जापानमा शुक्रबार मात्र करिब ५० हजार नया कोरोना संक्रमित थपिए, टोकियोमा मात्र ९ हजार ७ सय

-


     जनहित न्युज    
     माघ ७ गते २०७८


जापानमा शुक्रवार अर्थात् २१ गतेसम्म नयाँ कोरोनाभाइरसको ४९ हजार ८ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो देशव्यापी रूपमा लगातार चार दिनसम्म नयाँ कीर्तिमान कायम गरेको हो।
टोकियोमा शुक्रवार ९ हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । जुन लगातार तीन दिनको यो अहिलेसम्मकै उच्च हो। ७ दिन यताको औसतमा हरेक दिन ६००० नया संक्रमित थपिएका छन र संक्रमण फैलिने क्रम जारी छ।
टोकियो महानगरीय सरकारले शुक्रवार टोकियोमा १० वर्ष मुनिका देखि १०० वर्ष वा सो भन्दा माथिका पुरुष र महिलाहरू नयाँ कोरोनाभाइरसबाट नयाँ संक्रमित भएको पुष्टि गरेको छ।
टोकियोमा शुक्रवार संक्रमित पुष्टि भएका ९६९९ जना मध्य २९७३ जना २० वर्ष उमेर समूहका, १८३५ जना ३० वर्ष उमेर समुहका, १०७८ जना किशोर किशोरी, ८८० जना १० वर्ष मुनिका, ६५ वर्ष र त्यस माथिका व्यक्तिहरूको संख्या ५१३ थियो, जुन अहिलेसम्मकै उच्च संख्या हो।
त्यसैगरि शुक्रवार नै ओसाकामा ६ हजार २ सय ५४ संक्रमित थपिदा २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
सरकारले शुक्रवारदेखि १६ वटा प्रान्तमा फेब्रुअरी १३ सम्म जारी रहने गरि अर्ध आपतकाल लागु गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका उपाय प्रभावकारी गराइन अर्ध आपतकाल लगाईएका प्रान्तहरूमा टोकियो, साइतामा, चिबा, कानागावा, गुन्मा, निगाता, आइची, गिफु, मिए, कागावा, नागासाकी, कुमामोटो, मियाजाकी, क्योटो, ओसाका ह्योगो रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?