जापानमा आगामी मार्चदेखि घरायसी प्रयोजनका लागि उपयोग हुने विद्युत र ग्यासको महसुल बढ्ने

-


     जनहित न्युज    
     माघ १८ गते २०७८


टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को), चुबु इलेक्ट्रिक पावर कम्पनी र कान्साई इलेक्ट्रिक पावर कम्पनी (केईपीसीओ) लगायत जापानका दश विद्युतीय कम्पनीहरूले मार्चदेखि घरेलु उपयोगको विद्युत महसुलमा वृद्धि गर्ने घोषणा गरेका छन्।
मार्चदेखि वृद्धि हुन लागेको विद्युत महसुलमा औसत घरपरिवारको बिजुलीको बिल TEPCO को प्रति महिना २८३ येन, चुबु इलेक्ट्रिक पावरको २९२ येन र KEPCO को ५५ येनले वृद्धि हुनेछ।
थर्मल पावर प्लान्टहरूमा प्रयोग हुने तरल प्राकृतिक ग्यास (एलएनजी) लगायतका आयातित इन्धनको वृद्धिका कारण लगातार मूल्यवृद्धि भएकोले महसुलमा वृद्धि गरिन लागेको सान्केई शिम्बुनको समाचारमा जनाईएको छ । साथै, इन्धनको मूल्य समायोजन प्रणालीमा आधारित विद्युत शुल्क स्वतः इन्धनको उतार-चढावलाई समेत ध्यानमा राखेर मूल्य वृद्धि गरिन लागिएको समेत बताईएको छ ।
जापानको इन्धन लागत समायोजन प्रणाली अन्तर्गत उपभोक्ताहरूलाई दिइने उच्च लागत सम्बन्धित पावर कम्पनीहरूले अग्रिम निर्धारण गरेको मानक मूल्यको १.५ गुणा मात्र हुन सक्छ। मार्चमा KEPCO र चुगोकु इलेक्ट्रिक पावर कम्पनीको मूल्य संशोधनमा यसको माथिल्लो सीमाको तहमा नै पुगेर मुल्य वृद्धि गर्न लागेका हुन ।
हाकुरिकु इलेक्ट्रिक पावर कम्पनीलाई समेत समावेश गरेर यी तीन कम्पनीहरूले फेब्रुअरीमा आफ्नो माथिल्लो सीमासम्मको महसुल समायोजनका लागि घरेलु विद्युतको महसुल दर बढाउन अर्थ, व्यापार र उद्योग मन्त्रालयमा आवेदन दिनुपर्ने बाध्यात्मक नियम रहेको छ र निवेदनका आधारलाई उपयुक्त ठानी सरकारले अनुमति प्रदान गरेमा मुल्य वृद्धिले कानुनी मान्यता पाउने छ ।
यसबाहेक, टोकियो ग्यास कम्पनी सहित चार प्रमुख शहरी ग्यास कम्पनीहरूले मार्च देखि आफ्नो उपयोगिता शुल्क प्रति महिना १६८ बाट २२९ येन वृद्धि गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?