तस्विर समाचार

परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले एनआरएनए निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग 

काठमाडौँ (जीएनएन) - गैर आवासीय नेपाली संघका तीन जना अभियन्ताहरुले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन् । पूर्व केन्द्रीय सचिव जानकी गुरुङ, मानार्थ आइसीसी सदस्य शनि कुमार ओली तथा राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका सल्लाहकार बेद खरेलले संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एक पत्र पठाउंदै त्यस्तो माग गरेका हुन्। "एमआइएस प्रणालीद्वारा निर्वाचन गरिएका देशहरु जापान, बेल्जियममा व्यापक विवाद उत्पन्न भएको हुनाले संघले… पुरा पढौ

नेपाली युवाका लागि १० सुझाव

१. ११/१२ पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुहोस् । कम्प्युटरमा पनि कमसेकम वर्ड, एक्सल, पावरपोइन्ट, सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरुभन्दा एक तह अगाडी हुनुहुन्छ ।२. बिहानको कलेज छ भने ब्याचलर्स पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा इन्टर्नसिप गर्नुहोस् । विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरुको खोजी गर्नुहोस् । स्मार्टफोन र इन्टरनेटको सुविधा छ भने तपाईं विश्वभरीको अवसर खोजी गर्न सक्नुहुन्छ ।३. तपाईंले सामाजिक सञ्जाल चलाउँदा फिडमा मिम, ट्रोल वा अवसर के आउँछ त्यो तपाईंमा भर पर्छ । त्यसैले ट्रोलका… पुरा पढौ

गैरआवासीय नेपाली संघको इतिहासमा गोल्डेन एजको योजना सहित महासचिवका उम्मेद्वार डा पौडेल

अमेरिका बस्दै आएका चिकित्सक डा केशव पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२१-२०२३ कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यको टिमसँग महासचिवको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। डा पौडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१३-२०१५ को लागि सल्लाहकार थिए। २०१५ देखि २०१९ सम्म २ कार्यकाल उनले निर्वाचित अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए। २०१९-२०२१ को लागि उनि प्रमुख संरक्षक थिए भने अहिले अन्तराष्ट्रिय महासचिवको लागि प्रत्यासी रहेका छन्। उनको पालामा एनसीसी अमेरिका धेरै पंजीकृत सदस्य बनेर संसारको… पुरा पढौ

वैदेशिक रोजगार कल्याणकारी कोषलाई वैदेशिक रोजगारमा रहेका कामदारको हितमा कार्यान्वयन गर्न नीतिगत पहलका लागि माओवादी अध्यक्ष प्रचण्डलाई नेपाली जनप्रगतिशील मंच जापानको आग्रह

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अन्तरगत रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई विदेशमा रहेका नेपाली आप्रबासीको अधिकतम हितमा उपयोग गर्नका लागि उपयुक्त नीति बनाएर कार्यान्वयन गराउन आवश्यक पहलका लागि नेपाली जनप्रगतिशील मंच जापानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।मंचका अध्यक्ष भवानी पन्तले प्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर लाखौको संख्यामा बिदेशमा रहेका नेपालीहरूमध्य कतिपयको मृत्यु हुने, गम्भिर प्रकृतिका स्वास्थ्य समस्यामा पर्ने, दुर्घटनामा पर्ने दलालहरूबाट ठगीमा पर्ने लगायतका समस्यामा पारेकालाई प्राथमिकतामा राखेर वैदेशिक रोजगार कल्याणकारी कोषको व्यवस्थित कार्यान्वयनमा… पुरा पढौ

‘भीआईपी पर्यटक’ सहितलाई सुविधासम्पन्न होटलको सुविधा प्रदान गर्दै कालिका मल्टिप्यालेस 

बागलुङमा सुविधासम्पन्न होटल थपिँदै गएका छन् । बागलुङमा थपिँदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकको आकर्षण बढिरहेको भए पनि कोरोनाका कारण अहिले समस्या छ । जिल्लामा सुविधासम्पन्न होटल तथा रेष्टुराँ खुल्ने क्रम भने जारी छ । बागलुङमा पछिल्लो समय होटल रेड एप्पल, होटल दि राजन र सगुन होटल सञ्चालनमा आएसँगै अहिले जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधासम्पन्न ‘भीआईपी पर्यटक’होटल सञ्चालनमा ल्याइएको छ । बागलुङ बजारभन्दा अलि तल शान्त वातावरणमा डिलक्स कोठासहित कालिका मल्टिप्यालेस नामक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । १९… पुरा पढौ

१० वर्ष रित्तिएको घर फर्केपछि… 

गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे । भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनि । काठमाडौँ छँदै राना कतार पुगे ।  त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे । जैमिनी नगरपालिका–७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गरे । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो ।  तैपनि रानाको… पुरा पढौ

जापानमा चर्को शुल्क तिरेर सिम चलाउनु भएको छ? अब मासिक २९० येनमा १ जिबी डाटासहित सस्तो सिम चलाउन पाइने

जापानमा चर्को शुल्क तिरेर सिम चलाउनु भएको छ? अब चर्को शुल्क तिर्नु नपर्ने भएको छ । मासिक रूपमा करसहित २९० येनमा १ जिबी डाटासहित सस्तो सिम चलाउन पाइने जापान कम्युनिकेसन इनकर्पोरेटको MVNO को “रिजनेबल स्यामपल २९०” योजना अन्तरगत सस्तो सिम सेवा प्रदान गर्ने भएको छ ।जापान कम्युनिकेसन इनकर्पोरेटले जनवरी २७ तारिकबाट “रिजनेबल स्यामपल २९०” योजना अन्तरगत एनटीटी दोकोमोको नेटवर्कमा ग्राहकहरूले २९० येनमा मासिक १ जिबी डाटासहित उक्त सस्तो सिम प्रयोग गर्न अनुमति दिइएको जनाईएको छ ।कम्पनीका अनुसार यो योजना अन्तरगत… पुरा पढौ

सुन्तला बेचेर सिगानामा भित्रियो साढे दुई करोड 

बागलुङ नगरपालिका–८ का सिगानाका अनन्त बहादुर खड्काले यसवर्ष आफ्नो बगैचाका सुन्तला टिपेर पोखरा पु¥याए । आफै सुन्तला टिपेर पोखरा पु¥याएका सुन्तला किसान खड्काको हातमा यस वर्ष सुन्तला विक्रि गरेर रु. चारलाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउदा रु. चार लाख बचत समेत भयो । सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङको सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैचा अनन्त खड्काको छ । खड्काको बगैचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मुल्य पार्न पोखरा… पुरा पढौ

राष्ट्रियसभा निर्वाचन : पाँच दलीय गठबन्धनका १८ उम्मेदवार विजयी, कम्युनिस्ट विभाजित हुँदा कांग्रेसले पाएको लाभ, राष्ट्रियसभामा थप्यो सिट 

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन्। निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भएका छन्। नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की … पुरा पढौ

एनआरएनए जापानमा उत्पन्न विवादको समाधान खोज्न संरक्षक भवन भट्टलाई जिम्मा, क्षेत्रीय भेला स्थगित

आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनलाई लिएर बढेको तिक्तताको समाधान खोज्नका लागि एनआरएनए आइसीसीको ८१ औ बैठकले पूर्व अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी प्रदान गरेको छ ।एनआरएनए आइसीसी को N-९२१/०१९-२१ पत्रअनुसार संरक्षक तथा निवर्तमान अध्यक्ष भट्टलाई सम्बन्धित सबै पक्षसँग समन्वयन र छलफल गरि हाल एनआरएनए जापानमा देखापारेका समस्याहरू समाधान गर्न यथासक्य चाडो उपयुक्त निकास निकाल्न ज़िम्मेवारी प्रदान गरिएको छ । एनआरएनए जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा… पुरा पढौ