तस्विर समाचार

प्रधानमन्त्रीको सम्बोधन: अर्को वर्ष तीनै तहको निर्वाचन (पूर्णपाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएकाले सम्बन्धित पक्षलाई निर्वाचनको पूर्वतयारीका काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु।’ प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको आपसी सहमतिमा संसदको गतिरोध अन्त्य गरिने बताए… पुरा पढौ

जापानमा शुक्रबार मात्र करिब ५० हजार नया कोरोना संक्रमित थपिए, टोकियोमा मात्र ९ हजार ७ सय

जापानमा शुक्रवार अर्थात् २१ गतेसम्म नयाँ कोरोनाभाइरसको ४९ हजार ८ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो देशव्यापी रूपमा लगातार चार दिनसम्म नयाँ कीर्तिमान कायम गरेको हो।टोकियोमा शुक्रवार ९ हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । जुन लगातार तीन दिनको यो अहिलेसम्मकै उच्च हो। ७ दिन यताको औसतमा हरेक दिन ६००० नया संक्रमित थपिएका छन र संक्रमण फैलिने क्रम जारी छ।टोकियो महानगरीय सरकारले शुक्रवार टोकियोमा १० वर्ष मुनिका देखि १०० वर्ष वा सो भन्दा माथिका… पुरा पढौ

जापानमा एम्बुलेन्स चालकहरू ओमिक्रोन फैलिएपछि गम्भीर बिरामीहरूका लागि अस्पतालहरू खोज्न संघर्ष गरिरहेको तथ्यांक सार्वजनिक

जापानमा कोरोना संक्रमणको दरले नया नया रेकर्ड क़ायम गरिरहेको अवस्थामा आपतकालीन बिरामीहरू लिनको लागि बिरामीले एम्बुलेन्ले अस्पतालहरू फेला पार्न निकै संघर्ष गर्ने गरेको चालक दलहरूले बताउने गरेको अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ ।अघिल्लो हप्ता साप्ताहिक रूपमा २,८८३ जना बिरामीले आपतकालिन रूपमा एम्बुलेन्स माग गर्ने गरेकोमा पछिल्लो पाँचौ हप्तामा लगातार बढेर ४,१५१ पुगेको एजेन्सीले जनाएको छ । गत वर्ष अगस्टको दोस्रो साता देशमा कोभिड–१९ संक्रमणको पाँचौं लहरको चपेटामा परेको बेलामा जम्मा ३,३६१ बिरामीले एम्बुलेन्स माग गरेको पछिल्लो रेकर्डलाई यस… पुरा पढौ

नेपालको प्रिमियम मदिरा ब्रान्ड ‘यार्सागुम्बा’ गलकोटे युवाले जापानमा भित्र्याए

नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ । एभरेस्ट हब्र्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्रान्डलाई जापानको तोमोदाची हब कम्पनीका प्रबन्ध निर्देशक गलकोटे युवा विक्रम भण्डारीले जापानमा व्यवसायिक कारोबार गर्ने गरि भित्र्याएका छन ।  यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्टे«लिया, चीन निर्यात भैसकेको छ । नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ ।  जापानमा पहिलोपटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक भण्डारीले नेपाल… पुरा पढौ

जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०५औँ स्थानमा

लगातार तेस्रो वर्ष पनि विश्वमै जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली सावित हुदा नेपाल १०५ औ स्थानमा परेको छ ।  सूचीअनुसार क्रमशः पहिलोमा जापान र सिंगापुर, दोस्रोमा जर्मनी र दक्षिण कोरिया, तेस्रोमा फिनल्यान्ड, इटाली, लक्ज्वेम्वर्ग र स्पेन, चौंथोमा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्यान्डस, र स्विडेन, पाँचौंमा आयरल्यान्ड र पोर्चुगल, छैंटौमा बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका, सातौंमा अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रिस र माल्टा, आठौंमा हँगेरी र पोल्यान्ड, नवौंमा लिथुआनिया र स्लोभाकिया, दसौंमा इस्टोनिया, लात्भिया र स्लोभेनिया… पुरा पढौ

जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक भर्चुवल अन्तरक्रिया कार्यक्रम हुने

नेपालबाट जापानमा विभिन्न माध्यमबाट पेशा व्यवसाय रोज़गारीका लागि आएका अविभावकका बालबालिका र उत्तर किशोरावस्थामा रहेका छोरछोरीलाई नियमित शिक्षासँग जोडी राख्न र उच्च शिक्षाप्रति अविभावकलाई उत्प्रेरित गर्ने उद्देश्यले जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ ।एनआरएनए जापानको एनआरएनए मेरो साथी अन्तरगतको चौथो शृंखलाको रूपमा गर्न लागिएको सो कार्यक्रममार्फत जापानमा नेपाली बालबालिकाको अवस्था र भविष्य, जापानमा जन्मिएका बालबालिकालाई जापानमा नै पढाउने वा नेपालमा, जापानमा रहेका बालबालिकालाई नेपाली भाषा र संस्कारप्रतिको झुकाव कसरी गराउने भन्ने विषयमा… पुरा पढौ

वीर्यदाताले झुट बोलेको थाहा पाएपछि जापानकी महिलाले बच्चा त्याग्दै ३० लाख डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा हालिन्

जापानमा एक महिलाले आफूलाई गर्भवती बन्न सहयोग गर्ने वीर्यदाता पुरुषविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी छन् । ती महिलाले वीर्यदाताले आफ्नो सामाजिक प्रतिष्ठा, शैक्षिक पृष्ठभूमि र जातीयताबारे झुटो बोलेको आरोप लगाएकी छन् । परिचय नखुलाइएकी तथा राजधानी टोकियो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ । तर, मेरो पतिको आनुवंशिक समस्या भएको चाल पाएपछि हामी चिन्तामा पर्‍यौँ ।’ त्यसपछि यस दम्पतीले वीर्यदाताको खोजी गर्न थाले । सामाजिक सञ्जालमार्फत उनीहरूले जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयबाट… पुरा पढौ

गलकोट समाज जापानले आगामी महिनाको पहिलो हप्ता जापानका विभिन्न शहरमा रक्तदान कार्यक्रम गर्ने

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा आगामी महिना रक्तदान कार्यक्रम गर्ने भएको छ ।आफ़नो जन्मभूमि नेपालमा शिक्षा स्वास्थ्य मानवीय सहयोगमा आर्थिक सहायता प्रदान गर्दै आएको गलकोट समाजले कर्मभूमि जापानका टोकियो, नागोया, ओसाका लगायतका शहरमा फेब्रुवरी १० तारिक भित्रमारक्तदान कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समितिहरूको स्थानीय ब्यवस्थापनमा सो रक्तदान कार्यक्रम गरिने महासचिव… पुरा पढौ

जनवरी २१ गतेदेखि अर्को महिनाको १३ तारिकसम्म १३ प्रान्तमा जापान सरकारले “रोकथामका उपायहरू”अर्थात् अर्ध आपतकाल लागू गर्ने

दैनिक कोरोना संक्रमणका बिरामी २५ हजार भन्दामाथि संक्रमित हुन थालेपछि जापान सरकारले नयाँ कोरोना भाइरसविरुद्ध लड्न र प्राथमिकताका साथ फैलावट रोकथामका उपायहरू लागू गर्न जनवरी २१ देखि फेब्रुवरी १३ सम्म कायम रहने गरि हाल १ महानगरीय क्षेत्रसहित १३ वटा प्रान्त र पछि १६ वटा प्रान्तमा विस्तार गर्ने गरि रोकथामका उपायहरू लागु गर्ने निर्णय गरेको छ ।यसलाई अर्ध आपतकालको रूपमा बुझिने छ । नयाँ कोरोना भाइरसबाट नयाँ संक्रमित हुनेको संख्या तिव्र गतिमा बढिरहेको र अस्पतालमा बेडको प्रयोग दर पनि बढ्दै गएपछि… पुरा पढौ

जापानमा नक्कली डाक्टर बनेर बिरामीहरूबाट करिब चार करोड येन ठगी गरेको आरोपमा एकजना पक्राउ

पूर्वी जापानमा एक नक्कली डाक्टरले चर्को शुल्क करिब २४ मिलियन येन (लगभग २१,००० डलर) लिएर बिरामीहरूलाई ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ।महानगरीय प्रहरी विभागको जीवन तथा वातावरण महाशाखाले जनवरी १७ मा योकोहामामा बस्ने ग्रोसरी बिक्री कम्पनीका कार्यकारी ५१ वर्षीय तोशिनोरी तानाकाले बिरामीहरूको गलत निदान गरि चिकित्सा व्यवसायी ऐनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको बताईएको छ ।चिकित्सकको लाइसेन्स नभएका तानाकाले ​​२०१९ को में देखि हालसम्म १० जनाभन्दा बढी व्यक्तिसँग करिब ४ करोड येन (लगभग ३५०,००० डलर) ठगी… पुरा पढौ