षे कार्यकालको आखिरीमा आइपुग्दा केहीले पालिकाका भवन… पुरा पढौ

गलकोटको मयेरका लागि गायक विष्णु खत्री सहित ६ जनाको नाम सिफारिस

बागलुङ- नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्री सहित गलकोट नगरपालिकाको नगरप्रमुखका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।मेयरमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई पनि उम्मेद्वार सिफारिस गरेको छ ।उपमयेरको उम्मेदवारको रुपमा नगर… पुरा पढौ

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरमा सहमति(सूचीसहित)

सत्तारुढ पाँच दलले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयलाई टुंगो लगाएका छन् । बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नेपाली कांग्रेसलाई तीन महानगरमा मेयर, तीन महानगरमा उपमेयर तथा सात उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर भागमा परेको छ । माओवादी केन्द्रलाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा दुई उपमहानगरमा मेयर र दुई उपमहानगरमा उपमेयर भागमा परेको छ । नेकपा एकीकृत समाजवादी एक महानगरमा मेयर, एक महानगरमा… पुरा पढौ

सी अफ जापानको तटमा ३ मिटर लामो दुर्लभ स्क्विड फेला

लगभग ३ मिटर लामो विशाल स्क्विड समुद्र तटमा अप्रिल बुधबार फसेको अवस्थामा फेला परेको छ ।बिहान करिब १० बजे नजिकैका ओबामा, फुकुई प्रिफेक्चरको उगु समुद्र तटका बासिन्दाले समुन्द्री किनारमा रहेको स्क्विडलाई देखेपछि ओबामा नगरपालिका सरकारका अधिकारीलाई जानकारी गराइएपछि सो स्क्विडको उद्धार गरिएको बताईएको छ । स्थानीय अधिकारीहरूले स्क्विड यसरी फेला पारिएको दुर्लभ घटना भएको बताऊदै समुद्रको तटमा यो अझै जीवितै रहेको जनाएका छन।गहिरो समुद्रको जीवलाई साकाईको प्रान्तीय शहरको इचिजेन मात्सुशिमा एक्वैरियममा फिर्ता लगिनेछ । विकलिपिडियाका अनुसार समुद्री जीव स्क्विड एक… पुरा पढौ

जापान सरकारले कम आय भएका परिवारका बालबालिकालाई फेरि ५० हजार दिने !

जापान सरकारले बढ्दो मूल्यको सामना गर्न आपतकालीन सहयोग उपायहरू आवश्यक भएको ठानेपछि कम आय भएका परिवारका प्रति बालबालिका ५० हजार येन (लगभग $३९०) दिने योजना बनाएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले आवश्यकता र समस्यामा परेका परिवारहरूका बालबालिकाहरूलाई आपतकालिन उपायहरूको एक क्षेत्रको रूपमा समर्थन गर्दै र अप्रिलको अन्त्यसम्ममा सो विशेष सहयोग प्राप्त गर्नेहरूको पहिचान र योग्यता निर्धारण गरि अन्तिम रूप दिन सम्बन्धित निकायलाई आदेश दिएका छन ।सरकारले आर्थिक वर्ष २०२० मा दुई पटक र आर्थिक वर्ष २०२१ मा एक पटक कोरोना महामारीबाट… पुरा पढौ