तस्विर समाचार

‘हाइपर फन्ड’ नेटवर्किङको नयाँ धन्दा ! यसरी फस्दै छन् बिदेशका नेपाली !

हाइपर फन्ड’ नेटवर्किङको अर्को धन्दा ! यसरी फस्दै छन् नेपाली ! काठमाडौं : कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्‍यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ। डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण भएको छ। कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन्। यो फन्डमा भएको अन्धाधुन्ध लगानीले पनि मुलुकमा आर्थिक संकट निम्तिएको जानकारहरू… पुरा पढौ

४० वर्ष पढाएर मौरीपालनतिर

केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे । नपुग्दो केही थिएन । गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो । तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन् । बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन । जैमिनी नगरपालिका–७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक–दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए । विसं २०६२ तिर… पुरा पढौ

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गएपछि जापानले ४७ प्रान्तमध्य ३४ प्रान्तमा अर्ध आपतकाल विस्तार गर्दै

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गइ रहेको अवस्थालाई मध्यनज़र गर्दै फैलावटलाई रोक्नको लागि सरकारले अन्य प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजना गरिरहेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।जापानले मंगलबार कोरोनाभाइरसको ओमिक्रोन संस्करणको द्रुत प्रसारलाई रोक्न थप १८ क्षेत्रहरू थपेर देशका ४७ प्रान्तहरू मध्ये ३४ मा कोभिड-१९ अर्ध-आपतकालीन अवस्था विस्तार गर्ने भएको छ।देशका ४७ वटा प्रान्त मध्ये ३४ वटा प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजनालाई सरोकारवाला निकायसँगको आवश्यक परामर्शपछि औपचारिक रूपमा घोषणा गर्न लागिएको प्रधानमन्त्री किशिदाको भनाइलाई उदृत गर्दै सरकारी अधिकारीहरूले… पुरा पढौ

विदेश बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा रोक

अब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै निर्देशन जारी गरेको छ । पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीको कारोबार/प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी गर्ने र जोसियन, क्राउड वान, सोलम्यास ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आबद्ध हुन प्रोत्साहन गर्ने/गराउन गरेको जानकारी प्राप्त भएकाले राष्ट्र बैंकको ध्यानाकर्षण भएको पनि सूचनामा उल्लेख… पुरा पढौ

जापानका व्यापारिक संस्थाका प्रमुखहरूले विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह

जापानको सबैभन्दा ठूलो व्यापारिक संस्था लबीले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावट घरेलु कारणबाट अत्यधिक ट्रान्समिसिबल स्ट्रेनले गर्दा हुने गरेको भन्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेको छ ।जापान ब्यापार महासंघका प्रमुख मासाकाजु तोकुराले सोमबार नियमित पत्रकार सम्मेलनमा करिब दुई महिनाको सीमा प्रतिबन्धले स्वदेशी कम्पनीहरूलाई व्यापार यात्रा गर्न र विदेशी साझेदारहरूसँग टाइ-अप, मर्जर र एक्विजिसनमा सहज वार्ता गर्न मात्रै बाधा पुगेको पाईएको र कोरोना भाईरसको फैलावट सीमा प्रतिबन्धले नियन्त्रणमा नआएको तथ्यलाई मध्यनजर गर्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेका हुन… पुरा पढौ

बागलुङ गलकोटका युवा रमेश बस्नेतले जापानबाट फर्केर गाउँमै बाख्रापालन व्यवसाय सुरु

गलकोटे युवाहरुको रोजाइको थलो बनेको छ जापान । यहाँका प्रत्येक घरका युवा जापानमा छन् भन्दा फरक नपर्ला । गाउँमा खेतियोग्य भूमि बाँझिएका छन् । गाउँको जायजेथा छोडेर दिनदिनै युवाहरु जापानमा पलायन भइरहेका छन् । केहीले सबै परिवारनै जापान लगेका छन् त केहीले बुढा बाआमालाई छोडेर विदेशीयका छन् । युवाहरुको जापान मोहले गाउँ उजाडिएको छ । अहिले गाउँमा वृद्धवृद्धा र बालबालिका बाहेक अरुलाई भेट्याउनै मुस्किल पर्छ । तर पछिल्लो समय केही युवाहरु विदेशबाट फर्किएर गाउँमै व्यवसाय गर्न थालेका छन् । त्यस… पुरा पढौ

जापान प्रवेशमा गरेको प्रतिबन्धमा वैज्ञानिक कारण नरहेको भन्दै त्यसका विरुद्ध प्रदर्शन

जापान सरकारले गैर आवासीय विदेशीहरूमाथि वैज्ञानिक आधार बिना नै कोभिड-१९ को फैलावट रोक्नको लागि भन्दै जापानको प्रवेशलाई गरेको प्रतिबन्धको विरुद्ध प्रदर्शनहरू गर्दै सो उपायलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।भारत र मलेसिया, मङ्गोलिया, पोल्याण्ड लगायतका देशमा रहेका जापानी दूतावास अगाडि विभिन्न स्थानमा जम्मा भएका विदेशी मुद्रा विद्यार्थी र व्यवसायीहरूले देश प्रवेशमा रोक लगाएपछि ट्वीटरमा सुरु भएको समूह "जापानको प्रतिबन्ध रोक्नुहोस्" मार्फत विरोध प्रदर्शन सुरु भएको हो ।जापानले ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएसंगै नोभेम्बर ३० देखि लागू भएको कोभिड-१९ कोरोनाभाइरसको रोकथाम… पुरा पढौ

ब्रान्डेड समान खरिदका लागि जापानको रेसिडेन्सी कार्ड बेच्नेलाई जापान प्रहरीद्वारा पक्राउ

टोकियो प्रहरीले जापानको नेशनल डिफेन्स एकेडेमीमा अध्ययनरत भियतनामी सेनाका एक सदस्यलाई आफ्नो रेसिडेन्सी कार्ड बेचेको आशंकामा पक्राउ गरेको छ ।२३ वर्षीय आर्मी क्याडेट डो तुआन न्गियाले गत फेब्रुअरीमा २२ वर्षीय भियतनामी व्यक्तिलाई कार्ड बेचेर अध्यागमन नियन्त्रण कानून उल्लङ्घन गरेको आशंकामा पक्राउ गरिएको हो।प्रहरीका अनुसार ती दुईबीच सामाजिक सञ्जालबाट चिनजान भएको र संदिग्ध व्यक्तिले रेसिडेन्सी कार्डका लागि २,००,००० येन वा करिब १७०० डलर प्रस्ताव गरेको अनुसन्धानका क्रममा बताएका छन्।आरोपित न्गियाले अनुसन्धानमा खटिएका अधिकृतलाई ब्रान्डेड समान खरिदका लागि पैसाको आवश्यकता परेर रेसिडेन्सी… पुरा पढौ

प्रधानमन्त्रीको सम्बोधन: अर्को वर्ष तीनै तहको निर्वाचन (पूर्णपाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएकाले सम्बन्धित पक्षलाई निर्वाचनको पूर्वतयारीका काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु।’ प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको आपसी सहमतिमा संसदको गतिरोध अन्त्य गरिने बताए… पुरा पढौ

जापानमा शुक्रबार मात्र करिब ५० हजार नया कोरोना संक्रमित थपिए, टोकियोमा मात्र ९ हजार ७ सय

जापानमा शुक्रवार अर्थात् २१ गतेसम्म नयाँ कोरोनाभाइरसको ४९ हजार ८ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो देशव्यापी रूपमा लगातार चार दिनसम्म नयाँ कीर्तिमान कायम गरेको हो।टोकियोमा शुक्रवार ९ हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । जुन लगातार तीन दिनको यो अहिलेसम्मकै उच्च हो। ७ दिन यताको औसतमा हरेक दिन ६००० नया संक्रमित थपिएका छन र संक्रमण फैलिने क्रम जारी छ।टोकियो महानगरीय सरकारले शुक्रवार टोकियोमा १० वर्ष मुनिका देखि १०० वर्ष वा सो भन्दा माथिका… पुरा पढौ