तस्विर समाचार

ओमिक्रोन समुदायस्तरमा फैलिएसंगै कंट्रयाक ट्रेसिंङमा पारेकाहरूको आइसोलेसनको अवधि घटाउदै

सरकारले कोभिड-१९ को पोज़ेटिभ देखिएका व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेको पहिचान भएकाहरूका लागि हालको १४ दिनको आइसोलेसन अवधि घटाउने र अस्पताल भर्ना गराइ आराम गर्ने तथा क्वारेनटीनका नियमहरू पलाना गराउने विचार गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन ।ओमिक्रोन भेरियन्टको संक्रमण द्रुत रूपमा फैलिरहेको र चिकित्साकर्मीहरूले काम गर्न समेत असहजता आएको, उनीहरू नजिकको सम्पर्कमा रहेकाले सामाजिक अवस्थालाई समेत असर गरिरहेको बेला यस्तो कदम चाल्न लागिएको बताईएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले सरकारले कोभिड-१९ का बिरामीहरूको लागि अस्पतालमा भर्ना मापदण्डहरू परिमार्जन गर्नका लागि सुझाव दिएअनुसार… पुरा पढौ

टोकियोमा कोरोना संक्रमितको उपचारमा अस्पतालको बेड २० प्रतिशत प्रयोग हुदा उच्च रोकथामका उपाय लागु गर्ने र ५० प्रतिशत प्रयोग हुदा आपतकाल जारी गर्ने योजना सार्वजनिक

नयाँ कोरोनाभाइरस संक्रमणको तिव्र प्रसारका कारण अस्पतालमा भर्ना बिरामीहरूको संख्या बढ्दै गएकोले टोकियो महानगर सरकारले टोकियोमा बेड प्रयोग दर २० प्रतिशत पुग्दा फैलावट रोकथामका प्राथमिकताका उपायहरू लागू गर्ने र बेडको प्रयोग दर ५० प्रतिशत भन्दा बढि भएमा आपतकालिन अवस्था जारी गर्न केन्द्र सरकारलाई अनुरोध गरिने भएको छ ।टोकियो महानगर सरकारले टोकियोमा बेडको प्रयोग दर २० प्रतिशत पुग्दा संक्रमण फैलिने रोकथामका प्राथमिकताका उपायहरू लागू गर्न राष्ट्रिय सरकारलाई अनुरोध गर्ने सोच बनाएको गभर्नर कोइकेले बताएकी छन । अस्पतालको बेडको प्रयोग दर ५०… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न, आगामी कार्यकालको लागि दिनेश थापा अध्यक्षमा चयन

सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ़नो छुट्टै पहिचान बनाएको बागलुङ ज़िल्ला कै पुरानो संस्था घुम्टे युवा परिवार मल्म अन्तरगत जापान शाखाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित दिनेश थापा बागलुङ जिल्ला तत्कालिन मल्मको मल्म क्षेत्रबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेकाहरूको उल्लेख्य उपस्थितिमा मंगलबार टोकियोको शिन ओकुवोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त… पुरा पढौ

रेमिट्यान्स घट्नुको मुख्य कारण – हुन्डीको कारोबार !

बैंङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले… पुरा पढौ

गौतमबुद्ध क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदनः भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो । महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न शघन शहरी विकास आयोजना… पुरा पढौ

जापानको लाहुरे बन्न छाडेर बाख्रापालन, सुरूमा कसैले ऋण पत्याएनन्

बागलुङको गलकोट नगरपालिका क्षेत्रका विभिन्न पहिचान छन् । धेरै पहिचान मध्य झट्ट सम्झने पहिचान हो‘लाहुरे’हरुको क्षेत्र । हुन पनि त्यस क्षेत्रका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा नगएको परिवारका सदस्य पाउन कठिन हुन्छ ।वैदेशिक रोजगारीमा पनि गलकोट क्षेत्रका धेरै युवाहरु जापान छन् । जापानीज लाहुरेहरुको भिडबाट अलगै रहेर कृषी कर्मलाई आफ्नो जीवन निर्वाहको बाटो बनाएका छन, गलकोट नगरपालिका-७ टोकरीका विष्णु थापा । वैदेशिक रोजगारमा जाने लहरबाट भिन्न रहेर थापाले विगत दश बर्षदेखि टोकीमा व्यवसायिक रुपमा बाख्रा पाल्दै… पुरा पढौ

प्रवासी नेपालीहरूलाई डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थ मन्त्री शर्माको आग्रह

लण्डन - नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेरनेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्।गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्रीशर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए। "तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ।"अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइ रहेको बताए। नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अरबौं डलर… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्वारा आयोजित जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को उपाधी एनआरएनए चिवा क्षेत्रीय समितिले उचाल्यो

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले नया वर्ष २०२२ को अवसरमा आइतबार टोकियोको साइतामामा सम्पन्न गरेको जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को उपाधी एनआरएनए चिवा क्षेत्रीय समितिले उचाल्दै ३ लाख ५० हजार नगदसहित मेडल प्रमाण पत्र जित्न सफल भएको छ ।३० टिमको सहभागिता रहेको सो प्रतियोगिताको उप विजेताको उपाधी भने गोरखनाथ नुमाजु सिजुओकाले प्राप्त गर्दै १ लाख ७० हजार नगदसहित प्रमाण पत्र पाएको कार्यक्रम संयोजक सागर कार्कीले जानकारी दिए । मोना अन्तराष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यतामा… पुरा पढौ

डेलिगेट्स विवाद सुल्झाउन कुनै सहमति भएको छैन: आचार्य

काठमाडौँ - गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले ६ महिनादेखि जारी डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति नभएको खुलासा गरेका छन्।जीएनएनसंग कुरा गर्दै आचार्यले भने, "संस्थालाई एकजुट राख्न र हाल जारी गतिरोधलाई निकास दिन मैले हरसंभव प्रयास गरिरहेको सबै साथीहरुलाई अवगत नै छ। त्यसैले डेलिगेट्स विवाद नसुल्झाएर कथित सहमति भयो भन्ने प्रचार प्रायोजित र झुट्ठा हो ।"'डेलिगेट्स विवाद सुल्झाउने भनेको नव निर्वाचित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले पठाएको डेलिगेट्स सूचीलाई मान्यता दिने हो। त्यसो नगरिंदा सम्म कथित सहमतिको… पुरा पढौ

गैर-आवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खोल्ने भनिएको ७ बुँदे सहमति पत्रमा अध्यक्षका प्रत्यासी कुल आचार्यले गरेनन हस्ताक्षर

लामो समयदेखि विवादमा अल्झिएको गैर-आवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलाउने उद्देश्यले गरिएको ७ बुँदे सहमतिपत्रमा अध्यक्षका प्रत्यासी तथा सल्लाहकार कुल आचार्य र उपसमिति कै सदस्य बिश्वआदर्श पण्डितले हस्ताक्षर नगरेपछि अब पनि १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र निर्वाचन हुने कुरा अझै अनिश्चित भएको देखिएको छ । गैर-आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सात बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्‍याएको पुर्याइएको भनिएपनि प्रत्यासी आचार्यले सहमति पत्रमा हस्ताक्षर नगरेपछि त्यसको औचित्य के… पुरा पढौ