गलकोटको मयेरका लागि गायक विष्णु खत्री सहित ६ जनाको नाम सिफारिस

- श्रीमती उपमेयर, श्रीमान वडा अध्यक्षमा सिफारिस

-


     जनहित न्युज    
     वैशाख ७ गते २०७९


बागलुङ– नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्री सहित गलकोट नगरपालिकाको नगरप्रमुखका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।
मेयरमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई पनि उम्मेद्वार सिफारिस गरेको छ ।
उपमयेरको उम्मेदवारको रुपमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदत्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापालाई सिफारिस गरेको गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेतीले जानकारी दिए । 
 गठबन्धन भित्र काँग्रेस र माओबादी दुवैले मेयरका लागि दाबी गरेको यस नगरपालिकामा कसले हाता पार्ने त्यो त बाँकी नै छ । नगरप्रमुखका लागि नेपाली काँग्रेसले पनि १४ जनाको नाम सिफारिस गरेको छ । 

श्रीमती उपमेयर, श्रीमान वडा अध्यक्षमा सिफारिस

त्यसैगरि माओवादी केन्द्रले गलकोट नगरपालिकाको उपमेयरमा र गलकोट नगरपालिका–७ मल्मको वडा अध्यक्षमा माओवादी केन्द्र गलकोट नगर कमिटिले श्रीमान श्रीमतीको नाम सिफारिस गरेको छ ।

नेकपा (माओवादी केन्द्र) गलकोट नगर कमिटीले गत स्थानीय तहको निर्वाचनमा उपमेयरमा प्रतिस्पर्धा गरेकी गलकोट नगर कमिटि सदस्य ललिता थापालाई पुन उपमेयरमा सिफरिस गरेको छ । माओवादीले थापा सहित उपमयेरको उम्मेदवारको रुपमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्तीको नाम समेत जिल्ला कमिटिमा पठाएको छ ।

यस्तै ललिता थापाका श्रीमान राज बहादुर थापालाई गलकोट नगरपालिका–७ मल्मको वडा अध्यक्षमा सिफारिस गरिएको छ । वडा अध्यक्षमा छुमबहादुर थापा र ललित मरासिनीको नाम समेत सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?