जापान सरकारले कम आय भएका परिवारका बालबालिकालाई फेरि ५० हजार दिने !

-


     जनहित न्युज    
     वैशाख ७ गते २०७९


जापान सरकारले बढ्दो मूल्यको सामना गर्न आपतकालीन सहयोग उपायहरू आवश्यक भएको ठानेपछि कम आय भएका परिवारका प्रति बालबालिका ५० हजार येन (लगभग $३९०) दिने योजना बनाएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले आवश्यकता र समस्यामा परेका परिवारहरूका बालबालिकाहरूलाई आपतकालिन उपायहरूको एक क्षेत्रको रूपमा समर्थन गर्दै र अप्रिलको अन्त्यसम्ममा सो विशेष सहयोग प्राप्त गर्नेहरूको पहिचान र योग्यता निर्धारण गरि अन्तिम रूप दिन सम्बन्धित निकायलाई आदेश दिएका छन ।
सरकारले आर्थिक वर्ष २०२० मा दुई पटक र आर्थिक वर्ष २०२१ मा एक पटक कोरोना महामारीबाट आर्थिक रूपमा नराम्ररी प्रभावित न्यून आय भएका बाल पालनपोषणको लागि सम्बन्धित परिवारलाई प्रदान गरिसकेको छ ।
पहिलो चरणमा बाल पालन भत्ता पाउने एकल अभिभावकका परिवार मात्रै सो लाभको लागि योग्य थिए भने आर्थिक २०२१ मा आवासीय करबाट छुट भएका सबै घरपरिवारहरूलाई समावेश गर्न दायरा विस्तार गरि प्रति बच्चा ५० हजार प्रदान गरिएको थियो।
हाल विचाराधिन आपतकालीन सहयोग नगद हस्तान्तरणका लागि पनि यहि दायरालाई ध्यानमा राखिएको छ र आर्थिक २०२२ को प्रारम्भिक बजेटमा रिजर्भ कोषबाट करिब २०० अर्ब येन (करिब १.६ बिलियन डलर) प्रयोग गर्नेतर्फ सत्तारुढ दलसँग समन्वय भइरहेको छ।
आपतकालिन उपायहरूले आवश्यकता परेकाहरूलाई सहयोग रकम प्राप्त गर्नका लागि महामारीबाट प्रभावित घरपरिवारहरूलाई प्रदान गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?