
कोरोना संक्रमणका नयाँ केसहरूको संख्या देशव्यापी रूपमा दैनिक तिव्र गतिमा बढिरहेकोले महानगरीय क्षेत्रहरूले कोरोना संक्रमण रोकथामका लागि अर्ध आपतकालको लागि अनुरोध पनि गरिरहेको र देशका अन्यत्र क्षेत्रमा पनि सरकारले तुरुन्तै स्वास्थ्य सतर्कता अन्तरगत अर्ध-आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले नियमित पत्रकार सम्मेलनमा बताएका छन ।
राजधानी टोकियोमा पछिल्ला केहिदिन यता दैनिक ४ हजार भन्दा बढी क़ोरोना संक्रमणका नयाँ बिरामीहरू बढिरहेको र अस्पतालको बेड ओकपेन्सी दर २० प्रतिशत नजिक अर्थात्पु १९.३ प्रतिशत पुगेको महानगरीय सरकारले केन्द्र सरकारलाई अर्ध आपतकालिन अवस्था अन्तर्गत राख्नको लागि अनुरोध गर्ने तयारी गरिरहेको जापानी संचारमाध्यमले आफ़नो समाचारमा उल्लेख गरेका छन । साइतामा, चिबा र कानागावाका अन्य तीन प्रान्तहरूमा पनि संक्रमण दर बढिरहेको तथ्यांकहरूले देखाएका छन ।
मात्सुनोले विज्ञहरूले प्रान्त विशेषको सट्टा आर्थिक कारोबार बढि हुने क्षेत्रहरूमा आधारित रहेर आपतकाल घोषणा गरिनुपर्ने आवश्यकता औंल्याएका छन् त्यसैलाई समेत आत्मसात गर्दै टोकियो र ओसाका र त्यस वरपरका क्षेत्रहरूका लागि अर्ध आपतकाल जारी गरिनु उपयुक्त हुने आफूहरूलाई लागिरहेको बताएका छन ।
प्रधानमन्त्री फुमियो किशिदाले सोमबार सत्तारुढ दलको बैठकमा पनि हालको अवस्था र नियन्त्रणका उपायहरूले संक्रमण रोकथाम नभइ भाइरसको फैलावटलाई रोक्न सक्दैन भने सरकारले जनताको आवागमनमा प्रतिबन्धहरू लागू गर्न समेत आवश्यक हुने बताएका छन ।
अर्ध-आपतकालिन अवस्था जारी गरिएका क्षेत्रहरूमा क्षेत्रहरूमा रेष्टुरेण्ट (भोजन प्रतिष्ठान) हरूलाई उनीहरूको व्यापार घण्टा छोटो बनाउन र मानिसहरूलाई प्रिफेक्चुरल सीमानाहरू पार गर्नबाट टाढा रहन अनुरोध गरिने बताइएको छ ।
ओकिनावा, यामागुची र हिरोशिमा प्रान्तका लागि जनवरी ९ तारिकदेखि यहि महिनाको अन्त्यसम्म अर्ध आपतकाल घोषणा गरिएको छ ।
कोभिड-१९ को पुनरुत्थानको सामना गर्न सरकारले गत वर्ष खोप कार्यक्रमको स्थल चियोडा वार्डमा रहेको जन खोप केन्द्र सरकारी सुविधा प्रयोग गरी टोकियोमा पुन: खोल्ने योजना बनाएको छ ।
किशिदाले गत हप्ता टोकियो र ओसाकामा सेल्फ-डिफेन्स फोर्सहरूद्वारा सञ्चालित केन्द्रहरूमा मानिसहरूलाई बूस्टर खोपहरू दिने क्रमलाई बढाउनको लागि फेरि संचालनमा ल्याइने बताएका छन । मन्त्रालयले मंगलबार १८ वर्ष वा सो भन्दा माथिकाहरूलाई तेस्रो खोपको लागि तालिकामा तय गर्ने निर्णय गर्न लागेको छ ।