
लगभग ३ मिटर लामो विशाल स्क्विड समुद्र तटमा अप्रिल बुधबार फसेको अवस्थामा फेला परेको छ ।
बिहान करिब १० बजे नजिकैका ओबामा, फुकुई प्रिफेक्चरको उगु समुद्र तटका बासिन्दाले समुन्द्री किनारमा रहेको स्क्विडलाई देखेपछि ओबामा नगरपालिका सरकारका अधिकारीलाई जानकारी गराइएपछि सो स्क्विडको उद्धार गरिएको बताईएको छ । स्थानीय अधिकारीहरूले स्क्विड यसरी फेला पारिएको दुर्लभ घटना भएको बताऊदै समुद्रको तटमा यो अझै जीवितै रहेको जनाएका छन।
गहिरो समुद्रको जीवलाई साकाईको प्रान्तीय शहरको इचिजेन मात्सुशिमा एक्वैरियममा फिर्ता लगिनेछ ।
विकलिपिडियाका अनुसार समुद्री जीव स्क्विड एक प्रकारको सेफालोपोडहरू हुन् जसको लामो शरीर, ठूला आँखा, आठ हात र दुईवटा टेन्टाकलहरू हुन्छन्। अन्य सबै सेफालोपोडहरू जस्तै, स्क्विडको पनि छुट्टै टाउको द्विपक्षीय समरूपता र आवरण हुन्छ। , तर सानो आन्तरिक कंकाल हुन्छ। रड जस्तै ग्लेडियस वा कलमको रूपमा बनेको हुन्छ ।



